नेपाल कम्न्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा फरवरी १३, 1996 देखि शुरु भएको जनयुद्ध तीव्र गतिमा सफलतापूर्वक अघि बढ्दै छ । पश्चिमी नेपालबाट शुरु भएको क्रान्तिको आगो आज दावानल बनेर देशभरी फैलिएको छ । कुल 75 मध्ये 7 जिल्लाहरु यसबाट प्रभावित भएको कुरालाई त स्यवं सरकार (पुरानो सत्ता) ले समेत स्वीकार गरेको छ । जनताको सहभागिता विना यसो हुनु सम्भव थिएन। यसमा अलिकति उनीहरको करामत हेरौ ।
13 फरवरी 1996 को हड्तालपछि व्याप्त मौनतालाई तोड्न उनीहरु नै अगाडी थिए । त्यही बर्षको 8 मार्चमा गिरफ्तारीको खतरा मोल्दै उनीहरको राष्ट्रिय संगठनले एउटा गोष्ठीको आयोजना गर्यो । त्यहाँ नारी मुक्तिका निम्ति क्रान्ति आवश्यक छ भन्ने कुरा जोडदार रुपमा उठाइयो । त्यसपछि नै अन्य जनवर्गिय संगठनहरु संचालन गर्न थाले । कालिकोटमा दलित महिलाहरुले प्रतिक्रियावादी सेनाहरुबाट हतियार खोसेर पार्टीलाई बुझाए । इ.सं. 2001 को मार्च महिनामा 7 जना महिला बन्दीहरु गोरखाको जेल तोडेर भाग्न सफल भए । सम्भवत: यो विश्व इतिहासमै एउटै नयाँ किर्तिमान हो । नोभेम्वर 2001 मा संकटकालको घोषणा हुनु अघि सबै जवसहरु मध्ये महिला संगठन अगाडी थियो ।मदिराविरोधी आन्दोलन त यति जुझारु थियो कि सरकार (पुराना सत्ता) वार्ता गर्न बाध्य बनेको थियो । पार्टी भित्र पुरुष सदस्यहरु व्यक्तिगत सम्पति परित्याग गर्नुअघि नै महिलाहरुले आफ्नो एक मात्र निजी सम्पति गहना-गुरिया खुशीसाथ पार्टीलाई जिम्मा लगाउन शुरु गरेका थिए । संकटकालमा महिलाहरुलाई जेलमा हाल्ने, गायव पार्ने, बलात्कार र हत्या गर्ने कामलाई सरकारले असाध्यै बढाए तापनि महिलाहरुको सहभागितामा कमी आउनुको साटो बढोत्तरी हुदै गयो ।
हरेक मोर्चामा महिलाहरुको तेतृत्वको विकासको लागि वस्तुगत अवस्था तयार छ । त्यसैल ने.क.पा. (माओवादी) ले केन्द्रिय समितिले हेर्ने गरी महिलाहरुको एउट छुट्टै विभाग गठन गरेको छ । महिलाहरुको नेतृत्वकारी क्षमता र सम्भावनालाई उच्च स्तरसम्म विकसित पारेर एउटा पार्टी, सेना र संयुक्त मोर्चा अर्थात तीनवटै अंगहरुको नेतृत्व पंक्तिमा उनीहरुको सहभागितालई सुनिश्चित गर्नु यो विभागको उद्देश्य हो ।
पार्टीमा नेतृत्वको प्रश्न
जति-जति गाउँ र जिल्लाहरुको स्तरमा प्रतिक्रियावादी राज्यसत्ताका ठाउँ क्रान्तिकारी संयुक्त मोर्चाले लिदै गयो, त्यति नै बढी महिला नेतृत्वको प्रश्न महत्वपूर्ण बन्दै गयो । महिलाहरु अभूतपूर्व धैर्य, त्याग र समर्पणका साथ आन्दोलनामा सहभागी हुदै गईरहेको प्रष्ट देखिन्छ । यद्यपि उनीहरुको दक्षताको अभाव थियो । संयुक्त मोर्चाको विभिन्न स्तरमा समायोजनका लागि जव संयुक्त क्रान्तिकारी परिषद्को गठन भयो, त्यतिबेला यो प्रश्न अरु जरुरी बन्न पुग्यो । सेनामा पनि यो प्रश्न उठ्न थाल्यो । अहिले महिलाहरुको एउटा छुट्टै प्लाटुनको गठन भएको छ । पुरुषहरुको त उमेरले 40 काटिसकेपछि पनि अगाडी बढिरहेका छन् तर महिलाहरुले भने 25 बर्षपछि यस क्षेत्रमा अगाडी बढ्न सकेका छैनन् । महिलाहरुमा नेतृत्वको गुण विकसित गर्नुपर्ने आवश्यकताको जोडदार माग वस्तुगत स्थितिले गरिरहेको छ । कम्युनिष्ट आन्दोलनमा महिलाहरुको भूमिका माथि सैद्धान्ति बहस पनि चलिरहेको थियो कि दोस्रो राष्ट्रिय सम्मेलन, जहाँ प्रचण्डपथ स्वीकृत भयो, त्यहाँ प्रतिक्रान्ति रोक्न र निरन्तर क्रान्ति संचालन गर्ने सन्दर्भमा महिलाहरुको भूमिकाबारे गम्भीर बहस भयो । यथार्थमा महिलाहरुको छुट्टै विभाग स्थापना गर्ने कुरा प्रचण्डपथको उपज हो ।
नेतृत्व र महिला
मुलत: नेतृत्व राजनितीक विचारधारकै वास्तविक रुप हुने गर्दछ । त्यसैले कम्युनिष्ट पार्टीमा नेतृत्व निर्धारण विचारधारमाथिको अधिकारले तय गर्ने गर्दछ । यो गुण निरन्तर वर्गसंघर्ष, पार्टी भित्रको अन्तरसंघर्ष र आत्मसंघर्षद्धारा विकसित हुने गर्दछ । त्यसैले वास्तविक र परीर्क्षित (Tested) नेतृत्वको विकास तीनै देशहरुमा हुन सक्छ, जहाँ वर्गसंघर्ष छ, जहाँ पार्टीभित्र स्वस्थ संघर्ष चलेको छ र जहाँ पार्टी सदस्यहरुसंग निर्वाध आन्तरिक संघर्षमार्फत सर्वोच्च रुपान्तरणको माग गरिने गरिएको छ । निश्चय नै रोजा लक्जेम्वर्ग, अलेकजान्द्रा कोलोन्ताई, क्लारा जेटकिन र च्याङ्ग चिङ्ग आ-आफ्ना देश क्रम जर्मनी, रुस र चीनकाको वर्गसंघर्ष र पार्टीको आन्तरिक संघर्षबाट खारिएर विकसित भएका थिए । महिला भएका कारणले पुरुषको तुलनामा उनीहरुले आत्मसंघर्ष भने बढि नै चलाउनुपरेको थियो होला ।
नेतृत्वको प्रश्न वस्तुगत आवश्यकतासंगै संयोगसं पनि जोडिएको छ । यी दुईविच द्बन्द्बात्मक सम्बन्धमा वस्तुगत स्थितिले नै नेतृत्व पैदा हुने परिस्थिति प्रदान गर्दछ तर कसले नेतृत्व गर्ला भन्ने कुराचाहीँ संयोगमा पनि भर पर्दछ । त्यहाँ नारी नेतृत्वको प्रश्न झनै जटिल बन्न जान्छ । क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा के देखिएको छ भने क्रान्तिको दौरानमा महिलाहरुमा आक्रोश त प्रवाहित हुने गरेको छ तर त्यस उर्जालाई स्थायी नेतृत्वमा रुपान्तरित गर्ने काम प्राय: सफलता मिल्ने गरेको छैन । यो प्रश्न बारम्बार उठ्ने गरेको छ कि आखिर कम्युनिष्ट पार्टीको नेतृत्वमा यति थोरै महिलाहरु किन छन् ? जवकि माक्सवादले नारी उत्पीडन र नारी विमर्श माथि यति गहिरो विश्लेषण प्रस्तुत गरेको छ ।प्रश्न उठ्छ कि नारी नेतृत्वको निम्ति वस्तुगत स्थितिहरु यति विकसित हुँदै गईरहेका छन् तर फेरि पनि निर्णय संयोगकै आधारमा किन हुने गर्दछ ? यसको विश्लेषण जरुरी छ ।
राजनीतिक मञ्चमा महिलाहरुको ढिलो प्रवेश
दासप्रथाको अवधिदेखि नै विशेषाधिकार सम्पन्न पुरुषहरुले राजनीतिक मुद्दामा विशेष कौशल हासिल गरेका थिए । उनीहरुले दास मात्र होइन, आफ्नै वर्गका नारीहरु समेतको मूल्यमा नेतृत्वकारी गुण विकास गरे ? यो आज पनि जारी छ । यहाँनेर एंगेल्सलाई सम्झौ । उहाँका अनुसार मातृत्वको अधिकारको अन्त संसारमा नारी जतिको हारको सूचक थियो । त्यसपछि घर पनि पुरुषको कब्जामा पर्यो र नारीहरु केवल भोगका वस्तु र नानी जन्माउने यन्त्र बन्न बाध्य भए । सम्पतिमाथि पुरुषहरुको अधिकार कायम भयो र नारीहरु शासित मात्र रहन गए । श्रम विभाजन यसरी भयो कि पुरुषले बौद्धिक काम आफ्ना निम्ति हडपिए र नारीमाथि शारीरिक काम लादियो । विस्तारै-विस्तारै पुरुष विश्लेषण र संश्लेषणसम्म पुग्यो र नारी भने घर-परिवारको काममा हराउदै गए । पुरुषले विश्व ज्ञानमाथि एकाधिकार कायम गर्यो । अनि उसले विश्वको परिभाषा मात्र गरेन त्यसलाई (विश्वलाई-अ) फेर्दै पनि आईरहेको छ । आज पनि 21 औं शताब्दीमा पनि कुवेतमा महिलाहरुले मत (भोट) दिने अधिकार पाएका छैनन् । महिलाहरुलाई सामाजिक राजनीतिक जीवनबाट बाहिर राख्ने मध्यपूर्वका सामन्ती शासकहरुलाई साम्राज्यवादी देशहरुले समर्थन गर्ने गर्दछन् । पश्चिममा पनि नारीबादीहरको चर्को होहल्ला हुँदाहँदै पनि कमै महिला मात्र राजनीतिक दलको नेतृत्व तहमा छन् । नेपालमा त सामान्ती राजतन्त्रको कारण नारीहरु जन्मदेखि नै उपेक्षित हुने गरेका छन् । यही कारणले गर्दा कम्युनिष्ट पार्टी, जो भर्खरै हुर्किएको छ, मा पनि महिलाहरु नेतृत्वमा छैनन् ।
चालु उत्पादन-प्रणाली महिलाका निम्ति अनुकलु छैन
आज समाजको आधार(Base) र अधिरचना (Superstructure) समान्यत: शोषक र विशेषगरी महिलाहरुको पुर्नउत्पादक र घरेलु श्रममाथि आधारित छ । सम्पति-सम्बन्धको सन्दर्भमा महिलाहरुलाई पुरुषको सम्पतिको पोषक र पुरुष वारिस पैदा गर्ने यन्त्र मात्र सम्झिने गरिन्छ ।सम्पूर्ण समाजिक, साँस्कृतिक, शैक्षिक र राजनीतिक व्यवस्था यसै शोषणलाई पोषण गर्ने काममा लागि परेको छ । विवाहलाई नै लिउँ-त्यो सम्पति सम्बन्धमा पुरुष वर्चस्व कायम राखिराख्ने संस्था मात्र बनेको छ । महिलाका निम्ति त त्यो संस्थाले घरेलु दासताकै जन्म दिन्छ । दु:खको कुरा कम्युनिष्टको घरमा पनि यही हुने गर्दछ । भलै अलिकम ।
नेपालमा वाम आन्दोलन मजवुत छ । त्यसमा महिला कार्यकर्ता विकसित हुने गर्दछन् । तर चाँडै नै मान्यता पाउनु संगसंगै तिनीहरु हराउँछन् । मुख्य कारण विवाह संस्था हो । यसले नै भावी नेतृत्वलाई निरन्तरताको प्रश्न उनीहरुले विहे गरेपछि वा उनीहरु आमा बनेपछि उठि नै रहने गरेको छ । यो यसकारणले हुन्छ कि नेपालमा सामन्ती पितृसत्ता पुँजीवादी पितृसत्ताको अपेक्षामा बढी जटिल भएकोले कम्युनिष्ट महिलाहरुको वैवाहिक जीवन काफी जटिल हुनसक्छ । यद्यपि निजी सम्पतिको धारणा विस्तारै विस्तारै समाप्त हुदैछ, तथापि सामन्तवादका साँस्कृतिक जराहरु विभिन्न ढंगले प्रभावित गर्दछन् । जस्तै: आवश्यकताको नाममा पारम्पारिक श्रम विभाजन । साथै आमा बन्नुपर्ने एकतर्फ बोझ पनि उनीहरु माथि नै छ । प्रत्येक नानी जन्माउनुसंगै उनीहरु घरेलु दासताको दलदलमा भासिदै जान्छन् । जनयुद्धमा संलग्न धेरै महिलाहरुको यो गुनासो छ कि नानी जन्माउनुको अर्थ हुन्छ मानौ उनीहरु माथि अनुशासनको कारबाही भएको छ, किनकि त्यसपछि लामो समयसम्म उनीहरु पार्टी गतिविधिहरुबाट टाढा रहन बाध्य हुन्छन् । यसरी धेरै आकांक्षा बोकेका महिलाहरु आफुले रोजेको कामरेडसंग विहे गरेपछि पनि विस्मृतिमा लोप हुने जोखिम मोल्न बाध्य हुन्छन् । यस्तो विशेष गरेर आधारक्षेत्रमा नफेरिइसकिएका पारस्पारिक जन्म स्थान तर्फ हुने गर्दछ । जहाँ सुत्केरी अवस्थामा जनता र पार्टीबाट विशेष सहयोग प्राप्त हुन सक्दैन । हाल रुकुम, रोल्पा आदीजस्ता आधारक्षेत्रमा अवस्था फेरिन थालेको छ । आमाहरुलाई जनता र पार्टीबाट सहयोग प्राप्त हुन थालेको छ ।महिलाहहरु माथि सन्तान विशेष गरी छोरा पाउन दबाव पर्नु सामन्ती समाजको अर्को एक पहलु हो । जनयुद्धले एक हदसम्म यसलाई निषेध गरेको छ तर पनि कमसेकम एउटा नानी जन्माउनै पर्ने दवाव कायमै छ ।
एउटा अर्को प्रवृत्ति पनि समाजमा छ त्यो हो महिलामाथि प्रत्यक्ष वा परोपक्षरुपले विहे गर्नैपर्ने दवाव दिइन्छ । किनकी अविवाहित नारीप्रति पुरुष मात्र होइन स्वयं महिला नै पनि शंकालु हुन्छन् । यसले गर्दा नचाहेको र समय भन्दा पहिले नै विहे हुने गर्दछ । यस बाहेक यौन अपराधलाई राजनीतिक अपराध भन्दा पनि गम्भीर अपराधका रुपमा लिइने गरिन्छ ।
महिलाहरुको संघर्ष पुरुषकको संघर्ष भन्दा जटिल
कम्युनिष्ट महिलाहरुका निम्ति वर्गसंघर्ष, पार्टिभित्रको अन्तरसंघर्ष र आत्मसंघर्षमा सामेल हुनु मात्र पर्याप्त हुन्न । प्राय: पार्टी भित्रको बहुमतको पक्षको हुँदा पनि उ अल्पमतमा हुन्छे । यो पितृसतात्मक संरचनाका कारण उसको आत्मसंघर्ष आफैमा मात्र सीमित रहन्न । उसले पितृसतात्मक मुल्यविधानको प्रभाव जस्तै: नियतिवाद, हिनताबोध, अपराधबोध, पीडित-उत्पीडित हुनुको बोध आदिका विरुद्ध पनि संघर्ष चलाउनुपर्दछ । अझ उ एक्लै, विधवा अथाव एक भन्दा बढी पटक विवाहित भएको भए त उसको संघर्ष अझै बढेर जान्छ । यस प्रश्नमा कोलोन्ताइले प्रशस्त दस्तावेजहरु जम्मा गरेकी छिन् । उनी स्यवं यस्ता विवाहविरुद्ध विद्रोहको सर्वोत्तम उदाहरण हुन् । उनले क्रान्तिको काममा जुट्न सकुँ भन्ने उद्देश्यले पहिलेको पति र नानीलाई त्यागेकी थिइन् । दोस्रोपटक उनले आफ्नो कम्युनिष्ट पतिलाई यसकारण त्यागिन् कि उ पनि उनीबाट परम्परागत अपेक्षाहरु गर्दथ्यो । यी विद्रोहको कारण उनले बुर्जवाहरुबाट मात्र होइन, परम्परावादी कम्युनिष्टहरुका तर्फबाट पनि कठिनाईहरुको सामना गर्नुपर्यो । यसैले त हो अनुदार कम्युनिष्टहरु भित्र उनी क्रान्तिकारी योगदान विशेषत: सर्वहारा महिलाहरुको सन्दर्भमा क्रान्तिकारी योगदानका निम्ति कम चिनिन्छन् ।बरु उनले सेक्सलाई पानीको ग्लास भन्ने गर्थिन जसलाई पिउन सजिलो र सरल हुन्छ भन्ने प्रचारका निम्ति उनले बढी चर्चा गर्ने गरिन्छ । दोस्रो उदाहरण च्याङ्ग चिङ्गको हो उनले पहिले गरेको विवाहको निम्ति उनले आलोचना हुने गर्दथ्यो र पार्टीमा पनि उनलाई राम्रो गरी स्वीकार गरिदैन्थ्यो ।माओसंग विवाहका कारण उनले बर्षौसम्म राजनीतिक अलगावमा रहेर मुल्य चुकाउनुपरेको थियो । यस्ता निर्णय दक्षिणपन्थी ल्यू शाओ चीको पालमा लिनुपरेको थियो ।
कम्युनिष्ट पार्टीमा पितृसतात्मक मुल्यहरुको अभिव्यक्ति
नारीबादी आन्दोलन बर्जुवा क्रान्तिको उपज भएकाले अक्सर कम्युनिष्ट पार्टीहरु नारीहरुको प्रश्नमा बेहद उत्तेजित हुने गर्दछन् । यसैले सिद्धान्तत: महिलामुक्तिलाई स्वीकार गर्दागर्दै पनि ती पितृसतात्मक मुल्यको सिकार बन्न पुग्दछन् ।यो कैयौं तरिकाबाट चरितार्थ हुन जान्छ । उदाहरणको निम्ति महिलाहरुलाई विश्वसनिय र बराबरका साझेदार मान्नुको सट्टा उनीहरुलाई सहयोगको भूमिकामा राख्ने गरिन्छ ।परिणाम यो हुन जान्छ कि महिलाको शोषणलाई गौण ठान्ने मुल्यमा समेत पार्टीले वर्गसंघर्षमा आवश्यकता भन्दा बढी जोड दिन पुग्दछ । यस्तो हुँदा वर्गसंघर्ष र लिंगीय संघर्षविचको द्वन्द्धात्मकसम्बन्ध ओझेलमा पर्न जान्छ । यस्ता उदाहरण भेटिन्छन् जहाँ महिला संगठन बनाउन पार्टीले विलम्ब गर्दछ, यदि संगठन छ भने पनि यसको उपेक्षा गर्दछ वा संगठन भएका ठाउँहरुमा पनि तिनीहरुलाई स्वतन्त्रता मिल्दैन । यसरी महिलाहरुको पहल र सिर्जनात्मकता विकसित हुन सक्दैन ।यसले गर्दा पार्टीमा महिलाहरुको अलगाव र पिछलग्नुपन बढ्न जान्छ । पार्टी कार्यक्रमसंग महिला संगठनको कार्यक्रमलाई ठिक ढंगले समायोजित नगर्नाले यस्तो स्थिति पैदा हुन्छ र पार्टी कार्यक्रमले अनावश्यक हाली हुने मौका पाउँदछ । महिलाहरुलाई केवल महिला सम्बन्धी कार्यमा खटाउदा पानि पार्टीभित्रको अनुदारता साफ प्रकट हुन्छ । यसले उनीहरुलाई नीतिगत र अन्य काममा भागेदारी गर्ने अवसरबाट वञ्चित राख्दछ ।
वास्तवमा यसले स्वत: स्फुर्ततालाई नै बढाउँछ । यसले गर्दा महिला सम्बन्धी मुद्दा उठ्न त उठछ तर त्यसलाई कार्यान्वयनसम्म लगिदैन र परिस्थितिमाथि निर्भर हुँदै त्यो मुद्दा शिथिलताको सिकार बन्न जान्छ । पुरुषलाई बौद्धिक र महिलालाई शारीरिक श्रम छुट्याउने पारम्पारिक श्रम विभाजनमा प्राय: पार्टीले सक्रिय हस्तक्षे गर्दैन । यो यस तरिकाले पनि अभिव्यक्ति हुन्छ कि नारी पुरुष विच निरपेक्ष समानताालाई स्विकारिन्छ र नारी विशेष स्थिति र आवश्यकता प्रति संवदेनशिलत देखिदैन । यो त्यतिबेला बढी उजागर हुन्छ, जुन बेला महिलाहरु रजस्वाल (महिनावारी) र सुत्केरी अवस्थामा हुन्छन् ।
महिला क्याडरमा आत्मगत प्रयासको कमी
दोहोरो उत्पीडनमा परेको कारण महिलाहरुले लामो संघर्ष चलाउनुपर्ने हुन्छ । तरा आत्मगत प्रयासको कमीको कारण उ विच बाटैमा हार्न पुग्दछ । उदाहरणका लागि जहाँ उसले सामन्ती मान्यताका विरुद्ध विद्रोह गरेकी हुन्छे, त्यही वर्गसंघर्ष चलाईरहने र काममा भने असफल भएकी हुन्छे । अनि जहाँ वर्गसंघर्ष चलाउन सकेकी हुन्छे, त्यही पार्टीभित्र अन्तरसंघर्ष चलाउने सवालमा भने पछि परेकी हुन्छे । अन्तरसंघर्षमा भाग नलिने अथवा ठिकसंग संघर्ष नचालउने प्रवृत्तिले विचारधारमाथि उनीहरुको पकड कमजोर बनेर जान्छ । यसरी पार्टी र आन्दोलनको दिशा तय गर्ने काम, जुन काममा उसको मुक्ति निर्भर छ, त्यही कामबाट उनीहरु वञ्चित बन्न जान्छन् । आत्मगत प्रयासको कमी कैयौ प्रकारले चरितार्थ हुने गर्दछ ।सैद्बान्तिक ज्ञानको अध्ययनप्रति गम्भीर नहुनुको परिणाम उ व्यवहारिकतावाद, अर्थवाद र संकीर्णतावादको सिकार बन्न पुग्छे । यसले गर्दा उसले पार्टीभित्रको अन्तरसंघर्षमा भाग लिन र आफ्नो वस्तुगत स्थिति फेर्न पाउँदिन ।त्यसले गर्दा पहिलेको वस्तुगत स्थितिको कारणबाट उत्पन्न प्रवृत्ति बोकिरहन उ बाध्य हुन्छे । यसरी उ परिस्थितिको सिकार बनिनै रहन्छे । यसले अनियोजित (Unplanned) मातृत्वको स्थिति पैदा हुन्छ जुन सैनिक दायित्व निभाईरहेको महिलाहरुका निम्ति ज्यादै कठिन बन्न जान्छ । यसले महिलालाई पतिको राजनीतिक लाइनको अन्धानुकरण गर्ने स्थितिमा पुर्याउँछ र उसले स्वतन्त्र राजनीतिक जीवनको विकास हुन पाउदैन । आफ्नो अधिकार माथि जोड नदिएर उ पारम्पारिक श्रम विभाजनमा अल्झिरहन्छे । यस प्रकारले उ पारम्पारिक अनुदार विचारको बाहक बनेर प्रतिक्रान्तिको बाटोतर्फ हिंडिरहेकी हुन्छे ।उसले विवाह र मातृत्वलाई आफ्नो राजनीतिक सैनिक जीवनमा एउटा ठहराव (ब्रेक) का रुपमा लिन्छे । मानौ त्यो कुनै अस्थायी काम हो। यस प्रकार उ पतिको कार्यक्षेत्रमा स्वेच्छाले सहभागी बनेर आफ्नो पहिलेको कार्यक्षेत्र छोडिदिन्छे । यसरी पटक पटक ठाउँ र काम फेर्नाले उ माथि पुरुषको अपेक्षा बढी प्रभाव पर्दछ । कुल मिलाउँदा उ भित्र एक प्रकारको हीनताबोध जन्मन्छ । जसले क्रान्तिको लागि प्रतिकुल प्रभाव पार्दछ ।
पुरुषहरुमा आफ्नो विशेषधिकार त्याग्ने इच्छाको अभाव
महिलाहरुको समस्या यो छ कि उनीहरु आफ्नो निम्ति कुनै जोड गर्दैनन् तर पुरुषका निम्ति भने पितृसत्ताद्बारा प्राप्त विशेष स्थिति त्याग्नु एउटा समस्या बनिरहन्छ । यो त्यतिबेला हुन्छ, जतिबेला पुरुषले महिलाको नेतृत्वलाई औपचारिक रुपमा त स्वीकार गर्दछ परन्तु वास्तविकतामा स्विकारेको हुँदैन। यसले पार्टी, जनमुक्ति सेना र संयुक्त मोर्चामा महिला नेतृत्व स्थापित हुन विलम्ब हुन्छ । जुन क्षेत्रको नेतृत्वबाट महिला हटेका हुन्छन् । त्यहाँ काम गर्दा उनीहरुमा देखिएको भूल र कौशलको अभावप्रति पुरुषहरु महिलाको मामिला महिलामाथि नै छोड्ने गर्दछन् । मानौ त्यससंग उनीहरु (पुरुषहरु) को कुनै सरोकार नै छैन । उनीहरु महिला सम्बन्धी साहित्य पढ्दैनन्, महिला मोर्चाको कार्यक्रम लागु गर्ने कार्यमा उत्सुकता देखाउँदेनन् । यो छद्मरुपमा त्यतिवेला प्रकट हुन्छ जति बेला महिलाहरुको सुरक्षाको बारेमा आवश्यकता भन्दा बढी चिन्ता देखाइन्छ र महिलाहरुको बौद्धिक काम उनको साटो जिम्मामा काम गरिदिने गरिन्छ ।आफ्नो विशेष सुविधा छोड्ने अनिच्छाको कारण उनीहरु पत्नीहरुले स्वतन्त्र ढंगले काम गर्न खोज्दा हतोत्साहित गर्न थाल्दछन् ।
राजनीतिक लाइन र महिला नेतृत्वको प्रश्न
कम्युनिष्ट पार्टीको सह विचारधारा र नीतिले नै नारीमा नेतृत्व क्षमताको विकास र नारी मु्क्तिको मार्ग निर्धारित गर्न सक्दछ । लेनिनको नेतृत्वमा सही लाइनकै कारण कोलोन्ताई क्लारा जेट्किन, इनेसा अरमान्द र रोजा लग्जेमवर्ग जस्ता नारी नेतृत्वको विकास हुन सकेको थियो । सही लाइनकै कारण लग्जेमवर्ग र जेट्किनले 1910 मा स्टकहोममा आयोजित प्रथम समाजबादी नारी सम्मेलनमा 8 मार्चलाई नारी दिवसका रुपमा मानाउन अवधारणालाई विकासित गर्न सके । आज यसलाई कम्युनिष्टले मात्र होइन अरुले पनि आ-आफ्नै तरिकाले मनाउने गर्दछन् ।
रोजा लग्जमवर्गले आफ्नो पुस्तक रिफर्म अर रिभोल्युनसनमा वर्नस्टाईनको पर्दाफास गरिन् र उसका (वर्नस्टाइनका) विरुद्ध संघर्ष गरिन् । यो पनि राजनीतिक लाइनकै कारण सम्भव भएको थियो । पार्टीलाई केन्द्रियता र जनवादको द्बन्द्बात्मक सम्बन्धको सन्दर्भमा बुझिएन वा देश विशेषको स्थिति हेरेर लागु गरिएन भने पार्टी भित्र नोकरशाही जन्मन्छ भनेर लेनिनलाई सावधान गर्ने साहस उनमा थियो । पहिलेका समाजवादी देशहरुमा प्रतिक्रान्ति र जनयुद्धमा संलग्न क्रान्तिकारी पार्टीहरुमा नोकरशाही विकसित भएको यसले देखाउँछ कि रोजाको चेतावनी आज पनि प्रासंगिक छ ।
यसरी नै माओको सही लाइनले साँस्कृतिक क्रान्तिलाई जन्म दियो । त्यसले नारी आक्रोशलाई अभिव्यक्ति दियो । दक्षिणपन्थी हेडक्वाटरका विरुद्ध आह्वान गर्दै ल्यू शाओ चीको आलोचना गरिएको पहिलो पोष्टर एउटी महिलाले टाँसेकी थिइन् । साँस्कृतिक क्रान्तिले नै चियाङ्ग चिङ्गमा दमित रहेको नेतृत्व गुणलाई प्रस्तफुटित हुने अवसर प्रदान गर्यो र मृत्यु (हत्या) पर्यन्त उनी पूँजीवादपन्थीहरुको विरुद्ध संघर्ष गर्न समर्थ भईन् । अर्कोतर्फ यो पनि हर्नेपर्दछ कि हेडक्वाटरमा ल्यू शाओ चीको दक्षिणपन्थी गुटको कब्जा भएको बेला नारीहरुलाई बेरोजगारी समस्या हल गर्ने नाममा घर फर्किने सल्लाह दिइयो । दक्षिणपन्थी नीति, पेरोस्त्रोइका र देङका पुँजीवादी नीतिहरुकै कारण नै नारीहरुको बजारीकरण भयो र वेश्यावृत्ति, जुवा र सौन्दर्य प्रतियोगिता जस्ता विकृतिहरु पुन: शुरु भयो ।
यसपछि हामीले विर्सन नहुने कुरा के हो भने जसरी महिला विभिन्न आर्थिक वर्गमा बाँडिएका हुन्छन्, त्यसरी नै कम्युनिष्ट महिला पनि दक्षिणपन्थी, मध्यमार्गी र क्रान्तिकारी लाइनमा विभाजित रहेका हुन्छन् । दक्षिणपन्थी र मध्यपन्थीहरुद्बारा मजदुर नारी विरोधी लाइन अख्तियार गर्नुको परिणाम महिलाहरु आफ्नै पार्टीमा विस्तारै विस्तारै किनारा लाग्दछन् । जसले क्रान्तिकारी लाइन लिन्छन्, तिनीहरुले भलै क्रान्ति गर्न नपाउन्, उनीहरु लोकप्रिय र प्रसिद्ध हुन्छन् । जस्तै रोजा लग्जमवर्ग । उनको हत्या गरिएको थियो तर यसले उनको सम्मान अझै बढायो । यसरी चीनमा चियाङ चिङले जीवनको अन्तसम्म माओको क्रान्तिकारी लाइनको रक्षा गरिन् । क्रान्तिकारी नारीहरुले आन्दोलन सदैव आक्रामक रुप अपनाउने गरेका छन् । संशोधनवादले नोकरशाहीलाई प्रश्रय दिन्छ । जसले पितृसतात्मक मुल्यलाई बढाउँछ । यसले राजनीतिमा नारीलाई नकारिदिन्छ भन्ने कुरामा सचेत राख्नुपर्दछ की नेपाल जस्ता तेस्रो दुनियाँका देशहरुमा जहाँ विभिन्नता धेरै स्पष्ट छैन, त्यहाँ पार्टीको अन्तरसंघर्षको प्रायजसो लिंगीय, जातिय र क्षेत्रिय संघर्षको रुपमा उठ्छ । यस प्रकार लिंगीय समस्या एउटा महत्वपूर्ण प्रश्नका रुपमा उठ्दछ । यसै लिंगीय प्रश्नलाई सम्झनुले अन्तत: वर्गसंघर्षलाई पनि प्रभावित पारिदिन्छ ।
व्यक्तिगत सम्पति र महिला नेतृत्वको प्रश्न
अधिकांश यो देखिन्छ कि महिलाहरु ज्वार जस्तै आन्दोलनमा उठ्छन् र संभावना सम्पन्न नेतृत्व देखापर्दछ तर क्रान्तिको विजय या पराजयको संगसंगै त्यो ज्वार र त्यसको नेतृत्व माटामा फेरिन्छ । यसको पछाडिको मुख्य कारण व्यक्तिगत सम्पतिको धारणा हो । जवसम्म व्यक्तिगत सम्पति रहन्छ महिलाहरुलाई घरपरिवारमा व्यक्तिगत सम्पतिको पोषणको लागि फिर्ता जानुपर्ने अवस्था कायम रहन्छ, चाहे जति पनि सामाजिक क्रान्तिहरु होउन् यसैले नारीका निम्ति निरन्तर क्रान्तिको धारणाको प्रासंगिकता छर्लङ्ग हुन्छ । यसैकारण क्रान्तकारी पार्टीहरुले सचेत प्रयास गर्नुपर्दछ ताकी साम्यवादकोअवस्थामा नपुगुन्जेल महिला नेतृत्वको एक उत्प्रेरक स्रोतका रुपमा काम गरिरहुन् । प्रष्टै छ महिला नेतृत्वको प्रश्नलाई संयोगको भरमा छोड्न सकिदैन । त्यसको लागि सचेत पोषण र सुरक्षाको आवश्यकता पर्दछ ।
नेपालमा महिला नेतृत्वको केही अनुभव
ने.क.पा.(माओवादी) ले क्रान्तिकारी महिला नेतृत्वको महत्वलाई महशुस गर्नुसंगै केही उत्साहप्रद अनुभवहरु आर्जेको छ ।पार्टीको सेल र एरियास्तरमा हजारौ जिल्लास्तरमा सयकडौ र क्षेत्रिय व्युरोस्तरमा दर्जनौ महिलाहरु कार्यरत छन् । मुक्ति सेनाको स्क्वायड, प्लाटुन र ब्रिगेडस्तरमा कैयौ महिला कमान्डरहरु छन् । भावी जनसरकारको संगठन समितिको रुपमा रहेको संयुक्त क्रान्तिकारी जनपरिषदमा कुल 37 मध्ये ४ सदस्य महिलाहरु छन् । प्रत्येक स्तरमा उनीहरुको सदस्यता तथा सहभागितालाई अनिवार्य बनाइएको छ ।
प्रत्येक क्षेत्रमा उनीहरुको भागिदारीलाई सुनिश्चित गर्ने अवधारणाको व्यवहारिक उदाहरणको निम्ति पश्चिम नेपाललाई लिउँ, यस क्षेत्रमा 1500 महिला इकाइहरु छन् । महिला जनसंगठनहरुमा 7 लाख सदस्यहरु छन् । सैनिक क्षेत्रलाई हेर्दा 10 सेक्सन कमाण्डर, २ प्लाटुन कमाण्डरहरु महिला रहेका छन् । त्यसरी नै बटालियन स्वास्थ्य विभागको कमाण्डर पनि महिला नै छिन् । त्यहाँ महिलाहरुको एउटा अभियान शुरु गरेका छन् । जहाँ सम्पर्क त्यहाँ संगठन , जहाँ संगठन त्यहाँ उत्पादन यसरी महिलाहरु उत्पादन कार्यमा पनि जुटिरहेका छन् । जहाँसुकै किन नहोस् सि.आई.डी., जंड्याहा, जुवाडे, व्यभिचारी आदिलाई सजाय दिने जनअदालत गठन हुँदा त्यसमा महिलाहरुको सक्रिय भागिदारी रहने गर्दछ । महिला मिलिसियाहरुले गाउँलेहरुसंग मिलेर काम गर्ने गर्दछन् । यसरी हामीले भन्न सक्छौ कि पश्चिम नेपालमा नेतृत्वको विकासको लागि वस्तुगत परिस्थिति परिपक्व हुँदै गईरहेको छ ।
बढी भन्दा बढी महिलाहरुलाई उत्पीडक र राजनीतिक रुपले अनुपयुक्त विवाहका विरुद्ध विद्रोह गर्न उत्साहित पारिन्छ । का शिल्पाकै उदाहरण लिउँ उनी पहिला गुरिल्ला स्क्वायडको कमाण्डर बनिन् , त्यसपछि विस्तारै विस्तारै जिल्लास्तरको कमिटिको सदस्य बनिन् । मई 2002 मा प्रतिक्रियावादी सेनाको साथ एक मुठभेडमा उनको हत्या भयो । तिनले क्रान्तिविरोधी आफ्नो पतिबाट पारपचुके लिएर क्रान्तिको निम्ति काम गर्ने साहस जुटाएकी थिइन् ।हिन्दु परम्पराद्बारा निर्मित विधवा विवाहको चलन बढ्दै गएको छ । क्रान्तिको बाटो नछाडिकन पुनर्विवाह गर्ने विधवालाई पनि क्रान्तिकारी परिवारको रुपमा परिभाषित गर्ने गरिन्छ । यसले गर्दा सैनिकका विधवाहरुले विना अपराधबोध नयाँ विवाह गर्ने अवसर पाएका छन् । जेल तोडेर निस्कने महिला टोलीको नेता क. शिलुकै उदाहरण लिउँ । उनी पोलिटव्युरो सदस्य शहिद कमरेड वासुरको सुरक्षा गर्दागर्दै शहादत प्राप्त गर्ने कमाण्डर भीसेन पोखरेलकी पत्नी हुन् । पतिको शहादतपछि उनले मर्यादित ढंगले नयाँ विवाह गरिन् । यस्ता उदाहरण छन् जहाँ पति पत्नी थिए र दाङ्ग व्यारेक आक्रमण गर्दा उनीहरु एकसाथ शहिद भए । सतवरिया व्यारेक आक्रमणमा एक महिला राजनीतिक कमिसारको नेतृत्वमा भएको थियो । संकटकाल लागेपछि धेरै पति पत्नी र छोराछोीहरुको शहादत भएको छ । यसबाट थाहा हुन्छ कि परिवारको कति राजनीतिकरण भएको छ ।
उपसंहार
उपर्युक्त प्रस्तुतीबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि कम्यनिष्ट पार्टी भित्र नारी नेतृत्वको रणनीति महत्व छ किनकी उनीहरु विश्वसनिय तथा जनाधार सम्पन्न र लामो समयसम्म टिकाउ हुन्छन् । यसले कम्युनिष्ट आन्दोलनलाई नयाँ जनवादी क्रान्तिबाट समाजवादसम्म र निजी सम्पती विहिन साम्यवादसम्म पुर्याउन मद्दत गर्नेछ, जहाँ महिलाहरुको पूर्ण मुक्ति निश्चित हुनेछ । इनेसा अरमाण्डले ठिकै भनेकि छिन् कि जसरी साम्यवादमा नपुगी नारीको मुक्तिको बारेमा सोच्न सकिन्न त्यसरी नै नारीको पूर्ण मुक्तिविना साम्यवादको परिकल्पना नै गर्न सकिन्न । नारीहरु उत्पनक सिकार भएकाले विद्रोहको अधिकारी, साँस्कृतिक क्रान्ति निरन्तर क्रान्ति, समग्र क्रान्ति र जनआधारित राजनीति आदिले उनीहरुको सन्दर्भमा भारी महत्व राख्दछ । दोहोरो शोषणको मारमा परेकाले र संशोधनवादी वामपार्टी लगायत सत्ताधारीहरुले समानता प्रदान गर्ने भनी बारम्बार ढाँटेकाले प्रतिक्रान्ति र संशोधनवादप्रति उनीहरु हमेशा चनाखो रहन्छन् । किनभने उनीहरुले रुस र चीनमा त्यहाँका पार्टीले पूँजीवादी बाटो समाउनुसंगै नारीहरुले पहिले प्राप्त गरेका अधिकारहरु धमाधम खोसिएको कुरा स्पष्ट देखेका छन् ।
निरन्तर शुद्धीकरण अभियान मार्फत पितृसतात्मक मुल्यहरुमाथि अंकुश लगाइएन भने पार्टीमा नोकरशाही हुर्कन्छ भन्ने विषयमा कम्युनिष्टहरु सधै सचेत रहनुपर्दछ । त्यसले पार्टीलाई जनताबाट कटाउदै लैजाने छ । जव पार्टी स्वयं नै लक्ष्य बन्न जान्छ तव पार्टी आफ्नै अस्तित्वको हित साधन गर्नमा सीमित रहन पुग्छ र यसबाट संशोधनवादन मजबुत बन्दछ । त्यसपछि वर्ग र लिंगको परिप्रेक्ष्य समाप्त हुन्छ । कम्युनिष्ट आन्दोलन फुल्न र फल्न रोजा लग्जमवर्ग र क्लारा जेट्किन जस्ता केही महिला नेताहरु मात्र पर्याप्त हुन्न बरु क्रु्प्सकाया र चियाङ चिङ जस्ता महिला कम्युनिष्ट सहधर्मणीहरुको पनि त्यति नै जरुरी हुन्छ । उनीहरु आ-आफ्न क्षेत्रमा नेता थिए र आफ्ना पतिहरुको पक्षमा दह्रोसंग उभिएका थिए । उनीहरु आफ्नो पतिहरुलाई आराम र साथ दिनमा मात्र सिमित रहेनन् बरु पार्टी भित्रको दुई लाइन संघर्षमा पनि सक्रियतापूर्वक सहभागी बने ।हामीलाई जेनी माक्स जस्ती महिलाको पनि आवश्यकता छ, जो निजी र राजनीतिक अप्ठेरा कालहरुमा पतिको साथमा चट्टान बनेर उभिइन र सक्दो सहयो गरिन । किनकी, क्रान्तिको उपलब्धीलाई बचाउन र विकसित गर्न हामीलाई क्रान्तिकारी महिला नेतृत्वको जति जरुरी छ त्यति नै जरुरी छ पुरुष नेतृत्वाई जोगाईराख्न । हामीले यो बिर्सन हुन्न कि माक्स, एंगेल्स, अगस्त बेबेल, लेनिन र माओ जस्ता पुरुषहरुले नारी उत्पीडनको गम्भीर विश्लेषण गरेका छन् र मुक्तिको बाटो देखाएका छन् ।यो विषयप्रति पनि ध्यान दिन जरुरी छ कि सर्वहारा जनशक्तिको प्रत्येक उपलब्धि नारी शक्तिको निम्ती पनि उपलब्धी नै हुन्छ भन्ने कुरा कम्युनिष्ट नारीहरुलाई थाहा भए झै पुरुष क्रान्तिकारीहरुले थाहा पाउनु पर्दछ कि क्रान्ति र त्यसको उपलब्धिको रक्षा तव मात्र हुनसक्दछ जव बढि भन्दा बढी महिलाहरु त्यो आन्दोलनमा सामेल हुन्छन् र नेतृत्व प्रदान गर्दछन् । यसरी नै जसरी सर्वहारा आन्दोलनलाई ती सबैको सहयोग चाहिन्छ, जसले आफ्नै वर्गका विरुद्ध विद्रोह गरेका छन् त्यसरी नै सर्वहारा नारी आन्दोलनलाई पनि ती सबैको सहयोग चाहिन्छ जसले केवल वर्गको विरुद्ध मात्र होइन आफ्नो एकनास यौनवादी दृष्टीकोणका विरुद्ध समेत विद्रोह गरेका छन् । यसैले क्रान्तिकारी नारी र पुरुष विचको संश्रय इच्छित मात्र नभएर ऐतिहासिक आवश्कता पनि हो । कम्युनिष्ट महिला नेतृत्वको विकासका निम्ति यो झनै आवश्यक छ ।र अन्तमा माओको यो भनाई दह्रोसंग ग्रहण गर्नु जरुरी छ “असन्तुष्ट रहु, दुनियाँ असन्तुष्टहरुकै हो।“ यो क्रान्तिकारी नारी नेतृत्वका निम्ति अझ बेसी जरुर छ किनकी उनलाई वर्गसंघर्ष, पार्टिभित्रको अन्तरसंघर्ष र आत्मसंघर्षको धेरै लामो र अत्यन्त जटिल बाटो पार गर्नुपर्दछ ।
“द वर्कर” जनवरी 2003 बाट
सभार