– हिसिला यमि
भनिन्छ, ठट्टामा नै सत्यता लुकिरहेको हुन्छ अर्थात् मनमा लुकाई राखेको, दवाइराखेको भावना टट्टाको रूपमा प्रस्फुटन भएर ग्राउँछ । शायद त्यसैले होला संसारका सबै देशमा संस्कृतिमा गाईजात्रा जस्तै व्यंग्य प्रतिविम्व हुने पर्वहरू मनाइन्छन् । यसको ज्वलन्त उदाहरण April Fool Day पनि एउटा हो ।
पञ्चायतकालको गाईजात्रे पत्रिका र बहुदल अन्तर्गतको गाईजाते पत्रिकामा जरुर पनि केही फरक छ। पहिले पञ्चायको निरंकुशता विकृतिको टीका टिप्पणी गरिन्थ्यो भने अहिले विभिन्न पार्टीहरू वैधा- निक भएकोले गर्दा एक पार्टीले अर्कोलाई उडाउने, होच्याउने श्रादि कुराले प्रोत्साहन पाएको छ। विशेष गरी कांग्रेसमा पञ्चहरूको प्रवेश- लाई लिएर बढी टीका टिप्पणी भएको देखिन्छ । अन-आन्दोलन पश्चात्को केही गाईजात्रे श्रङ्कमा’त नयाँ पात्रहरूले पनि प्रवेश पाएको देखियो- ती हुन् दरबारका पातहरू ।
कुरो आउँछ यसपालिको गाईजात्रे अङ्कमा महिलाहरूको प्रति- विम्ब कस्तो थियो त ? हुन त यसपालि गाईजात्रे पत्रिकाहरू धेरै निस्केनन् तर जति निस्के तिनीहरूमा महिलाहरुको प्रतिविम्ब उही पुरानै ढाँचामा प्रस्तुत गरेको देखिन्छ । पञ्चायतकालमा आउने उच्छङ्खल, अर्धनग्न पत्रिकाहरू अहिले पनि यथावत् छन् । पहिलेको परिप्रेक्ष्यमा यस्ता गाईजात्रे पत्रिकाहरू आउँदा सचेत महिला/पुरुषले श्रांखा छोप्ने, कान बुन्ने बाहेक अरु केही हिम्मत गर्न सक्दैनथिए । तर अहिले बुल्ला वातावरणमा, बहुदलको श्रागमनपछि पनि यस्ता पत्रिका. हरू ब्राउन थाल्दा के सचेत महिलाहरू, महिला संघहरू हात बाँधेर बस्तु कति उचित होला ?
हाम्रो जस्तो सामन्ती संस्कृतिमा यौनलाई बढी रहश्यमय किसिम- मा राखिन्छ, यौनवारे कुरा गर्नेलाई Toboo को रूपमा लिइन्छ। यसले गर्दा यौनको अभिव्यक्ति लुकी-छिपी Pornography, blue फिल्मको रूपमा प्राइराध्दछ । अझ यस्को प्रष्ट अभित्यक्ति त गाईजात्रा- मा निस्कने पत्रिकाहरू, सांस्कृतिक कार्यक्रमहरूमा देखापर्दछ । कतिपय सम्पादकहरू अन्तर्राष्ट्रिय महिला दिवस वा अन्य महिला कार्यक्रममा हक, हित सम्बन्धी लामा लामा भाषणहरू गर्दछन् तर तिनीहरूको सक्कली अनुहार तिनीहरूले निकालेका गाईजात्रे पत्रिकामा प्रतिबम्ब हुन्छन् । महिलाहरूको नग्न चित्रणलाई, उच्छृङ्खल लेखहरूद्वारा श्राधना पत्रिकाहरू बिकाउने कुचेष्टा गरेको देखिन्छ । जसरी Coca-Cola Pepsicola, चुरोट ग्रादि बिकाउको लागि राम्रा सुन्दरी महिला- हरूको प्रर्धनग्न शरीर देखाउन जरुरी छ त्यम्तै कतिपय सम्पादकहरू- लाई पनि यी अश्लिल चित्रहरूको विज्ञापन गरी आफ्ना पत्रिकाहरू बिकाउन त्यत्तिकै जरुरी रहेछ ।
अब आाउने गाईजाते पत्रिकाहरूमा महिलाहरूको छवि श्रझ विकृत रूपमा प्रस्तुत हुने सम्भावनाहरू नभएका होइनन् । किनभने प्रतिगामी तत्वहरूले स्वतन्त्रताको नाउँमा गाईजात्रा पर्वलाई उच्छृ ंखल रूपमा, विकृत रूपमा चल्न जाने सम्भावनालाई नकार्न मिल्दैन । त्यस्तो अवस्थामा नेपालमा कार्यरत विभिन्न महिला संघहरू सचेत महिला तथा पुरुष वर्गहरू सबै हात बाँधेर बस्लान् त ?
साउन २५, २०४७।
साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७