• अहिलेको यो सातौ महाधिवेशनलाई किन एकताको महाधिवेशन भनिएको हो ? र, महिलाको सन्दर्भमा यसका विशेषता के छन् ?
२१ वर्षपछि हुन लागेको यो महाधिवे शनको विशिष्ट महत्व छ । यो र राष्ट्रिय महाधिवेशन बाह्य राजनै तिक द्वन्द्वको पृष्ठभूमिका अतिरि क्त जनयुद्धका उपलब्धिहरु गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, आदि कुराहरुलाई वुर्जुवा देख्ने र निषेध गने एउटा विचारका विरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति सन्तुलनका आधार मा ठोस परिस्थितिको ठोस विश्ले षण गरेर अघि बढ्नुपर्छ भन्ने अको विचार मध्ये कुन सही र कुन गलत भन्ने कुराको छिनोफानो गर्ने भएको ले पनि यो महाधिवेशन महत्वपूर्ण छ । हाम्रो पार्टीमा धेरै कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएर आएका छन् । त्यो कारणले पनि यसलाई एकताको महाधिवेशन भनिएको हो ।
०४८ सालको महाधिवेशनले सैद्धान्तिक रुपमा जनयुद्धमा जाने निर्णय पारित गरेको थियो । यसलाई केहीले हल्का ढङ्गले लिने र क्रान्तिकारी पंक्तिले यसलाई catalyst को रुपमा प्रयोग गर्ने काम भयो । र, २०५२ सालमा हाम्रो पार्टी तत्कालीन ने क पा (माओ वादी) को नेतृत्वमा भएको दश वर्षे जनयुद्धमा महिलाको उभार अनपे क्षित ढंगले बढेर अयो । उनीहरुको चेतना स्तरमा वृद्धि, सामन्तवादी जीवन प्रणालीबाट सामूहिक जीवन प्रणालीमा रुपान्तरण हुन हुन पुग्यो । महिलाहरुको व्यक्तिगत क्षमतालाई प्रस्फुटन हुन नदिने सामन्तवादी संस्कृतिले महिलाहरु कुण्ठित थिए। जनयुद्धले महिलाको अवस्था निजी भान्छाबाट सर्वव्यापी राजनैतिक उद्दे श्य प्राप्तिको लागि सामूहिक जीवन प्रणालीमा बदलिदियो । महिलाको विषय आफैं पनि पहिचानको विषय बनेको छ, पार्टी भित्र पनि सोही अवस्था छ। महिलाहरुको त्याग र तपस्या अनि बलिदानको संरक्षण खोई ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । हिजो उच्च त्याग र बलिदान गर्ने महिलाहरुको अवस्था झन् विकराल बनिराखेको छ। उनीहरुलाई राजनैतिक र वैचारिक रुपले नै रक्षा गर्नुपर्ने अवस्था सृजना भएको छ। त्यसैले यी समग्र विषयमा गहन छलफल हुने भएकाले सो अर्थमा यो सातौं महाधिवेशन महत्वपूर्ण छ ।
क. प्रचण्ड, क. बाबुराम र क. नारायणकाजी श्रेष्ठ पक्षधरहरुलाई निश्चित सङ्ख्यामा महाधिवेशनमा पठाउने भन्ने चर्चा छ नि ? किन त्यसो गर्नुपर्यो ?
हाम्रो पार्टीबाट एउटा समूह (किरण) चोइटिएर गएको अवस्थामा यो महाधिवेशन एकताको महाधिवे शन बन्न पुग्यो । दुई लाइन संघर्ष चर्केको अवस्थामा त्यसलाई व्यवस्थित गर्ने सवालमा अधिकतम जनवादको अभ्यास हाम्रो पार्टीमा हुनपुग्यो । उनीहरु पार्टीबाट अलग भइसकेपछि आन्तरिक चुनाव गरेर जानुपर्ने अवस्था पनि छैन। त्यसैले यस्तो गर्नु परेको हो। कम्युनिष्ट पार्टीमा प्रायः स्वच्छन्द खाले प्रजातन्त्र होईन निर्देशित (guided democracy) खालको हुन्छ । यो महाधिवे शनमा विचार को एकता हुनेछ, कसैको हारजीत वा एक नम्बर दुई नम्बरको कुरा होईन । यो एक प्रकारले विचार को चुनाव पनि हो तर परम्परागत चुनावको कुरा गरेजस्तो यो महाधिवेशन भने होईन ।
कोचिला राज्य समितिले त न्यूनतम ३३% महिला प्रतिनिधि पठाउने कुराको निर्णय गरिसक्यो अरु राज्य समितिको बारेमा यहाँलाई केही जानकारी छ ?
महिला प्रतिनिधि पठाउने कुरा गर्दा कैयौ महिलालाई धम्की दिइएको पनि अपुष्ट समाचारहरु बाहिर आएका छन् । यस्ता कुराहरु आउनाले पनि हाम्रा महिला कार्यकर्ताहरु पलायन हुँदै गएका हुन् । हामीले रक्षा गर्न सकिराखेका छैनौं। राज्यसत्ता, सरकार र कर्मचारीतन्त्रमा ३३% सहभागीको अवधारणा ल्याईयो । तर कम्युनिष्ट पार्टीभित्र ३३% लिने वा नलिने भन्ने सैद्धान्तिक प्रश्न खडा भएको छ । हामीले पहलकदमी लिने बेला यही हो । विचार अनुसारको संगठन नहुनाले पनि यी समस्या देखिएका हुन् । त्यसकारण, यो महाधिवेशन असाध्यै सामरिक महत्वको विषय भएको छ । पार्टीको नीति अनुरुप एक तिहाई संख्यामा महिला कमरेडहरुको उपस्थिति हुन्छ भन्नेमा म विश्वस्त छ ।
• महिलाको पक्षमा ल्याउन यो महाधिवेशनमा यहाँहरु कत्तिको सफल हुनु भएको छ त ?
हामीले विचारमा आएको समावेशीको अवधारणालाई विधिमा ल्याउन सफल भएका छौं । पार्टीबाट प्रारम्भिक गाउँ सम्मेलनमा प्रतिनिधि पठाउँदा कम से कम एकजना महिला हुनुपर्ने भन्ने सहमति भएको छ । गाविसदेखि कमिटिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, जस्ता कार्यकारी पदहरुमा १ जना अनिवार्य गरी कम्तीमा २ जना महिला हुनुपर्ने बनाईएको छ । न्युनतम ३३% मा जोड दिने भन्ने समझदारी बनेको छ । मनोनितमा ५०% महिला राख्नुपर्ने भन्ने पनि समझदारी भएको छ । महाधिवेशनमा जाने मनोनित महिलाको सङ्ख्या सिद्धान्ततः ३३ देखि ५०% पुर्याउन सफल भएका छौं । जनयुद्धको बेला सामूहिक जविन प्रणालीले महिलालाई धेरै ऊर्जा दिएको थियो । जव हामी फेरि शान्तिपूर्ण आन्दोलनमा आयौं तर साङ्गठनिक संरचना भने युद्धकालीन नै छ । चुनावमा हामी प्रतिस्पर्धामा पुगिसक्यौं तर पार्टीभित्र चाहिं मनोनितहरु नै हावी छन् । त्यसकारण पनि अहिलेको महाधिवेशन महत्वपूर्ण छ । त्यसलाई करेक्शन गर्न खोजेका छौं। बिधिमा हाम्रो हस्तक्षेप जारी छ । महाधिवेशनले महिलाका बारेका के पारित गर्छ त्यो चाहि हामीले हेर्न बाँकी नै छ ।
• तर अरु पार्टीमा त २५% भन्दा बढी महिला सहभागी भएको देखिन्छ भने एनेकपा माओवादी मा १२% मात्र देखिन्छ यसको मूलकारण के होला ?
रुप र सार नमिलेको नै कमेन्ट आयो नि त । पार्टीले महिलाको मुद्दालाई प्रमुख रुपमा उठाएको छ । तर रुपमा महिलालाई मुख्य जिम्मेवार तहमा पुऱ्याउन सकेको छैन ।
• अहिले कतिको सडख्यामा महाधिवे शनमा सहभागी हुँदैछन् ? त्यसमा महिलाको सख्या कति हुन्छ ?
३ लाख पार्टी सदस्यमध्ये ४ हजार जना महाधिवेशनमा सहभागी हुदैछन् जसमा ३३% महिला लैजाने कुरा छ। सबै विवरण प्राप्त भइसकेको छैन ।
गाउँको सन्दर्भलाई हेर्ने हो भने अन्य पार्टीको तुलनामा एनेकपा (माओवादी) छ । का महिलाहरु बढी जागरुक, सचेत र क्षेत्रीय प्रगतिशील र चलाख छन् । उनीहरु महिला विचार, क्षमता र प्रस्तुतिको हिसावले अगाडि छन् तर उनीहरु भन्दा कम क्षमतावान महिलालाई पनि अन्य र जिनैतिक दलहरुले अलि माथिल्लो कमिटीमा नै स्थान दिएको देखिन्छ । ती महिलाहरुलाई उचित पदमा स्थापना गर्न के गर्न सकिएला ?
हामी महिलाहरुले हाम्रै पार्टीका अन्य जवस मोर्चाको भन्दा भिन्नै तरिकाले सोचेका छौं। प्रत्येक पूर्ण बैठक भन्दा गर्दैन अगाडि हामी हाम्रो बैठक बस्छौ । इस्यूहरुलाई कसरी उठाउने भन्नेबारे कार्यविधि तय गर्न हामी बस्छौ । विधानलाई अन्तीम रुप दिनुभन्दा अघि बैठक राखेर त्यसमा छलफल गरेका छौं। परिणाम आउन केही समय कुर्नु पनि पर्छ । अहिलेको दस्तावेजले पनि हामीलाई साथ दिएको छ । यसले जातीय, क्षेत्रीय, लैङ्गिक समस्यालाई सम्बोधन मात्र गरेको छैन, सर्वहारा अधिनायकत्व तव मात्र गहिरो रुपमा अभिव्यक्त गर्न सकिन्छ जब अधिकतम जनवादको अभ्यास गर्न सकिन्छ भन्ने भाव व्यक्त गरेको छ। महिलाहरुलाई अधिकतम जनवाद चाहिएको छ । एउटा उच्च जातको भनिएकी शिक्षित र हिन्दू महिला नै नेपाली समाजमा उत्पीडित छिन भने गरिब दलित महिलाको हालत के होला ? यो रणनै तिक विषय पनि हो। सातौ महाधिवे शनले जनवादको विषयलाई विशेष ध्यान दिएको देखिन्छ । राज्य पुनसंर चनाको कुरा गर्दा पार्टीलाई पनि पुनसंरचना गर्नुपर्ने कुरा आएको छ । त्यसमा हाम्रो कुरा के छ भने जातीय, क्षेत्रीय मुक्तिसँग महिला मुक्तिको प्रश्नलाई अगाडि बढाउन सकियो भने मात्र महिलाको समग्र मुक्ति सम्भव प्रश्न दाँज्न मिल्दैन । जातीय, लैङ्गिक उत्पीडनहरुमध्ये माथिको उत्पीडन यी सबैको आमा हो। महिलाको विषय आफै पनि पहिचानको विषय बनेको छ। किनभने समाज विकासको क्रममा पनि वर्गीय समाजको उत्पति महिला उत्पीडनसँगै देखापयो । महिलामाथिको हिंसा र असमानताको हल नभए सम्म वर्ग विहीन समाजको निर्माण हुन सक्दैन । लैङ्गिक प्रश्न अव वर्गीय प्रश्नको हाराहारीमा आईसकेको छ । यद्यपि, कम्युनिष्ट पार्टीले त्यसलाई पुरै स्वीकार । त्यो हिसावले वर्गीयपछि तलैङ्गिक उत्पीडन त्यसपछि जातीय र क्षेत्रीय उत्पीडनको सवाल आउँछ । यसर्थ पनि महिलाको प्रश्नलाई दीर्घकालीन रुपमा लिनुपर्छ । पार्टीमा महिलाको प्रतिनिधित्व तल्लो तह देखि माथिल्लो तह पी.वी सम्म थियो अव महाधिवेशनमा महिलालाई माथिल्लो कमिटीमा पनि पुऱ्याउने विषयमा छलफल हुनुपर्छ ।
भनेपछि सातौं महाधिवेशनपछि महिलाहरुले केही नयाँ कुरा पाउने आशा राख्ने हुन्छ ?
विल्कुल । हामी विश्वस्त छौं ।
तपाँई सातौं महाधिवेशनमा महिला बालबालिका र अपाङ्गहरुको आवस्थापन समितिको संयोजक हुनुहुन्छ त्यसको तयारी कसरी अगाडि बढेको छ ?
महाधिवेशन हलबाट नजिकै आवास, ट्वाईलेटको व्यवस्था र बस्ने ठाउँमा सञ्चार र श्रव्यदृष्यका सामग्रीहरुको के व्यवस्था हुनसक्छ त्यो गर्ने कुरा भएको छ । बाल बच्चाहरुलाई पनि त्यहाँ वातावरण सहज होस् भन्ने अभिप्रायले खेलौनाहरुको व्यवस्था र पर्याप्त मात्रामा खेल्ने ठाउँको प्रवन्ध मिलाईएको छ ।
र विरामी, अपाङ्ग र महिलाको लागि कस्तो व्यवस्था छ ?
यातायातको व्यवस्था गर्ने छुट्टै समिति छ। त्यस कारण सबै समिति अलग अलग नभई एक अर्काका पूरकको रुपमा काम गरिरहेका छन् । स्वास्थ्य समिति, मेस समिति आदिले यसलाई व्यवस्थापन गर्छ ।
विकसित देशदेखि हाम्रो जस्तो अल्पविकसित देशमा महिला हिंसाका समाचारहरु व्यापक रुपमा आईरहेका छन् । नेपालमा महिला हिंसा बढ्नुका कारण के लाई मान्नु हुन्छ ?
पहिलो, त सङ्क्रमणकालले महिला हिंसालाई बढाईरहेको छ । यो कसैका लागि पनि राम्रो होईन । अर्को, हिंसाको स्वरुप भनेको मान्छे का चेतनाको विकासमा आएको परिवर्तन हो । मिडिया मार्फत् पनि यी कुराहरु बढी बाहिर आएका छन् । यो सकारात्मक पक्ष हो । तेस्रो, नीतिको कारण पनि महिला हिंसाका कुराहरु चर्चामा बढी आएका छन् । प्रधानमन्त्रीले महिला हिंसाको मुद्दालाई मौखिक रुपमा आएको भए पनि कार्यान्वयन गर्न निर्देशन दिनुभएको ।