Posted on

हिसिला यमि

भनिन्छ रण्डीहरूले अर्काको घर-परिवार बिगार्छन्, अर्काको पोई लुट्छन् । तर कसैले यिनीहरूलाई “तिमीहरू विवाह गर्न चाहन्छौ ?” भनेर सोधेका पनि छन् ? उनीहरूमा बाँच्नको लागि श्राशा छ। विवाहित जिन्दगी विताउने, आफ्नो परिवार बनाउने आकांक्षा र भावनाहरू संसारका सबै महिलाहरूको मनमा लुकिरहन्छ, बेश्याको मनमा पनि यो भावना हुन्छ । किनभने कुनै पनि महिला त्यसै विनाकारण बेश्या- वृत्तिमा लाग्दैनन् । यो भावनाहरू नेपालका वदिनीहरूबाट पाएँ भने अमेरिकाको भूतपूर्व बेश्या महिलाचाट पनि पाएँ, वहाँको नेपाल र कहाँको अमेरिका ! तर पनि महिलाहरूको यसबारेमप्र श्रर्था व्यक्ति मिल्न गएको ?

नेपालमा एड्स् र वेश्यावृत्ति सम्बन्धी प्रोजेक्ट अर्गत म नेपात्र गञ्जको गगनगञ्ज र वर्वादया जिल्लाको वन घुमरीमा पुगेको थिएँ । त्यहाँका वादी-बंदिनीहरूको समाजमा केही दिन भिज्ने मौका पाएँ । राणा प्रशासनकालतिर यिनीहरू नाच-गान गरेर सामन्तीहरूबाट वाली उठाउँदै आएका थिए, पछि मनोरञ्जनको प्राधुनिक विकास र सामन्ती समाजको क्रमशः विनयको साथै नेपाल-भारतको खुला सिमानाले गर्दा वेशावृत्तिको माग श्रादिले गर्दा यिनीहरूले वेश्यावृत्ति अपनाउन पुगे । यसरी परिवारभित्र नै रहेर यिनीहरू वेश्यावृत्तिमा लाग्न थाले ।

एउटा वदिनीको बस्तीमा पुग्दा मैले सोधे, ‘यहाँ पेशेवर बदिनी कहाँ छन् ?’ दैलोमा चामल निफनिरहेकी १६ वर्षीय बदिनीलाई हात देखावर दाजु भन्छ, ‘उनी मेरी बहिनी हुन्, उनीसित कुरा गरे हुन्छ ।’ एकछिन त म क्षुब्ध भएँ, भारतीय फिल्महरूमा छाडा उत्ताउला वेश्या- हरूको दृश्य बोकेर आएकी मेरो धारणा एकाएक श्राश्चर्यमा परिवर्तन भयो । मैले उनीसित विस्तृत रूपमा यस्तो वेशामा किन लागेको? विवाह गर्ने इच्छा छैन र ? भनेर सोध्दा उनी भन्छिन्, ‘विवाह गर्ने कसको रहर हुन्न र ? फेरि आफू भएन भने परिवार कस्ले हेर्छ, कसले कमाउँछ ।’ एकछिन पछि गम्भीर भएर उनी भन्छिन् । ‘म जे पनि गर्न तयार छु, यो पेशादेखि मेरो घृणा छ यसबाट अवकाश पाउन चाहन्छु, तर के गर्ने परिवारको बाँच्ने आधार पनि चाहियो ।’ त्यस्तै एकजना २३ वर्षीय वदिनीसँग सोध्न पुगें । तीन छोरा-छोरीकी आमा उनको जीवन झन् कष्टमय देखें, एकातिर पेशा गर्नपर्ने बाध्यता अकों तिर बाल- वच्चाहरू हेर्नुपर्ने अवस्था । उनलाई वेश्यावृत्तिमा किन लागेको विवाह गर्न इच्छा छ वा छैन ? भन्ने प्रश्न गर्दा गम्भीर भई भन्छिन् ‘विवाहको वुरं नगर्नुस्, बश्च यी वाल-बच्चाहरूको भविष्य बनाइदिनुस् ।’ पछि उनको बारेमा बुझ्दा उनको जिन्दगीमा गहिरो चोट पुगेको घटता रहेछ । वादी समाजमा हुर्केकी ती महिला स्वभावतः यस पेशामा लगाइयो । जवानीमा उनको एउटा थारु केटासँग विवाह गर्न पुगे । तर थारु समाजले उनलाई के मान्यता दिन्थ्यो त ? समाज- को दवावले थारु केटाले थरुनीसँग विवाह त गयो तर केही महिना पछि त्यो थारु केटा आफैं विष खाएर मन्यो। यो सुनेर ती बदिनी पनि उसको चितामा जलेर मर्छु भनेर झण्डै हाम्फाल्न पुगेकी रहिछन् ।

यसरी नेपालका वदिनीहरू आफ्नो परिवारप्रति बढी जिम्मेवार हुनपरेको क्रममा वेश्यावृत्तिमा लागेको देखिन्छ । मैले सुनेकी थिएँ, बैङ्ककमा कार्यरत त्यहाँका वेश्याहरू पनि यसै कारणले यस पेशामा लागेका छन् ।

नेपालगञ्ज र वर्दियाको भ्रमण लगत्त अमेरिका जाने मौका पाएँ । स्वभावतः मलाई त्यहाँको वेश्यावृत्तिमा चासो लाग्यो र त्यही क्रममा माडिसन भन्ने शहरको Aids crisis Centrol मा पुगें । एड्सुबाट ग्रसित महिलाहरूलाई त्यहाँ (Couseling) सल्लाह दिने गर्दो रहेछ । त्यहाँका स्वयं सेवकहरूमध्ये मैले एकजना प्रभावशाली महिलालाई भेटें । उनी भूतपूर्व बेश्या रहिछन् तर अहिले विवाहित भएर तीन छोरा-छोरीकी श्रामा भइछिन्। मैले आफ्नो देशका वदिनी- हरूको बारेमा जानकारी दिएँ। बदिनीहरूको आफ्नो परिवारप्रति जिम्मेवार भएको कुरा सुनेर उनी अचम्म भइन्, कारण अमेरिकामा बेश्यावृत्तिमा संलग्न हुने महिलाहरूको स्थिति यसको ठीक विपरित रहेछ । अमेरिकी परिवारमा धेरै पारपाचुके र अति व्यक्तिवादी जीवन शैलीले गर्दा त्यहाँका केटा-केटीहरू अपहेलित हुँदै जाँदा रहे उन् । यसरी सानै उमेरमा यी बानिका हरू घरमा बस्न रुचाउँदैनन् र एकलकाँटे भावनाले ग्रसित भइरहेका हुन्छन् । बलि उमेरमा उनीहरू लागू पदार्थको सेवन गर्न पुग्छन् । क्रमशः पैसाको अभावले लागू पदार्थ किन्न नसक्ने अवस्थाको कारण थी कलिला केटीहरू आफ्नो जिउ बेच्त बाध्य हुन्छन् । यसरी उनीहरू एकातिर लागू पदार्थको सेवनबाट ग्रसित हुन्छन् भने अर्कोतिर वेश्यावृत्तिमा लाग्छन्- यसले गर्दा उनीहरूको जीवन धेरै प्रन्धकारमा बित्छन् र एड्स रोगबाट ग्रसित हुन पनि पुग्दछन् ।

यसरी एकातिर परिवारको गहन जिम्मा बोकेका सीपट्टीन वदिनी- हरू बेश्यावृत्तिमा संलग्न छन् भने उता अमेरिकामा परिवारकै अनमेल र प्रति व्यक्तिवादी जीवन शैलीले गर्दा त्यहाँका चेलीबेटीहरू लागू पदार्थको सेवन र बेश्यावृत्तिको समस्याभित्त । यसै भएर कुनै पनि विकृतिको जिम्मेबार समाजका आर्थिक, सामाजिक कारणहरू हुन्छन्। तिनीहरू प्राजै विकृतिको उपज नभईकन तिनीहरूले समाजको विकृति- को प्रतिनिधित्व गर्दछन् ।

साभारः “आधा आकाश आधा धर्ति”
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७
पुस २६, २०४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *