-हिसिला यमि
विश्वभरका कम्युनिष्ट पार्टीभित्र विभिन्न विषय र परिवेशमा अन्तरसङघर्ष अत्यन्तै पेचिलो ढङगले हुने गरेको पाइन्छ । चाहे त्यो चीनको क्रान्ति होस्, चाहे रूसको वा जर्मनको नै किन नहोस् । दुईलाइन सङ्घर्षका बेला महिलाहरुले पार्टीलाई वैज्ञानिक र सर्वहाराकृत बनाउनका लागि हुने बहसहरुमा सक्रिय सहभागिता जनाएको पाइन्छ । सापेक्षता र निरपेक्षताको सही मूल्याङ्कन गर्दै पुरूष र महिलाबीचको अन्तरसङ्घर्ष र समग्र वैचारिक सङघर्षमा सधै सत्यको पछि लागेको पाइन्छ ।
रूस, चीन र जर्मनका कम्युनिस्ट पार्टीभित्र पनि विभिन्न समयमा अन्तरसङ्घर्ष चर्किएको पाइन्छ । ती देशका कम्युनिस्ट पार्टिभित्र पनि थुप्रै महिलाहरु थिए । पार्टीभित्रको अन्तरसङ्घर्षमा प्रत्यक्ष भाग लिई तार्किक बहस गर्ने महिला हुन् जर्मनीकी रोजा लक्जम्बर्ग । उनले आत्मनिर्णय र आन्तरिक जनवादको अधिकारका पक्षमा बहस गरेकी थिइन् । रोजाले आत्मनिर्णय र आन्तरिक जनवादको विषयलाई लिएर लेनिनको अति केन्द्रियताका विरुद्ध कडा आलोचना गरेकी थिइन् । यस्तै राष्ट्रियताको प्रश्नमा पनि उनले आफ्ना कुराहरु जोडदार ढंगले राख्ने गर्थिन् ।
रोजाले जातीय हिसाबले चेतनालाई साँघुरो बनाउने हुनाले वर्गीय प्रश्नलाई जोड दिएर सङ्घीयतामा जानुपर्ने मत राखेकी थिइन् । जातीय प्रश्नभन्दा वर्गीय प्रश्न प्रमुख भएको भन्दै पछाडि नहटेर सङघर्ष गरिरहिन् । जब चीनमा सांस्कृतिक क्रान्तिको सुरुआत भयो त्यससँगै उनी पनि सार्वजनिक हिसाबले राजनीतिमा प्रवेश गरेकी हुन् । त्यसभन्दा अगाडि उनलाई सार्वजनिक कार्यक्रमहरुमा भाग लिनबाट रोक लगाइएको थियो । च्याङचिङको प्रत्यक्ष लडाइँ देङ स्याओ पिङ र लिउ सानो चीसँग परेको थियो । विशेषगरी सांस्कृतिक क्षेत्रमा देड र लिउले ल्याएको बुर्जुवा संस्कृतिका विरुद्ध सर्वहारा संस्कृतिलाई स्थापित गर्नुपर्छ भन्दै उनी अगाडि आएकी थिइन् । माओको निधनपछि च्याङचिङले माओको विचारलाई दह्रोसँग आत्मसात गर्दै अगाडि बढिन् । उनले सही विचारको वकालत गर्दै पार्टीभित्र चलेको दुईलाइन सङ्घर्षमा कहीँ पनि आत्मसमर्पण गरेको पाइँदैन ।
यो त भयो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेका अन्तरसङ्घर्ष र महिलाहरुको सहभागिता। अब नेपाली कम्युनिस्ट आन्दोलनभित्रको कुरा गरौ । नेपालको कम्युनिस्ट पार्टीभित्र पनि ठूल्ठूला अन्तरसङ्घर्षहरु भएका छन् । यस्तै हाम्रो पार्टी माओवादीभित्र पनि युद्धको बेला अति केन्द्रीयताका विरुद्ध बाबुराम भट्टराईले पेश गरेको १३ र १४ बुँदे प्रस्ताव हिसिलाले उक्साएर गरेको भन्दै मलाई पनि कारबाही गरिएको थियो । यो कुरामा म सहमत थिइन् । किनभने म माथि विचारको आधारमा कारवाही गरिएको थिएन । मुख्यतः पार्टीको मुख्य नेतृत्व राजनीतिक नभएकोले महिलालाई न्यूनिकरण गर्नको लागि कारवाही गरिएको थियो । अहिले पनि पार्टी सरकारमा छ ।
नेतृत्वलाई सजक बनाउने काम गर्दथिन् । उनी विचारको लडाइमा लेनिनसग प्रत्यक्ष रूपमा तकर गर्न सक्ने क्षमता राख्दथिन् । लेनिनको कार्यासैतिको विषयमा कुरा उठाउने हिम्मत पहिलोपटक रोजाले गरेकी थिइन् । त्यसैगरी रूसकी अलेक्जेन्डा कोलोन्ताइको पनि अन्तरसङ्घर्षको बेला आफ्ना विचारहरू राख्न नडराउने एक जुझारू महिला हुन। धनी र शिक्षित ‘परिवारबाट आएकी उनले आन्तरिक जनवाद र महिला पुरूषबीचको सम्बन्धलाई लिएर पार्टीभित्र ठूलै बहस चलाएकी थिइन् ।
युरोपमै पहिलो महिला मन्त्री बनिसकेकी कोलोन्ताइलाई पार्टीभित्र अन्तरसङ्घर्ष चलिरहेको बेला नर्वेको राजदूत बनाएर पठाइयो । त्यसो गर्नुको पछाडि उनलाई राजनीतिबाट कटाउनु थियो ।
यसैगरी चीनमा च्याङचिङले पनि थुप्रै अन्तरसङ्घर्षका पीडाहरु झेल्नुपरेको थियो । माओसँग विवाह गर्नु अगाडि राजनीतिमा आउनबाट रोक्नका लागि त्यहाँको कम्युनिष्ट पार्टीले विभिन्न सर्तहरु तेर्स्याएका थिए। तर पनि च्याङचिङले बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्छ तर बाबुरामलाई भन्दा बढी मलाई अत्यन्तै तल झरेर गालीगलौज गर्ने गरेको विभिन्न पत्रपत्रिकामार्फत् आउने गरेको छ । मसँग सम्बन्धित नभएका कुराहरुलाई पनि मसँग जोडेर ल्याउने गरिएको छ । यसो गर्नुको पछाडि राजनीतिक कारण छ। राजनीतिबाट विचलित गराउन र नेतृत्वबाट बाइकट गराउनका लागि मलाई तारो बनाइएको छ । अनावश्यक रुपमा आर्थिक कुरासँग जोडेर हतोत्सायी गर्न खोजिएको छ । तर, मलाई यी कुराहरुले अझै बलियो बनाएको छ । राजनीतिमा अझ मजबुत ढङ्गले अगाडि आउन प्रेरित गरेको छ । पार्टीभित्र चलेको अन्तरसङ्घर्षको फाइदा उठाउँदै प्रतिक्रियावादी खेमाका कतिपय मान्छेहरूले राजनीतिबाट चिप्लाउनका लागि कपोकल्पित ढङ्गले ‘कू’ प्रचार गर्ने गरिएको छ । प्रतिगामीहरूको कुराबाट साथीहरु कहिलेकहीं तरङ्गीत हुने गरेको पाइन्छ । अहिले बजारमा मेरो चर्चा खुबै छ ।
अहिले मात्र होइन, युद्धको बेला पनि अन्तरसङ्घर्ष निकै पेचिलो हुने गर्दथ्यो । त्यो बेला पार्टीभित्र देखिएको अति केन्द्रियता विरूद्ध सङ्घर्ष गर्दा मैले ठूलै मूल्य चुकाउनु परेको थियो रोल्पाको फुन्टिबाङ बैठकमा बसेको केन्द्रीय समिति बैठकमा बेसरी रोएको थिएँ । पार्टी र क्रान्तिका लागि हामी मरिमेटेर लागेका थियौ तर हामीलाई नै किन बारम्बार खेदिँदै छ ? सधैभरी अन्तरसङ्घर्षको केन्द्र प्रचण्ड भर्सेज बाबुराम हुन आउँथ्यो । सबै साथीहरु हामीमाथि खनिन्थे । त्यसपछि लाभाङ बैठकले हामीलाई कारबाही गन्यो । तर, मलाई त्यसबेला भने कुनै चिन्ता लागेन । हाँसीहाँसी म बैठकबाट बाहिरिएँ । फुन्टिबाङमा रोएको र लाभाङमा हाँसेको कुरालाई अलि बढी खोतले । फुन्टिबाङमा भावुक भएको थिए किनकी त्यसबेला मलाई किन यस्तो भयो भन्ने कुरा म र हामीलाई प्रधान बनाएर सोचे । फुन्टिवाङमा रूनबाट रोक्न खोज्दाखोज्दै पनि रोएँ । तर, फेरि त्यही विषयलाई नै लाभाङ आउँदा राजनीतिक रूपमा लिएँ र त्यही रुपमा व्याख्या गरें । यसलाई मैले विचारको लडाइँको रुपमा लिएँ र त्यसरी नै बुझै । वास्तवमा आलोचना गर्दा रोएकी म विचारकै आधारमा कारबाही गर्दा हाँसेकी थिए। म कारबाहीपछि किन हाँसेभन्दा वास्तवमा मैले अन्तरसङ्घर्षको प्रवृत्तिलाई बुझेको थिइनँ । तर, मैले अन्तरसङ्घर्षमा सङ्घर्ष गर्दैजाँदा धेरै कुरा बुझै । फेरि त्यहाँ विचारको सङ्घर्ष कम र अन्यखाले सङ्घर्ष बढी भएको पाए । त्यसकारण अन्तरसङ्घर्षमा कम्युनिष्ट पार्टीहरु किन फेलियर हुन्छन् भन्ने कुराको अनुभूत गरें । अन्तरसङ्घर्ष वैचारिक धरातलमा नहुने हुँदा पनि विभिन्न देशका कम्युनिस्ट पार्टीहरु टुक्राटुक्रा भएका इतिहास छन् । कम्युनिस्ट पार्टीभित्र विचारको लडाइँमा विधिले निषेध गर्ने गरेको पाइन्छ । आन्तरिक जनवाद नपाएकै कारण कम्युनिस्ट पार्टीभित्र अन्तरसङ्घर्ष चर्किने गरेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कम्युनिस्ट पार्टीभित्र समाजमा देखिने हरेक विम्ब प्रतिविम्बहरुको अवशेषविरूद्ध सङ्घर्ष गर्नुपरेको छ । बाबुरामलाई १३ र ४ बुँदे फरक मत पेश गरेकै कारण कारबाही गरियो भने मलाई उहाँको श्रीमती भएकै कारण एक्काइसौ शताब्दीको सती पठाउने काम गरियो । त्यहाँ मलाई कारबाही गर्ने कुनै आधार थिएन । तर पनि ममाथि बाबुरामलाई उकासेको आरोप लगाई कारबाही गरियो । कारबाहीको बेला मैले अध्ययनलाई अलि बढाएँ । त्यसले मलाई वैचारिक रुपमा माथि उठाउन मद्दत गरेछ । जुन कुरा म चुनबाङ बैठकमा बोल्दा साथीहरुले मलाई गहन कुरा उठाएको बताएका थिए ।
बाबुरामलाई जुन कुरामा कारबाही गरिएको थियो । पछि फेरि चुनबाङ बैठकसम्म आउँदा उहाँले उठाएको विषय नै पार्टीको आधिकारी कार्यनीति बन्यो । त्यसपछि शान्ति र संविधानको बाटो हुँदै पार्टी अगाडि बढ्ने कार्यदिशा तय भयो । कारबाहीलाई मैले विचारको द्वन्द्ववादका रुपमा लिएँ ।
विचारमा महिलाहरु छलफल गर्दैनन् भन्ने कुरालाई तोड्दै मैले काठमाडौको भृकुटी मण्डपमा पार्टीले आयोजना गरेको प्रशिक्षणमा वैचारिक बहस गर्नका लागि समय माग गरेकी थिएँ तर मलाई समय दिइएन । त्यसपछि मैले साथीहरूसहित त्यही विद्रोह गरें र आन्तरिक जनवाद जिन्दावाद भन्दै बाहिर निस्किएँ । त्यसपछि मलाई धेरै कार्यकर्ताहरुले साथ दिएर प्रशिक्षण हलबाट बाहिर निस्किएँ ।
पार्टीमा अन्तरसङ्घर्ष चर्किएको बेला आन्तरिक जनवादको विषयलाई उठाएर बोल्नु चानचुन कुरा थिएन । पुरूष-पुरूष बीचमा अन्तरसङ्घर्ष रबरको फुटबलको हिसाबले हुन्छ भने महिला-महिलाबीचको अन्तरसङ्घर्ष काँचको बलजस्तो हुन्छ । पुरूष-पुरूषबीच हुने अन्तरसङ्घर्ष विचारको आधारमा हुन्छ भने महिला-महिलाबीच हुने विचारको संघर्ष फरक मत राख्ने वित्तिकै व्यक्तिमा परिणत हुन जान्छ । त्यसकारण पनि महिलाहरुबीच वैचारिक अन्तरसङ्घर्ष एकदमै कम हुने गरेको पाइन्छ । तर पनि मैले सही विचारलाई आत्मसात गर्दै पहिलोपटक हलमै विद्रोह गरेको थिएँ । समय परिवेशअनुसार पार्टीलाई वैज्ञानिक विचारबाट लेस बनाउनका लागि अन्तरसङ्घर्षमा पनि महत्वपूर्ण भूमिका रहेको छ ।