– हिसिला यमि
प्रसङ्ग प्रमेरिकाको भ्रमणको हो । आफू माक्सिष्ट विचारधाराका मानिस भएको नाताले पनि अमेरिकाको भ्रमण निकै फलदायी पाएँ । संसारमा ‘प्रजातन्त्र’ सिकाउने ‘मानव अधिकार’ सिकाउने देश कस्तो रहेछ भन्ने जिज्ञासा त अमेरिकी दूताबास अन्तर्गतको भिसा विभागबाटै शुरु भएको थियो । लागू पदार्थ कार्बाहीमा लागेका व्यक्तिहरू कुनै अपराधमा मुछिएका व्यक्तिहरू र कम्युनिष्ट पार्टीका सदस्य भएका व्यक्तिहरू भिसा पाउनुबाट वश्चित हुन सक्ने धारा भिसा कार्डर्स उल्लेख भएको पाइयो । यसको मतलव अमेरिकन सरकारको लागि कम्युनिष्ट ड्रड डिलर अर्थात प्रातङ्ककारी सरह मानिन्दो रहेछ । प्रजातन्त्र र मानव अधिकारको अमेरिकी पाठ यत्ति छिटो नेपाल स्थित अमेरिकी दूताबासबाट पाउने छौं भन्ने हामीलाई कहाँ थाहा थियो र ? भाग्यवश हाम्रो भिसा ढीलै भए पनि विचार गोष्ठीना जान भ्याउने किसिमले पाइयो ।
अमेरिकाको मेडिशन यूनिर्भासटिमा हामीले त्यहाँ आयोजित दक्षिण एशियाली बिचार गोष्ठीमा भारतको प्रतिनिधिको बाहुल्य हुने र स्वभावतः तिनीहरूको कुराहरू बढी जान्ने क्रममा यसपाली नेपाल सम्बन्धी बढी चासो र बढी मात्रमा सहभागी भएको देख्दा हामी खुशी भएका थियौं । मैले विशेष गरी नेपालको गत भान्दोलनमा महिला- हरूको भूमिका सम्बन्धी विवारहरू प्रकट गरे । छलफलको क्रममा एकजना महिलासङ्ग राम्ररी सुपरिचित हुन पुगें । उनी जर्मनकी रहि- छिन् तर हाल प्रमेरिकनसित विवाह गरेर बसेकी । कुरै कुरामा मैले सोधे ‘खै त तिम्रा छोरा छोरी ?’ यसमा उनी गम्भीर भएर मलाई सम्झाउन थालिन्’, यहाँ तिमीहरूको एशियामा जस्तै सजिलै बच्चा पाउन सरिदैन धेरै सोच विचार गरेर, थ्राफ्नो रोजगारीलाई धरौटीमा राखेर मात्र पाउनु पर्छ। यहाँ सुत्केरी विदा पाइदैन, विदा लिइहाले पनि त्यसै स्थानमा हामीलाई फेरि त्यहि नै रोजगारी मिल्ला भन्ने ग्यारेण्टी पनि छैन !’ मानव अधिकारको ‘पाठ’ सिकाउने अमेरिकाले आफ्नै नारी प्रति यस्तो अमानवीय व्यवहार गर्ला भनेर एक रत्ति पनि सोचेका थिएनौं मैले अनि सोचे, आखिरमा नाफाको आधारमा चलेको यो देशमा नवजात बच्चाले के पो नाफा दिन्थ्यो र झन घाटा पारिदिन्छ ! उद्यो पतिले अर्काको नवजात शिशुको के मतलव, उसलाई त नाफा घाटाको हिसाव किताव भए पुगिहाल्छ नि !
छलफलको क्रममा एकजना अर्को महिलासित मेरो परिचय भयो। उनी महिलाहरूको स्थितिबारे बढी चिन्तित र गम्भीर थिइन् । उनीसित ग्राफ्नो देशका महिलाहरूको स्थितिका बारेमा चर्चा गर्ने क्रममा अमेरिकामा महिलाहरूको थान्दोलनमा लेस्बियनीस्मको थान्दोलनको विशिष्ट स्थान भएको मैले सुनिराखेको थिए । स्वभावतः यसबाहे मैले सोध्न पुगें । नि त्यहाँका केही महिलाहरूले पुरुषहरुसङ्ग हुने प्राकृतिक र स्वभाविक सम्बन्ध छोडेर ग्राफ्नं लिङ्ग भित्र बडी रूमल्लिरहेका हुन् ? उनको जवाफ सरल र स्वभाविक देखियो, लेस्वि- यन वन्न को पछाडि भौतिक श्राधारहरू छन्। यहाँको अति व्यक्ति केन्द्रित र नाफा तौलमा आधारित जीवन शंकीले गर्दा यहाँका पारि- वारिक जिन्दगी कष्टमय पारपाचुकीले भरीपूर्ण छन् । बच्चाहरू विशेष गरी वानिकाहरू बाल धपराधका शिकार हुनुजान्छन् । जवानीमा त ✓ अझ तिनीहरू बलात्कारीको शिकार हुन पुग्छन् । अमेरिकामा कतिपय कुनै कुनामा एक्लै पढिरहेको अवस्थामा बलात्कारीहरूले आक्रमण गर्न झाउने डर हुन्छ । तसर्थ यहाँका महिनाहरू पुरुषदेखि त्रसित भएका हुन्छन् । अनि आफ्नं लिङ्ग समुदायमा सुरक्षा लिन खोज्छन् र त्यसै क्रममा शारीरिक सम्बन्ध पनि राख्न पुग्छन् । धेरै अवस्थामा आफ्ना प्रेमीहरूले (boy friend) उनीहरूलाई प्रयोग मात्र गरेर छाडेकाले पनि स्थायी सम्बन्ध खोज्ने क्रममा आफ्नै लिङ्गसित सम्बन्ध राख्न पुग्छन् । अनि केहो महिलाहरू प्राकृतिक रूपमा नै आफूमा (femal hermone) नारीत्व गुण कम भएकोले गर्दा स्वभावतः महिलावर्ग प्रति बढी आकवित हुन्छन् । मैले ती लेस्बियन् महिलाहरूसित भेट्ने जिज्ञासा पोखें । एकछिन् ती महिलाले आश्चर्यं चंकित मलाई हेरिन् र सानो स्वरमा भनिन् । ती मध्ये म पनि एक हुँ। म जिल्ल परेर हेरेको हे-यै भएँ । कुनै जीवजन्तु नभईकन तराई हामी जस्तै रहिछन् । उनी- हरूमा र हामीमा फरक यत्ति नै होला कि उनीहरू पाश्चात्य, अति पूंजीवादी जनताको शिकार हुन पुगेकी छन् भने हामी एशियाका नारी यहाँका परम्परागत सामाजिक धार्मिक कृयाकलापका दाशी हुन पुगेका छौं। यसरी एकातिर पूंजीवादले महिलाहरूको अदम्य शक्तिलाई नै नाफा घाटाको तौलमा राखेको छ, र मा सम्भोगको वस्तुको रूपमा लिएको दखिन्छ भने अर्कातिर हाम्रो सामन्ती संस्कृतिले महिलाहरूलाई ‘पवित्र’ राख्ने क्रममा हात खुट्टै बाँधेर खाली सन्तान उत्पादन गर्ने यन्त्रको काममा मात्र सीमित पारी दिएका छन् । त्यसकारण नेपालको सीता र श्रमेरिकाको लेस्बियनको समस्मा एउटै छ- त्यो हो मानब समाजमा नारीलाई वस्तुको रूपमा लिनु !
साभारः “आधा आकाश आधा धर्ति”
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७