Posted on

हिसिला यमि
भियतनामी युद्धलाई अमेरिकी साम्राज्यवाद विरुद्धको यद्ध पनि भन्ने गरिन्छ । भियतनाम युद्ब जसमा अमेरिकी
साम्राज्यवादले नराम्रोसंग हार व्यहोर्नु परेको थियो । कम्युनिष्ट नेताको हो चि मिङ्गको नेतृत्वमा भएको यो
लडाई वर्गिय र राष्ट्रिय युद्ध एकैसाथ लडिएको हो । जसमा पहिला फ्रान्स उपनिवेशबाट मु्क्त भएपछि
जापानसंग लड्ने क्रममा अमेरिकीहरुसंगको सहयकार्य पश्चात अमेरिकी साम्राज्यवादले आफ्नो उपनिवेश गर्ने
कोशिस गरे । त्यसपछि अमेरिकहरुसंग भियतनामीहरुले अर्को राष्ट्रिय मुक्तिको लडाई लडेका थिए जुन सफल
गराई छाडे । यद्यपि भियतामलाई फ्रान्स र जापानले पनि बेला बखत उपनिवेश बनाईराखेको थियो तर अति
शक्तिशाली अमेरिकालाई एउटा असाध्यै सानो देश जो सर्प जस्तो छ करिव 1650 कि.मि. उत्तरदेखि
दक्षिणसम्म र करिव 50 कि.मि. सबभन्दा कम चौडाई भएको देशले हराई दियो । भियताम युद्बलाई चिनाउने
एउटा चित्रणबाट थाहा पाउन सकिन्छ । जसमा एउटी होची पातली महिला बन्दुक बोकी आफुभन्दा अग्ला र
मोटा दुई अंग्रेजी सेनाहरुलाई आत्मसमर्णण गराई लगिरहेको फोटो आज पनि उल्लेखनिय छ । यो चित्रणले
भियतनामको जनयुद्बमा महिलाहरुको सहभागिता जनाएको मात्र नभएर यस युद्बका धेरै विशिष्टता प्रष्ट्याउने
काम गरेको छ ।
राष्ट्रिय युद्धबाट शुरु भएको यो युद्ध अन्तत: युद्ध र आन्तरिक राष्ट्रिय एकिकरणको रुपमा परिणत हुन
गयो यही शिलशिलामा कसरी विभिन्न साम्राज्यवादी देशहरुले एक अर्कासंग सम्झौता गरेर छक्याएर, झुक्याएर
भियतनाम माथि कब्जा गर्न पुगे र अन्तत: जनताको बलमा दिर्घकालिनन जनयुद्धद्बारा तिनीहरु पराजित हुन
पुगे जुन भियतनाम युद्बबाट थाहा पाउन सकिन्छ । यो राष्ट्रिय युद्ध र वर्गिय युद्बको नेतृत्व कम्युनिष्ट नेता हो ची
मिन्हले गर्नु भएको थियो । हुन पनि हाल साम्राज्यवादी युगमा कम्युनिष्टहरुले मात्र राष्ट्रिय युद्बलाई विना
सम्झौता हाक्न सक्दछ र सफल विन्दुसम्म पुर्‍याउन सक्दछ ।
अमेरिकन युद्धको पृष्ठभूमि बुझ्नु अघि भियतनामको परिस्थिति बुझ्न जरुरी छ । दोस्रो विश्व युद्ब अघि
ईन्डोचाइना जसमध्ये भियतनाम पनि पर्दछ त्यहाँ फ्रान्स साम्राज्यवादको राज चल्दै थियो तर दोस्रो विश्व
युद्बको क्रममा फ्रान्सको प्रभुत्व घट्दै गएको स्थितिमा जापानले आफ्नो पकड भियतनाममा जमायो ।ठीक यसै
बेला जसरी नाजी फासिवादको विरुद्बको लडाईमाच अमेरिकाले कम्युनिष्ट देश सोभियत युनियनसंग कार्यगत
एकता गरेको थियो त्यसरी नै अमेरिकाले जापानलाई भियतनामबाट हराउनको लागि हो ची मिन्हको पार्टी
भियतमिङहसंगको कार्यगत एकता गर्न पुग्यो ।फलस्वरुप सन् 1945 मा जापानलाई हराउन सफल भयो । यसै
क्रममा हो ची मिन्हको नेतृत्व गर्ने Democratic Republic of Vetnam (DRV) ले सम्पूर्ण देशमाथि सत्ता
चलाउन दाबी गर्‍यो । सो अनुसार हो ची मिन्हलाई सरकारको नेतृत्व चलाउन दियो । तर त्यही बेलामा
फ्रान्सले दक्षिणी भियतनामको संगन शहरमा आफ्ना दलाल राख्यो । साथै उत्तरी भियतनाममा फ्रान्सले
आक्रमण गर्न थाल्यो । यसले इन्डोफ्रेन्च युद्ब निम्त्यायो जसको अवधि 1946 देखि 1954 सम्म रहयो ।
फलस्वरुप जनरल भो न्गयन गियापको नेतृत्वमा उत्तरी भियतनामले दिर्घकालिन जनयुद्ब फ्रान्सको विरुद्ब लडदै
गयोफ र सो दक्षिण भियतनाम समेतमा फैलिदै गयो । सन् 1950 युद्धको बेला करिव 840000 महिला
गुरिल्लाहरु उत्तरी भियतनाममा कार्यरत थिए भने करिव 140,000 दक्षिणमा थिए । महिलाहरु स्थानिय

संघर्षहरुमा, सामुदायिक परिचालनमा, सुराकी काम र सामान बोक्ने काममा कार्यरत थिए । त्यस्तै श्रम
बटालियनमा पनि कार्यतरत थिए । श्रम बटालियनमा करिव दुई तिहाई महिला सहभागी थिए । अन्तत: सन्
1954 मा युएनको मध्येस्थतामा जेनेभा सन्धि भयो । सोही जेनेभा समझदारी अनुसार बृहत चुनाव गर्ने योजना
बनाएको थियो । तद्अनुसार एउटै देश बनाउने योजना थियो । तर चुनाव हुन दिएन । सम्पूर्ण देशलाई दुई
भागमा बाँडियो उत्तरी भियतनाम र दक्षिणी भियतनाम । उत्तरी भियतनाममा हो ची मिन्हको नेतृत्वमा सकार
बन्यो । जवकी दक्षिणी भितयतनाममा गैर कम्युनिष्ट न्गो दिन दैनको सरकार बन्यो । यसलाई अमेरिकाले
प्रत्यक्ष सहयोग गर्न थाल्यो । यसरी देश दुई टुक्रा भएपछि उत्तरी भियतनाममा कम्युनिष्ट सत्ताको अभ्यास हुँदै
गयो। साथै उत्तरी भियतनामले दक्षिणी भियतनामला न्गो दिन दैनको शासनबाट मुक्त गर्ने आन्दोलन हाक्यो ।
यस युद्धमा उत्तरी भियतनामले 600,000 अमेरिकन सेनासहित थप लड्न परेको थियो । यो युद्ब अन्तत: 1975
मा गएर टुंगियो जसमा अमेरिकाले हार स्विकार्न बाध्य भयो र भियतनाम पुर्ण रुपमा मक्त…….
वर्गिय र राष्ट्रिय युद्धमा महिला भूमिका

हो चि मिन्हको नेतृत्वमा भएको यो युद्ब दिर्घकालिन जनयुद्बमा आधारित थियो । त्यतिवेला भियतनामका
शहरी क्षेत्र मुलत: गैर कम्युनिष्ट र साम्राज्यवादी देशहरको पकडमा हुन्थ्यो। नितीहरु आधुनिक हतियारबाट
सुसज्जित थिए । यसको विपरीत ग्रामिण क्षेत्र कम्युनिष्टहरुको पकडमा हुन्थ्यो । हो चि मिन्हले माक्सवाद
लेनिनवादलाई भियतनामको विशिष्टतामा प्रयोग गर्दै जनतामा भर पर्दै, देशभित्रको श्रोत साधनमा निर्भ गर्दै
लड्दै गयो । यसमा के बिर्सनु हुन्न भने यो युद्बमा सोभियत संघ र चाइनाले पनि साथ दियो ।
यो दिर्घकालिन जनयुद्ध भएको कारणले महिलाहरुको धैर्यता, लगनशिलता, अनुशासत प्रवृत्ति र
तिनीहरुको सच्चापनले धेरै काम गर्‍यो । यसले गर्दा तिनीहरु भरपूर्ण योद्बा बन्न पुगे । तिनीहरुको निजी परिवार
पालनामा गईरहेको उर्जा अव देशको मुक्तिका लागि उर्जा बन्न पुगे । उनीहरुले आफ्नो घर बचाउनको लागि घर
बाहिर निस्किए । यो युद्ध समग्र युद्ध पनि भएकोले गर्दा यो आम नागरिकको युद्ब हुन गयो । यसमा सबै उमेरका
महिला पुरुष संलग्न थिए । यो मातृभूमिको लागि लडाई भएकोले गर्दा पनि यो युद्धमा आम जनताको अपनत्व
जगाउन जरुरी थियो । जसको लागि प्रगतिशिल देशभक्त संयुक्त मोर्चा भियतमिङ गठन गर्न पुगे । यसको नेतृत्व
कम्युनिष्ट पार्टीले गर्न पुगथ्यो । यो लडाईमा देशभक्तको भावना एउटा महिलाबाट यसरी प्रकट भएको देखियो
“फ्रेन्चले त हाम्रो मुटु छिन्यो छिन्यो तर अमेरिकाले त हाम्रो सिंगै शरीर छिन्यो” । हुन पनि अमेरिकाले गरेको
कार्पेट बम्बिङ्ग (Carpet Bombing) ले भियतनामलाई तहसनहस पुर्‍याएको थियो । त्यतिबेला निस्किएको
फोटो जो विश्वभर छाएको थियो त्यसमा एउटा बालिका पुरा निशस्त्र घायल अवस्थामा रोई भागिरहेका दृश्य
थियो । यस घटनाले सबैलाई ध्यान आकर्षण गरेको थियो । त्यति नपुगेर हार्ने अवस्थामा अमेरिकनहरुले
खतरनाक रसायन पदार्थ हवाईजहाजबाट खसालेर भियतनामको जैविक विविधता नष्ट गर्न पुग्यो ।
अत: यो युद्बमा आफ्नो मातृभूमि बचाउनको लागि महिलाहरु पुरै क्रियाशिल बन्न पुगे । गृहिणी पनि
योद्बा बन्न पुगे । हुजुरआमाहरु सम्म दुस्मनको विरुद्ब सुराकी बन्न पुगे । स्कुलहरुलाई बचाउनको लागि
विद्यार्थीहरु युद्बमा पुगे । त्यस्तै आफ्नो जमिन बचाउनको लागि कृषकहरु माईन बिच्छ्याउन गए । आफ्नो
आकाशलाई जोगाउनका लागि हवाईजहाज खसाल्न महिलाहरु आफैले स्नाईपर बोके । बुढाबुढीहरुले आफ्नो
अन्तिम शाहस देखाएर युवापुस्ताहरुलाई लड्न प्रेरणा दिए । यस भिषण युद्बमा आम जनताको लागि दुईवटा
मात्र विकल्प थियो कि त युद्बको सिकार बन्ने कि त योद्बा बन्ने । भियतनाम कम्युनिष्ट पार्टीले योद्बा बन्न सिकायो

। तिनीहरुको वैचारिक अश्त्र, संगठनात्मक क्षमत र लौह अनुशासन साम्राज्यवादीको आधुनिक हतियारको
तुलनामा कैयौ गुना माथि थियो । यो युद्ब विदेशी शक्ति विरुद्ब केन्द्रित युद्ब मात्र नभएर जनजिविका संग
जोडिएको वर्गिय युद्ध पनि थियो । यो दुई टुक्रा पारिएको देशको एकिकरण युद्ब पनि थियो ।अत: आफ्नो देश
बचाउनको लागि कठिन भन्दा कठिन परिस्थितिमा पनि महिलाहरुले शाहसी र दृढताका साथ आफुलाई युद्बमा
होमेका थिए । मृत्यु वा मुक्तिको सपथ लिएर सबभन्दा उल्लेखनिय भूमिका ती युवायुवतीहरुले निभाए । जसले
हो चि मिन्ह ट्रैल (2195 कि.मि) लाई हवाईजहाजबाट हुने बम्बार्डको क्षतिबाट बचाउन हर हमेशा एलर्टमा
बसिरहे । यो लामो ट्रैल दुई देश विचको मुख्य लजिष्टिक पठाउने बाटो बन्न गयो जो अत्यन्तै सामरीक महत्व
बनेको थियो । यसलाई ध्यान दिएर नै स्वयंसेवक युवा दस्ता बनेको थियो जसमा थुप्रै महिलाहरुले भाग लिएका
थिए । तिनीहरुको काम ट्रैललाई संरक्षित गरि राख्ने, बमबाट हुने ध्वस्त संरचनालाई पुन निर्माण गर्ने काम
असाध्यै जोखिमपूर्ण थियो । यस ट्रैलबाट महिलाहरुले युद्बमा चाहिने सामाग्री बोकेर लान्थे । त्यसकारण
तिनीहरुलाई अमेरिकनहरुले सुरुंगि मुसा भन्ने गर्थे ।
दक्षिणी भियतनामका महिलाहरु साम्राज्यवाद विरुद्ब योद्बाको रुपमा कार्यरत थिए भने उत्तरी
भियतनामका महिलाहरु कम्युनिष्ट समाज निर्माणमा कार्यरत थिए । यसरी महिलाहरु योद्बा मात्र नभएर
उत्पादन शक्तिको रुपमा पनि देखा परे । दक्षिण भियतनामका महिलाहरुले के प्रत्यक्ष देखिरहेका थिए भने
उत्तरी भियतनामको कम्युनिष्ट समाजमा महिलाहरुलाई समाजमा सम्मानजनक स्थान दिएका थिए अधिकार
दिएका थिए, रोजगारी दिएका थिए । अत: यसले तिनीहरुलाई देशभक्त मात्र नभएर वर्गिय चेतना पनि
दिइरहेका थिए । त्यस्तै उत्तरी भियतनामका जनताहरु आफ्नो दक्षिण भियतनामलाई विदेशी पंजाबाट मुक्त
गराई एकीरकण गर्न उत्प्रेरित थिए । यो वर्गयिय र राष्ट्रिय युद्धमा राजनैतिक चेतना बढाउनमा बढि ध्यान
दिईन्‍नथ्यो र महिलाहरुलाई बारम्बार तिनीहरु आधा जनशक्ति हुन। अत: तिनीहरुको मुक्ति बिना समाज मुक्ति
हुन्न र समाजको मुक्ति विना देशको मुक्ति हुन्न भनेर शिक्षित गराईन्थ्यो ।
कम्युनिष्ट पार्टीको सर्वमन्य नेता हो चि मिन्हको विशिष्टता के थियो भने उनी आधारभुत जतामा
विश्वास गर्थे । महिलाहरु आधारभुत जतामा पर्ने भएकोले नाताले सैन्य क्षेत्रमा तिनीहरुको छुट्टै दस्ता बनाएको
थियो । महिलाहरुको साहसिक कदमहरु मध्येमा एउटा उल्लेखनिय छ । जसमा एउटी 19 बर्षिय महिलाले तीन
दिनभित्र 19 जना दुश्म सेनाहरुलाई मारिदिएकी थिइन् । त्यस्तै 19 बर्षिय अर्को महिलाले एउटा जेटलाई पुरै
ध्वस्त पारिदिएकी थिइन । त्यस्तै एउटा 70 बर्षिय आमा चर्चित भएकी थिइन् । उनले परालबाट बलियो टोपी
बनाएर हजारौ बनाएका थिए । जसले गर्द जनमुक्ति सेना बमका छर्राहरुबाट बच्न पाए । युद्बमा महिलाहरु
प्राय एउटा हातमा कोदालो त अर्को हातमा बन्दुक बोकेको देखिन्थ्यो ।यसरी नै एउटा हातमा बच्चा त एउटा
हातमा हतियार बोकेका चित्रण देखा पर्दथ्यो । यसरी महिलाहरु उत्‍पादन शक्ति, प्रजनन शक्ति मात्र नभएकर
लड्ने शक्तिको रुपमा पनि देखा पर्‍यो । एक भियतनामी सैन्य इतिहासकारको अनुमानमा नियमित सेनामा
60,000 भन्दा बढी महिला सम्मिलित थिए । त्यस्तै स्वयंसेवक युवा दस्तामा 100,000 भन्दा बढी महिलाहरु
थिए र त्यस्तै स्थानिय दस्ता र मिलिसियामा 1000,000 भन्दा बढी महिलाहरु थिए । सन 1960 सम्ममा
People’s Libreation Aremd Force (PLAF) मा करिव 40 प्रतिशत रेजिमेन्टल महिला कमाण्डरहरु
थिए । त्यस्तै योद्दाहरु कित महिला दस्तामा थिए कि त मिश्रित दस्तामा थिए ।
निचोड

कुनै पनि देश भित्रको सम्पूर्ण युद्ब जसभित्र वर्गिय, साम्राज्यवादी विरुद्ब युद्ब र एकीकरण आन्तरिक युद्ध पर्दछ ।
त्यस्तो युद्ब जित्‍नको लागि एउट सशक्त क्रान्तिकारी पार्टी चाहिन्छ । त्यस्तै क्रान्तिकारी पार्टी हाक्ने सशक्त
क्रान्तिकारी नेता चाहिन्छ । भियतनामको सन्दर्भमा त्यो नेता भनेको हो चि मिन्ह हुनुहुन्थ्यो । उहाँको सबभन्दा
महत्वपूर्ण योगदान के मा थियो भने उहाँले माक्सवाद, लेनिनवादलाई आफ्नो देशको विशेषतामा प्रयोग गर्न
सफल हुनुभयो । उहाँले आधारभुत जनता र आफ्नै देशभित्रको साधन स्रोतमा भर गर्नुभयो । उनको भनाई
मनन्न योग्य छ स्वाधिनता र स्वतन्त्र भन्दा अमुल्य अरु कुनै हुन सक्दैन । स्वाधिनता हराउनु र दासतामा फस्नु
भन्दा बरु सबै चिज बलिदानी गर्नु राम्रो हो । यसमा उहाँको थप भनाई थियो समाजबाद र साम्यवादले मात्र
संसारका उत्पीडित र श्रमजिवी जनतालाई मुक्ति दिलाउँछ। यसरी उहाँले राष्ट्रिय र वर्गिय मुक्ति एक अर्कासंग
सम्बन्धित मात्र नभएर दुवै मुक्ति एकै चोटी दिर्घकालिन जनयुद्बबाट प्राप्त गर्न सकिन्‍छ भनेर सावित गर्नुभयो ।
यसमा श्रमजिवी महिलाहरु भरपर्दो योद्बाको रुपमा परिचालन गर्न अनिवार्य भएको सावित गर्नुभयो ।त्यस्तै
अर्को मनन योग्य व्यक्ति जनरल भो न्ययन गियाप हुनुहुन्छ । यहाँको चाखलाग्दो कुरा के मा छ भने अमेरिकन,
फ्रेन्चहरुको कौशलता, शहरी युद्ब, उच्च प्राविधिक हतियारमा थियो भने भितनामी कम्युनिष्टहरुको कौशलता,
वैज्ञानिक विचार, ग्रामिण युद्ब, जनतामा थियो ।गियापले छिमेकी देश चिनको दिर्घकालिन जनयुद्बको रणनिति
र कार्यनितिलाई आफ्नो देशको परिवेशमा लागु गर्न सफल हुनुभयो । भियतनामी युद्बले एकातिर दक्षिण
भियतनामलाई मुक्त गर्नुका साथै अर्को तिर कम्युनिष्ट शासित उत्तर भियतनामलाई बचाईराख्न परेको थियो ।
उत्तर र दक्षिण भियतनामलाई एकिकरण गरेर एउटै कम्युनिष्ट शासन भित्र ल्याई एक भियतनामलाई बचाई
राख्नु परेको थियो । यसरी यो युद्ब साम्राज्यवाद विरोधी युद्ब मात्र नभएर यो युद्ब राष्ट्रिय एकीकरण र अझ
महत्वपूर्ओ समाजवाद प्राप्त गर्ने युद्ब पनि थियो । यो सबै प्राप्त गर्नको लागि महिलाहरुको संलग्नता अनिवार्य
थियो किनकि महिला भनेको व्यक्ति मात्र नभएर परिवार हो, समाज हो, जनता हो, तिनीहरु सम्पूर्ण देशको
शारीरिक भौतिक उपस्थितिको हिसावले आधा होलान् तर उनीहरुको प्रभुत्वलाई हेर्दा तिनीहरुको उपस्थिति
2/3 भन्दा माथि भ्न उपयुक्त होला । तिनीहरुको लागि आफ्नो मातृभूमि बचाउनु भनेको भावी सन्तती
जन्माउने स्थान सुरक्षित गर्नु हो ।
हाल भियतनाममा रहेका भियतनाम युद्ब सम्बन्धी संग्राहलयहरु मध्य एउट संग्राहलय महिलाको मात्र हुनुले
पनि दर्शाउछ युद्बमा महिलाको भूमिका कति महत्व छ भनेर । यस सन्दर्भमा नेपालको जनयुद्बमा महिलाहरुको
भूमिका पनि उल्लेखनिय थियो । नेपालमा भएको जनयुद्बले यद्यपि पूर्ण राष्ट्रियता र पूर्ण जनगणतन्त्रको प्रश्न हल
गर्न सकेको छैन तसर्थ अव हुने पूर्ण स्वाधिनता र पूर्ण जन गणतन्त्र प्राप्तिको लडाईमा महिलाहरुको भूमिका
अनवार्य मात्र नभएर निर्णायक हुन्छ भनेर मनोनयन गर्न जरुरी छ । स्मरण रहोस जुन बेला भियतनाममा
जस्तो नेपालमा पनि विस्तारबाद वा साम्राज्यवाद प्रत्यक्ष सैनिक शक्ति घरेलु प्रतिक्रियावादी शक्तिसं‌ग मिलेर
लड्न आउँछ त्यतिवेला तम्तयार रहनको लागि अहिलेदेखि नै नेपालको क्रान्तिकारी शक्तिहरुले उत्पीडित जाती,
क्षेत्र,लिंग र वर्गलाई परिचालित गरिराख्नु पर्दछ ।
सन्भर्ग सामाग्री
Wheatcroft. Andrew, 1983. The World Atlas Of Revolutions, New York; Simon And
Schuster Goldstein, Joshua S. 2001 War and Gender, United Kingdom:l
Comnbirgde University Press O’balance, Bdgar,. 1975. The wares in vietam;1954-
1973 UK Ian Allan Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *