नेपाल इन्जिनियर्स एसोसिएसनका २८ औं कार्यकारिणी परिषद्को निर्वाचन बुधबार हुँदैछ । प्रत्येक द्द वर्षमा हुने निर्वाचनमा यसपालि एकातिर लोकतान्त्रिक र अर्कोतिर संयुक्त रूपमा गणतान्त्रिक र प्रगतिशील प्यानलबाट इन्जिनियरहरू प्रतिस्पर्धा गर्दैछन् । यतिखेर इन्जिनियरहको ध्यान नेपालमा बन्ने संविधानमा आफ्नो भूमिका, अधिकार कसरी सुनिश्चित गर्नेतिर केन्द्रित छ । एउटा पक्षले लोकतन्त्र, पेसागत स्वतन्त्रतातिर जोड दिएको छ भने अर्को पक्षले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसरी सुदृढ,
समावेशी, सामाजिक एवं आर्थिक विकासमा पूर्वाधारहरूको निर्माण गर्ने भन्नेतिर जोड दिएको देखिन्छ । राजनीति र प्रविधि (त्यसमा पनि विशेषगरी इन्जिनियरहरू) बीचको सम्बन्ध के छ ? राजनीति भनेको लक्ष्य, आदर्श हो भने प्रविधि भनको साधन, आदशर्ल ाई भौतिक अस्तित्वमा ल्याउन यन्त्र हो । राजनीतिज्ञलाई इन्जिनियर किन चाहिन्छ ? जवाफ सिधा छ – आफ्नो नीतिलाई भौतिक रूपमा साकार गरी जनतालाई सेवा गर्न इन्जिनियरलाई आफ्नो ज्ञान, सीप, योजनालाई आर्थिक-सामाजिक रूपमा साकार गर्न चाहिने इच्छाशक्ति, कार्यकारी अधिकार राजनीतिज्ञमार्पmत पाउँछ । अहिले नयाँ नेपाल निर्माण गर्ने कुरा चलिरहेको छ । त्यो भनेको राज्य पुनःसंरचना गर्ने हो ः एकात्मक राज्यलाई संघीय संरचनामा लग्ने कुरा हो । यी सबै प्रक्रियामा इन्जिनियरहरूको भूमिका खोज्ने हो । संघीय प्रणालीमा जाँदा कसरी जातीय, क्षेतीय स्व्शासित प्रदेश बनाउनका लागि भौतिक पूर्वाधार तयार पार्नेतिर इन्जिनियर वर्ग सचेत हुनुपर्छ । सिंगो राष्ट्रलाई बलियो बनाउने तथा स्वशासित प्रदेशलाई एकताबद्ध बनाउने गरी केन्दिय्र सडक, हवाई, सञ्चार बनाउनेतिर ध्यान जानुपर्छ ।
त्यस्तै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न कसरी प्राकृतिक स्रोत-साधन, विकासको पहुँच आदिलाई जनतामा समावेशी र समानुपातिक ढंगले पुर्याउने भन्नेतिर भौतिक पूर्वाधारको सञ्जाल बनाउनुपर्छ । कसरी अल्पविकास र निरपेक्ष गरिबीबाट देशलाई बचाउने ? कसरी निर्वाहमुखी कृषि उत्पादन प्रणालीबाट उत्पादनमूलक औधोगिक प्रणालीमा रूपान्तरण गर्ने ? कसरी अनुत्पादक श्रमिकलाई उत्पादक श्रमिकमा बदल्ने ? कसरी ग्रामिणीकरणलाई सहरीकरणतिर लग्ने ? कसरी उपभोग्य अर्थतन्त्रलाई उत्पादन अर्थतन्त्रतिर रूपान्तरण गर्ने ? कसरी सीमित साधन-स्रोतमार्पmत बढीभन्दा बढी परिणाम निकाल्ने, जनतालाई राहत दिने यी तमाम विषयतर्पm ध्यान जानुपर्छ । परनिर्भरबाट आत्मनिर्भर बनाउनमा इन्जिनियरहरूको भूमिका कस्तो हुनुपर्छ ? कसरी भारत र चीनको दु्रत विकासबाट नेपाललाई फाइदा ल्याउने पूर्वाधार तयार गर्ने ? राष्ट्रिय महत्व भएका ठूलठूला प्राविधिक प्रोजेक्टहरू समावेशी बनाउनतिर ध्यान दिनुपर्छ । हामी प्राक-पुँजीवादको चरणमा छौं । अर्थात् यो देशलाई कसरी अर्ध-सामन्ती, अर्ध-उपनिवेशबाट राष्ट्रिय पुँजीवाद, स्वतन्त्र देश बनाउन इन्जिनियरहरूको ध्यान जानुपर्छ ।
इन्जिनियरहरूको विशेषता भनेको भौगोलिक चूनौतीलाई सम्भावनामा बदल्ने हो । सायद विश्वमा सबैभन्दा ठूलो भौगोलिक चुनौती नेपालमा छ होला । किनकि विश्वका दस अग्ला हिमालयमध्ये आठवटा त यहीं छ । करिब सानादेखि ठूला नदीहरू चार हजारको हाराहारीमा छ । त्यसमाथि या देश भू-परिवेष्टित छ । यदि इन्जिनियरहरूले पोटेन्सियल इनर्जीलाई काइनेटिक इनर्जीमा रूपान्तरण गरी बिजुली निकाल्नसके भने राजनीतिक ऊर्जामा धनी देशलाई आर्थिक ऊर्जामा रूपान्तरण गर्न मद्दत पुर्याउन सकिन्छ । अग्ला हिमालय र होचा नदीनालालाई साहसिक पर्यटन व्यवसायमा रूपान्तरण गर्न सकिन्छ ।
एकातिर अविकसित देशहरूमा राजनीतिक ऊर्जालाई प्राविधिक ऊर्जामार्फत त्यहाँ आर्थिक क्रान्ति चलाउन जरुरी छ भने प्राविधिक रूपमा धनी देशहरूको विकासलाई दिगो बनाउनका लागि, समावेशी बनाउनका लागि त्यहाँ सामाजिक क्रान्ति चाहिएको छ । यसरी यो पृथ्वीलाई दु्रत वातावरण परिवर्तनको जोखिमबाट जोगाउनका लागि कतै आथिर्क क्रान्ति चाहिन्छ । त्यसलाई पृथक-पृथक रूपमा होइन, समग्र प्याकेजमा बुझ्नुपर्छ । जस्तै कार्बन व्यापारको कुरा नेपालमा जसरी आइरहेको छ, त्यसलाई एउटा कोणबाट हेर्दा विश्वलाई प्रदुषणमुक्त गर्नका लागि ल्याएको जस्तो देखिन्छ । तर अर्को कोणबाट त्यो हाम्रोजस्तो तेस्रो देशमा औधोगिकीकरण रोक्नका लागि ल्याइएको त होइन ? भनेर पनि बुझ्नुपर्छ । अर्थात् कार्बन व्यापारको अवधारणाले मात्र पुग्दैन, त्यहाँ धनी देशहरूको सामाजिक दायित्वको प्याकेजसँगै बुझ्नुपर्छ । दु्रतगतिमा भू- मण्डलीकरण हुँदै गएको यो भूगोललाई कसरी राजनीतिक, आर्थिक र सामाजिक रूपमा दिगोपना ल्याउनतिर नेता र प्राविधिकको ध्यान केन्द्रित हुनुपर्छ ।
नेपाल जो दुई अति शक्तिशाली राजनीतिक, आर्थिक र भूगोल, जनसंख्या दृष्टिकोणले धनी भारत र चीनको बीचमा छ । यदि यहाँभित्रको ब̊न्ब̊लाई समयमा तार्किक निष्कर्षमा पुर्याइएन भने अब वर्गीय ब̊न्ब̊मात्र नभएर एकैसाथ क्षेत्रीय, जातीय र धार्मिक ब̊न्ब̊ बल्झिनेछ । जसरी दोस्रो विश्वयुद्ध युरोपको सानो देश अष्ट्रियाको सानो झिल्कोबाट सुरु भयो, त्यस्तै अब आउने तेस्रो विश्वयुद्ध यहाँको सानो झिल्कोबाट सुरु हुन सक्छ । कतै नेपालको सडक निर्माणका लागि राखेको जिलेटिन भारत र चीनको न्युक्लियर आरसेनलहरूमा पुग्ने त होइन ? बुझ्नुपर्ने कुरा के हो भने पहिलो र दोस्रो युद्धको इतिहास लेख्नेगरी त मानिस बाँकी रहे, तर अब आउने तेस्रो विश्वयुद्धले कतै इतिहास लेख्ने मान्छे नै नरहने गरी विश्व सर्वनाश हुने त होइन ? तसर्थ राजनेताहरू, प्राविधिकहरू, यो देश बचाउनु भनेको विश्व बचाउनु हो । यो ऐतिहासिक दायित्व निर्वाह गर्न अब इन्जिनियरहरूले नयाँ दिगो नेपाल वा पुरानो फुसफुसे नेपालको जग बनाउने हो सोच्ने बेला यही हो ।