Posted on

-हिसिला यमि

हो हजूर मेरो नाम दोहोरो हो ।

माईतमा एउटा नाम पोइकहॉ अर्को

दोहोरो छ मेरो पहिचान, तर खोई मेरो नाम?

हो हजूर मेरो नाम दोहोरो हो।

एउटा घर माईततिर अर्को पोइतिर

डब्बल छ मेरो बसाइ तर किन दुबैतिर पराइ?

हो हजूर मेरो नाम दोहोरो हो।

घर भित्र काम गर्छु, घर बाहिर काम गर्छु

दोहोरो छ मेरो काम तर खोइ मेरो सान?

हो हजूर मेरो नाम दोहोरो हो।

एउता मेरो नैतिकता, अर्को मेरो पोइको

दोहोरो नैतिकताको भार किन बोक्ने बारंबार ?

हो हजूर मेरो नाम दोहोरो हो।

एक त मेरो कमाई खोसिन्छ त्यस माथि रक्सी खाई झोकिन्छ!

दोहोरो ऋणी भई कतिन्जेल बस्ने म मरी-मरी?

हो हजूर मेरो नाम दोहोरो हो।

एकातिर अत्याचार अर्को तिर बलात्कार

उल्टै किन मलाई तिरस्कार?

हो हजूर मेरो नाम दोहोरो हो।

समाज छ सार्है लुच्चा, मै माथी थुपार्छ छुच्चा

यो दोहेरो बोझ कसरी बोक्ने म रोज रोज?

हो हजूर मेरो नाम दोहोरो हो।

लाग्नु छ जनयुद्धमा, डट्नु छ गृहयुद्धमा

मर्नु छ एकबार, किन मर्ने म बारंबार?

(Date?)

Leave a Reply

Your email address will not be published. Required fields are marked *