Posted on

अन्तराष्ट्रिय कम्युनिष्ट महिला आन्दोलन हिसिला यमि विषय प्रवेश अन्तराष्ट्रिय महिला आन्दोलन एउटना विशाल विषय हो । यसलाई गहिरो रुपले बुझ्नेको लागि यसलाई विभिन्न कोणबाट हेर्न जरुरी हुन्छ । महिला आन्दोलनको पृष्ठभूमिबाट हेर्ने हो भने यो कसरी बुर्जुवा महिला आन्दोलनबाट कम्युनिष्ट महिला आन्दोलन तिर विकसित भयो भनेनर बुझ्नु जरुरी हुन्छ । त्यसपछि यो कम्युनिष्ट अन्तराष्ट्रिय आन्दोलन सित जोडिएर आएको हो भनेर बुझ्नु जरुरी हुन्छ । नेपालको सन्दर्भमा अन्तराष्ट्रिय कम्युनिष्ट महिला आन्दोलनको इतिहास बुझ्नु अझ जरुरी भएको छ । कारण, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेतृत्वमा चलेको जनयुद्धले महिला मुक्तिको आन्दोलनलाई नयाँ उचाईमा बुझ्न माग गरेको छ । यस बाहेक नेपाल जस्तो देश जहाँ कम्युनिष्ट पार्टीको नाममा धेरै पार्टीहरु छन्, तिनीहरुको सक्कली रुप बुझ्नका लागि र तिनीहरले कम्युनिष्ट महिला मुक्ति आन्दोलनमा पारेका विकृतिहरु बुझ्नका लागि पनि अन्तराष्ट्रिय कम्यु्निष्ट महिला आन्दोलनको इतिहास बुझ्न जरुरी छ । साथै कम्युनिष्ट पार्टी भित्र आउने आरोह, अवरोह, त्यहाँ भित्रको दुई लाइन संघर्षले महिला मुक्तिको प्रश्नमा कसरी असर पार्दो रहेछ त्यो बुझ्नको लागि पनि यसले मद्दत पुर्‍याउँछ । इतिहासमा महिला मुक्ति आन्दोलनको विकास संक्षिप्त भन्नुपर्दा महिला मुक्ति आन्दोलनको भौतिक आधार सत्रौ शताव्बदीमा शुरु भएको बेलायती औद्योगिक क्रान्तिले तयार पारिदिएको थियो । यस भौतिक आधारको जगमा यसले संगठनात्मक रुप अठारौ शताब्दीको फ्रान्सेली बुर्जुवा क्रान्ति हासिल गर्‍यो । उन्नाईसौ शताब्दीमा आएर कम्युनिष्ट घोषणा पत्रको शंशघोषले पहिलो र दोस्रो कम्युनिष्ट अन्तराष्ट्रियलाई जन्म दियो ।यसले आम मेहेनतकश महिलाहरुलाई कम्युनिष्ट अन्तराष्ट्रिय भित्र गोलबन्द गर्ने काम गर्‍यो । बिसौं शताब्दीको रुसी र चीनी क्रान्तिले जव कम्युनिष्ट सिद्धान्तलाई मूर्त रुपम दियो, तव महिला मुक्तिको प्रश्नलाई यसले व्यवहारमा उतारे आम जताको मन जित्‍न सफल भयो । जुलुस, घोषणा र प्रचार प्रसारमा सिमित अन्तराष्ट्रिय कम्युनिष्ट महिला आन्दोलनलाई बीसौं शताब्दीमा गठित तेस्रो कम्युनिष्ट अन्तराष्ट्रियले प्रत्यक्ष दिशाबोध गरेर यसलाई सव्यवस्थित रुपले, केन्द्रिकृत ढंगले सुपरिचालन गर्‍यो । तर बीसौं शताब्दीको अन्त्यतिर रुसमा पछि चीनमा जव प्रतिक्रान्तिको लहर आयो तव त्यहाँको महिला मुक्ति आन्दोलनलाई विस्थापित गरिदियो । यसै ताका विश्व कम्युनिष्ट आन्दोलनमा आएको संशोधनवादको विरुद्ध विश्वकै स्तरमा क्रान्तिकारी कम्युनिष्टहरुको सक्रियतामा एउटा क्रान्तिकारी अन्तराष्ट्रियवादी आन्दोलन अर्थात “रिम” को गठन भयो । यसमा समावेश भएकामा पेरु कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले शुरु गरेको जुनयुद्धले महिला मुक्ति आन्दोलनलाई अहिले पुन: सिंचित गर्ने काम गरिराखेको छ । यस अर्थमा 21 औं शताब्दीले अन्तराष्ट्रिय कम्युनिष्ट महिला आन्दोलनलाई नयाँ उचाईमा लग्ने प्रयास गरिराखेको छ । बुर्जुवा आन्दोलन र महिला मुक्ति महिला मुक्तिको आन्दोलन शुरु शुरुमा लिङ्गीय समाताको आधारमा उठेको थियो । बेलालयतमा चलेको ‍औद्योगिक क्रान्तिले सामन्ती आर्थिक संरचनामा बनेको ग्रामीण घरेलु उद्योगलाई नस्ट पारिदियो । त्यसको ठाउँ शहरमा केन्द्रित फैक्ट्रि उद्योगले लिन थाल्यो । यसले परम्परागत पेशामा आधारित आत्मनिर्भर अर्थतन्त्रलाई बजारी अर्थतन्त्रमा परिणत गरदियो ।फलस्वरुप आम जनतामा विनियम मुल्यको महत्वबोध गरायो । यही बजारी अर्थतन्त्रले एकातिर पुँजीपतिवर्ग अर्कोतिर श्रमिक वर्गलाई जन्म दियो । धर्म, जात, परम्परा पेशाको जञ्‍जीरले कैद गरिएका नागरिकहरुलाई स्वतन्त्र ज्यालेदार मजदुर बनाउने उद्देश्यले नयाँ उदीयमान पुँजीपतिवर्गले स्वतन्त्रता, समनता र भातृत्व को नारा दिन थाल्यो । यो नारा अठारौ शताब्दीमा चलेको फ्रान्सेली बुर्जुवा क्रान्तिको बेला उठेको थियो ।जुन फ्रान्सका पुँजीपतिवर्गले पुरुषहरुको अधिकारहरुको घोषणापत्र लेख्दै थिए त्यही बेला फ्रान्सकी बुर्जवा नेतृ ओलिम्पे-डे गौगेजले महिलाहरुको अधिकारहरुको घोषणापत्र लेख्न पुगिन । यसमा उनले पुरुषसरह महिलाहरुले पनि पूर्णत: राजनैतिक, आर्थिक र कानुनी हकहरु माग गरिन् । उनको अनुसार “जव महिलाहरुलाई सुलीमा चढ्नका लागि ठाउँ दिइन्छ भने तिनीहरुलाई बोल्नका लागि मञ्‍च, सभा पनि स्थान दिनुपर्छ । यसैताका महिलाहरुको हक अधिकार माग्ने उद्देश्यले फ्रान्समा पहिलोपटक स-साना महिला क्लबहरु खोल्न थाले । शुरुशुरुमा बुर्जुवावर्गका महिलाहरुले सामन्तवादी अवशेषहरु विरुद्ध लड्नको लागि मजदुर वर्गका महिलाहरुलाई पनि परिचालन गर्दथे ।यसै दौरानमा तिनीहरुले मजदुर महिलाहरुको कठोरमय जिन्दगीमा सुधार ल्याउने कानुनी मागलाई पनि साथ दिएको देखिन्थ्यो ।तर जव मजदुर शक्ति बढ्दै गयो, त्यसमा पनि 1848 तिरको फ्रान्स र जर्मनीमा भएको क्रान्तिमा सशक्त मजदुर आन्दोलन बढेको देख तव तिनीहरुले श्रमिक महिलाहरुको हकहितका कुराहरु उठाउन छाडे । सन् 1871 कोपेरिस कम्यनको क्रान्तिले त तिनीहरुलाई झन तर्साईदिए त्यसबेला श्रमिक महिलावर्गले देखाएको सहास, विद्रोही भावनाले ती बुर्जुवा महिलाहरुलाई मजदुर विरोधी बनाईदिए । महिला आन्दोलनको नेतृत्व गर्दै आएका ती बुर्जुवा महिलाहरुले अव आफ्नो ध्यान श्रमिक महिलाहरुलाई कसरी मजदुर आन्दोलनबाट टाढा, विमुख गराउने भन्ने तिर लागे । कम्युनिष्ट आन्दोलन र महिला मुक्ति पुँजीवादी क्रान्तिले मजदुर आन्दोलनलाई जन्म दियो । मजदुर आन्दोलनको राजनैतिक अभिव्यक्ति कम्युनिष्ट आन्दोलनले गर्न थाल्यो ।जव मजदुर वर्गले आ-आफ्नो हक-अधिकार माग गर्न थाले तव महिला मजदुरवर्तले पनि पुरुष मजदुर सरह हक- अधिकारहरुको माग गर्न थाले । यसरी महिला मुक्ति आन्दोलन चर्कदै गयो । तर पुँजीवादले ल्याउने आवधिक संकटले बेलाबखत बेरोजगारीको समस्या ल्याईदिन्थ्यो । बेरोजगारीको चरम समस्यामाथि पुँजीपतिवर्गले मजदुर- मजदुरविच अस्वस्थ प्रतिस्प्रर्धा बढाएर तिनीहरुको विचमा फाटो पार्ने काम गर्न थाल्यो । फलस्वरुप महिला मजदुरहरुलाई फैक्ट्री उद्योगहरुमा काम दिन नहुने अभिव्यक्ति पुरुष मजदुरहरुले नै उठाउन थाले । तिनीहरुलाई घरगृहस्थी काममा सिमित राख्नुपर्दछ, सार्वजनिक काममा लगाउन हुन्न, ट्रेड युनियन, कम्युनिष्ट आन्दोलनमा समावेश गर्न हुन्न भन्ने अवधारणा ल्याउन थाले । यसको वकालत विशेष गरी निम्न पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने प्रँधो, बाकुनिन जस्ता अराजकतावादी कम्यनिष्टहरुले गर्न थाले । यो विवाद विशेष गरी पहिलो कम्युनिष्टहरुले गर्न थाले । यो विवाद विशेष गरी पहिलो कम्युनिष्ट, अन्तराष्ट्रिय गठन गर्ने बेला उठेको थियो । त्यतिबेला माक्स, एंगेल्सले श्रमिक महिलाहरुको पक्षमा उभेर तिनीहरुले फैक्ट्री, उद्योग, सार्वजनिक कामहरुमा लाग्न पाउनुपर्दछ र साथै तिनीहरुले पुरुषसरह समान अधिकार पाउनु पर्दछ भनेर वकालत गरे । अन्तत: माक्सले श्रमिक महिलाहरुलाई प्रथम कम्युनिष्ट अन्तराष्ट्रियमा समावेश गराउन सफल भए । पलस्वरुप त्यसको साधारण सभामा महिलाहरुले आफ्नो प्रतिनिधि पठाउन पाए । यसले महिलाहरुलाई मजदुर ट्रेड युनियनमा संगठित गर्ने काममा तीब्रता ल्याो र तिनीहरुले उठाइएका आन्दोलनला नैतिक र भौतिक समर्थन दिने काम गर्‍यो । यसले महिलाहरुको रोजगारीको पक्षमा सशक्त वकालत गर्‍यो । साथै तिनीहरुमाथि लादिएका अमानविय शोषण, असमानता हक हितको विरुद्ध आवाज उठाउने, आन्दोलित पार्ने काम गर्‍यो । सन् 1864 मा बनेको प्रथम कम्युनिष्ट अन्तराष्‍ट्रिय विघटन भएपछि एंगेल्सको नेतृत्वमा दोस्रो कम्युनिष्ट अन्तराष्ट्रिय सन् 1889 मा गठन भयो ।यसबेलासम्म कम्युनिष्ट आन्दोलनमा महिला नेतृत्वहरु उत्पादित भईसकेका थिए ।ती मध्ये क्लारा जेट्‍कीन यस्तो ऐेतिहासिक मात्र भएर निस्किन्, जसले गर्दा सम्पूर्ण महिला आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्न मद्दत पुर्‍यायो । जर्मन सोसल डमोक्रेटिक पार्टीको नेतृ क्लारा जेट्कीन दोस्रो कम्युनिष्ट अन्तराष्ट्रियको संस्थापक सदस्यहरु मध्ये एक हुन्, जसले महिला मुक्तिको प्रश्नलाई कम्युनिष्ट आन्दोलन भित्र जवर्जस्त उठाउने काम गरिन् । दोस्रो कम्युनिष्ट अन्तराष्ट्रियले महिलाहरुको आम बालिग मताधिकारको पक्षमा जवर्जस्त वकालत गर्‍यो ।त्यतिखेर महिलाहरुलाई आंशिक, सिमित बालिग मताधिकार मात्र दिनु पर्दछ भन्ने माग आईरहेको थियो । अझ रुढीबादी, परम्परावादी, धार्मिक समुदालयले त महिलाहरुलाई भोट खसाल्ने अधिकार दिन हुन्न भन्ने वकालत गर्दै थिए । त्यस्तै यसले महिलाहरु माथि रोजगारीमा प्रतिवन्ध लगाएका कानुन विरुद्ध लड्यो ।त्यतिबेला महिलाहरुलाई पुरुषहरुको वर्चस्वमा रहेका ट्रेट युनियनमा भाग लिन दिदैनथ्यो ।दोस्रो कम्युनिष्ट अन्तराष्ट्रियले महिलाहरुले त्यस्ता ट्रेड युनियनहरुमा भाग लिन पाउने वकालत गर्‍यो । क्लारा जेट्कीको नेतृत्वमा पहिलो समाजवादी महिलाहरुको अन्तराष्ट्रिय सम्मेलन जर्मनको स्टुटगार्डमा सन् 1907 मा आयोजित गर्‍यो । जहाँ 15 वटा देशमा 59 प्रतिनिधिहरुले भाग लिएका थिए । यस सम्मेलनले क्लारा जेट्कीनलाई सेक्रेटरी चुन्यो । केन्द्रिय स्तरमा एउटा महिला मुखपत्र निकाल्ने निर्णय गर्‍यो, जसको नाम “ग्लिईकेइट” राख्यो । यसको मुख्य सम्पादक क्लारा जेट्कीनलाई नै बनायो ।यस सम्मेलनले, श्रमिक महिलाहरुलाई बुर्जुवा महिलाहरुको प्रभावबाट मुक्त गरायो र तिनीहरुलाई श्रमिक आन्दोलन सहित जोड्न मद्दत पुर्‍यायो । यसरी महिला मुक्तिलाई वर्गिय मुक्तिसंग जोड्ने काममा क्लाला जेट्कीनको विशेष भूमिका देखियो । सन् 1910 मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तराष्ट्रिय समाजवादी महिला सम्मेलन सम्नपन्न भयो ।यसमा पनि पुन: महिलाहरुको आम बालिग मताधिकारको मागलाई अघि सारियो । साथै महिला मुक्तिलाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले 8 मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव पारित भयो । दुई लाइन संघर्ष र यसले महिला मुक्ति आन्दोलनमा पारेको असर: दोस्रो कम्युनिष्ट अन्तराष्ट्रिय क्रमश: क्रान्तिकारी धार र संशोधनवादी धारको अन्तरविरोध चर्किदै गयो । यो विवाद समाजवादी आन्दोलनको चरित्रसंग सम्बन्धित भएर चर्कियो ।काउतस्की र वर्नस्टिनले समाजवाद पुँजीवाद भित्रै शान्तिपूर्ण रुपमा ल्याउन सकिन्छ भनेर संसदिय भासतिर कम्युनिष्ट आन्दोलनलाई लग्न थाले । उता लेलिन, रोजा लक्जमवर्ग, क्लारा जेटकिन आमुल परिवर्तनको पक्षमा सशस्त्र संघर्षतिर लागे । यो विवादलाई पहिलो विश्व युद्बको आगमनले झन् चर्काईदियो ।दोस्रो कम्युनिष्ट आन्दोलन भित्र काउत्स्की र वर्नस्टीनको दक्षिणपन्थी संशोधनवादी विचार हावी हुन थाल्यो । त्यसले अन्तराष्ट्रिय सर्वाहारावर्गको हित विपरित आ-आफ्नो देशका पुँजीपतिवर्गलाई देशभक्ति हुने नाममा साम्राज्यवादी विश्वयुद्धलाई साथ दिन थाल्यो । यसले गर्दा अन्तराष्ट्रिय समाजवादी महिला संगठनमा पनि संशोधनवादले प्रभाव पार्न थाल्यो । तर क्लारा जेट्कीनले आफ्नो पदीय जिम्मेवारीलाई सकभर क्रान्तिको पक्षमा प्रयोग गर्ने जमर्को गरिन् । पहिलो विश्वयुद्धको आगमनदेखि उनले “ग्लीकेइट” पत्रिकामार्फत माजदुर महिलाहरुलाई आफ्नो स्तम्भ “श्रमिक महिलाको पक्षमा” मार्फत साम्राज्यवादी युद्धको भण्डाफोर गर्ने काम गरिन् । अन्तराष्ट्रिय सर्वहारा वर्गको पक्षमा शान्तिको वकालत गरिन् । कम्युनिष्ट आन्दोलनभित्र संशोधनवाद, अन्धराष्ट्रवादको विरुद्ध लेखहरु लेखिन् । यसले गर्दा “ग्लीइकेइट” पत्रिका यस्तो लोकप्रिय र चर्चित बन्यो कि सन् 1914, पहिलो विश्वयुद्धको संघारमा यसको संख्या एक लाख पच्चीस हजारसम्म पुग्न गयो । सन् 1915 मा क्लारा जेट्कीन र रोजा लक्जमवर्गको सक्रियतामा स्वीट्जरल्याण्डको बर्नमा अन्तराष्ट्रिय समाजवादी महिला सम्मेलन आयोजना भयो । जसको मुख्य उद्देश्य थियो श्रमिक महिलाहरुलाई विश्वयुद्धको विरुद्ध परिचालन गरी युद्धको विपक्षमा जनमत तयार गर्ने । यसैको मौका छोपेर तिनीहरुले रुसमा चलिरहेको समाजवादी क्रान्तिलाई पूर्ण समर्थन दिए र अन्तराष्ट्रवाद र संशोधनवादी कम्युनिष्ट पार्टीहरुको भण्डफोर गरे । यस सम्मेलनले दुवै साम्राज्यवादी देशहरु र संशोधनवादी कम्युनिष्ट पार्टीलाई घोच्यो । फलस्वरुप क्लारा जेट्कीनलाई गिरफ्तार गरियो । उता संशोधनवादी पार्टीहरुको हावी हुँदै गएको दोस्रो अन्तराष्ट्रियले क्लारा जेट्कीनलाई अन्तराष्ट्रिय समाजवादी महिला संगठनबाट विस्थापित गर्ने अभियान शुरु गरिहाल्यो । शुरुशुरुमा तिनीहरुले “ग्लीइकेइट” पत्रिकामा हस्तक्षेप गरी त्यसको क्रान्तिका पक्षका लेखकहरु माथि सेन्सर गर्न थाले । त्यसको ठाउँमा अराजनैतिक गतिविधिहरु जस्तै श्रमिक महिला-परिवारका घरेलु समस्या, गृहविज्ञान, गृहशोभा सम्बन्धी लेखहरुलाई प्राथमिकता दिन थाले । अन्त्यमा 1915 मा आएर क्लारा जेट्कीनलाई “ग्लीइकेइट” पत्रिकाको सम्पादक पदबाट झिकेर त्यसको ठाउँमा संशोधनवादीको प्रतिनिधित्व गर्ने अर्की महिलालाई जिम्म दिए । त्यसपछि दुई बर्षको अवधिमा “ग्लीइकेइट” पत्रिका संघर्षशील श्रमिक महिला पत्रिकाबाट झरेर सामान्य गृहविज्ञान, गृहशोभा जस्तो महिला पत्रिकामा परिणत हुन पुग्यो । साथै यसको संख्यामा पनि धेरै कम हुन थाल्यो । संशोधनवादीहरुको प्रभावमा परी यो महिला आन्दोलन अव मजदुर आन्दोलनबाट, क्रान्तिबाट टाढा रहेर संसदीय गतिविधिहरुमा रमाउन थाल्यो । समाजवादी क्रान्ति पुँजीवादी संरचना भित्रबाट शान्तिपूर्ण ढंगले ल्याउन सकिन्छ भनेर अव ती महिलाहरु कानुनी सुधारहरुमा सम्मिलित हुन पुगे । देशभक्ति हुने नाममा तिनीहरुले बुर्जुवा महिलाहरुसित संयुक्त मोर्चा गर्ने नीति लिन पुगे र साम्राज्यवादी युद्धको चर्को वकालत गर्न पुगे । यहाँसम्म कि जव फ्रान्सेली साम्राज्यवादले मोरोक्‍को भन्ने देशमाथि ठाडै युद्ध छेड्‍यो तव तिनीहरु मुकदर्शक भएर बसे । कारण, फ्रान्सको सोसलिस्ट डेमोक्रेटिक पार्टीले त्यस युद्धलाई समर्थन दिइराखेको थियो । तिनीहरु यतिसम्म निरीह बन्न पुगे कि विगतदेखि उठाइरहेका महिलाहरुको आम बालिग मताधिकारमा सीमित हुन पुग्यो । यहाँसम्म कि जव संशोधनवादी जर्मन श्रमिक पार्टीले उदारवादी पुँजीपतिवर्गसति संयुक्त भएर त्यसका प्रतिनिधिहरुले मन्त्रिमण्डलमा महिला बालिग मताधिकारको विरुद्ध भोट नाए तर पनि ती महिलाचहरुले चुँसम्म बोल्न हिम्मत गरेनन् । संशोधनवादीहरुको आत्मघाती निर्णयले अन्तत: दोस्रो अन्तराष्ट्रिय आफै निषेधित हुन पुग्यो । संशोधनवादको विरुद्ध क्रान्तिकारी धार बोकेर लेनिनको नेतृत्वमा तेस्रो कम्युनिष्ट अन्तराष्ट्रिय सन् 1919 मा मस्कोमा गठन भयो । जब रुसको क्रान्तिले कम्युनिष्ट पार्टीलाई अग्रदस्ताको रुप दियो तव तेस्रो अन्तराष्ट्रियले पनि अन्तराष्ट्रिय कम्युनिष्ट महिला आन्दोलनलाई वैचारिक साथसाथै संगठनात्मक नेतृत्व दियो । सन् 1921 मा तेस्रो अन्तराष्ट्रिय प्रत्यक्ष रेखदेखमा, त्यसको निर्देशनमा तेस्रो अन्तराष्ट्रिय कम्युनिष्ट महिला संगठनको गठन मस्कोमा गर्‍यो ।यसले महिला मुक्तिको प्रश्नलाई सिधै निजी सम्पत्तिको प्रश्न, अत” राज्यकोफ वर्गीय स्वरुपसित जोडेर हेर्न सिकायो र कम्युनिष्ट व्यवस्था वकालत गर्‍यो । संशोधनवादको विरुद्ध सर्वहारा अधिनायकत्वको पक्षमा वकालत गर्‍यो र क्रान्ति नै सर्वहारा श्रमिक महिलावर्गका लागि मात्र आधार हो भनेर श्रमिक पुरुषवर्गसित संयुक्त भएर सर्वहारा क्रान्तिलाई अन्य देशहरुमा फैलाउने काम गर्‍यो । विभिन्न देशका कम्युनिष्ट महिला आन्दोलनलाई संयोजन गर्ने उद्देश्यले एउटा सेक्रेटरियट पनि गठन गर्‍यो । सन् 1943 मा तेस्रो कम्युनिष्ट अन्तराष्ट्रिय विघटनले अन्तराष्ट्रिय कम्युनिष्ट महिला आन्दोलनलाई नेतृत्वविहीन तुल्यायो । तर सन् 1949 को चीनी क्रान्तिले महिलाहरुको मुक्तिको प्रश्‍नलाई फेरि एकपटक चर्चामा ल्याईदियो ।विशेष गरी सन् १९६० को दशकमा शुरु भएको सर्वहारा साँस्कृतिक क्रान्तिले महिला मुक्तिको प्रश्नलाई अझ गहिरो रुपमा उठाउनेकाम गर्यो। “विद्रोह गर्नु न्यायोचित हो”,सर्वहारा वर्गको अधिनायकत्वमा निरन्तर क्रान्तिको अवधारणा उठाएर यसले महिला मुक्ति आन्दोलनलाई उर्जा दिने काम गर्यो। तर माओको देहान्तपछि आएको प्रतिक्रान्ति, संशवधनवादी हावाले त्यहाँको महिला मुक्ति आन्दोलनलाई पछि फर्काउने काम गर्न थाल्यो । यसले एकातिर धनाढ्य महिलाहरुको बिचमा बिलासिता, उपभभोगवादी संस्कृति, फेशन-शो, सौन्दर्य प्रतियोगिता जस्ता अवधारणाहरु ल्याइदियो भने अर्कोतिर अधिकांश महिलाहरुलाई बेरोजगार तल्याएर बश्याबृत्तिमा लाग्ने वातावरण तयार पारिदियो । यसको विपरित आज पेरु, नेपालमा चलेको जनयुद्बमा महिलाहरु त्यही सर्वहारा साँस्कृतिक क्रान्तिले उठाएको निरन्तर क्रान्ति र ‘विद्रोह गर्नु् न्यायोचित हो’ भन्ने अवधारणा लिएर अगाडि बढेका छन्। उपसंहार: वास्तवमा महिलाहरुको लिङ्गिय, ,वर्गीय शोषण निजी सम्पत्तिको अन्त्यसित जोडिएको प्रश्न हो । तसर्थ यसको समाधान कम्युनिस्ट व्यवस्था आएपछि मात्र सम्भव छ । तर, हाम्रो जस्तो अर्धसामन्ती, अर्ध‍औपनिवेशिक देश जहाँ मूलत: अर्धसामन्ती,संरचनाले राज गरेको छ, यहाँ त पुँजिवादी आन्दोलन पनि भएको छैन । कारण यहाँ भारतीय विस्तारवाद,साम्राज्यवादको हस्तेक्षेपले गर्दा पुँजीवादलाई विकास हुन दिएको छैन । फलस्वरुप यहाँको महिला आन्दोलनमा सामन्तवादी अवशेषहरु धेरै बाँकी छन्। तसर्थ यहाँ सामन्तवाद, साम्राज्यवाद विरुद्ब नयाँ खालको पुँजीवादी आान्दोलन अर्थात् नौलो जनवादी क्रान्ति अपरिहार्य छ । यही नौलोजनवादी व्यवस्थाले महिलाहरुलाई सम्पत्तिमाथि समान हक दिएर महिलामुक्तिको आधारशीला तयार पार्ने वातावरण बनाइदिन्छ । यसै क्रान्तिको जगमा सामाजवादी क्रान्तिले जन्म लिन्छ।र समाजवादी क्रान्तिको जगमा साम्यवादी क्रान्तिले जन्म दिन्छ । तर यो बाटो सरल, सहज र सिधा ५ैन । हालसम्मको कम्युनिस्ट आन्दोलनको इतिहासले सावित गरिसकेको छ कि प्रत्येक क्रान्तिले साथमा प्रतिक्रान्ति ल्याउने खतरा छ । तसर्थ यहाँ एउटा क्रान्तिले पुग्दैन यहाँ त निरन्तर क्रान्ति भइरहनुपर्दछ । अझ महिला मुक्तिको प्रश्न त झन् उपरिसंरचना, सँस्कृति, परम्परासित जोडिएको प्रश्न हो । तसर्थ यसको पूर्ण हल गर्नको लागि नौलो जनवादी क्रान्तिले मात्र पुग्दैन, समाजवादी क्रान्तिले मात्र पुग्दैन, यहाँ त साम्यवादी क्रान्तिसम्म पुग्ने धैर्यता गर्नुपर्दछ । यसरी संस्कृति, परम्परा, पुरानो बाटोसँग लड्नको लागी त प्रत्येक क्रान्तिको गरणमा सर्वहारा साँस्कृतिक क्रन्ति निरन्तर रुपमा छेडिराख्नु पर्दछ । अनि मात्र पुनरुत्थानवाद , संशोधनवाद, प्रतिक्रान्तितिर फर्काउने प्रयासहरु विफल हुन्छ। यस अर्थमा अहिलेको सन्दर्भमा विश्वभसका कम्युनिसट पार्टीहरुले माक्सवाद र लेनिनवादलाई मात्र पकडेर पुग्दैन । कम्युनिस्ट आन्दोलनभित्र जन्मने संशोधनवादविरुद्ब जझ्नका लागि र क्रान्तिलाई अघि सार्नको लागी माक्सवाद-लेलिनवाद-माओवाद ग्रहण गर्न अपरिहार्य भएको छ । महिला मुक्तिको प्रश्नमा त यो झन् सान्दर्भिक भएर आएको छ । तर्थ १९८० लको दशकमा गठित रिमले अन्तराष्ट्रिय स्तरमा नै मा-ले-मा- सिद्बान्तलाई पकडेर क्रान्तिको पक्षमा परिचालित गर्ने काम स्वागतयोग्य छ । यसैको विकास सँगसँगै अन्तराष्ट्रिय कम्युनिस्ट महिला आान्दोलन पनि स्थापित भएर आाउँछ । तसर्थ नेपालमा चलेको जनयुद्बले सृजित गरेको कम्युनिस्ट महिला आन्दोलन पछि गएर अन्तराष्ट्रिय कम्युनिस्ट महिला आन्दोलनको लागि आधारइलाका बन्न सक्दछ। यसलाई कम मूल्याङ्कन गर्न हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *