-हिसिला यमि
बाजभोलि केही पुरुषहरूको गुनासो छ, अब त प्रजातन्त्र आयो, प्रत्येक कुरामा महिलाहरूको प्रतिनिधित्व, उनीहरूकै जुलुश, उनीहरूको चर्को भाषण सुन्नुपरेको छ । मानौं महिलाहरू आफै एउटा वर्ग हो र उनका नारा मागहरू श्राम जनतासँग सम्बन्धित नै छैनन् ! यसरी आफ्नो प्रहार मूल वर्गीय शत्रुमाथि नगरीकन कृता-कता आफ्नै वर्गका महिलाहरूप्रति परेको देखिन्छ ।
एकातिर केही पुरुषहरूको यम्ता सोचाई छन् भने अर्कोतिर केही महिलाहरू पनि यस्ता देखापरेका छन् जसले आफ्नो शोषणको मूल जड नै पुरुष वर्ग हो भन्ने चिन्तनबाट ग्रस्त छन् । उनीहरूको भाषण, बोलाइमा पनि पुरुषप्रति रिस पोखिरहेका हुन्छन्, मानौं उनीहरूको शोषण त्यसवेला अन्त्य हुन्छन् जुनबेला पुरुषहरूले उनीहरूलाई दवाउन छोड्छन् । भ्राफ्नो वर्गीय शत्रु को हुन् र शोप्नणको मूल जड कसरी फाल्ने भन्नेतिर नलागीकन अन्धाधुन्ध किसिमले पुरुषहरूमाथि प्रहार गर्छन् मानौं शोषणको मूल जडबाट पुरुषहरू ग्रसित छैनन् ! त्यसकारण उनीहरू कुनै सम्विधान सुझाव आयोग, संध संस्थानमा महिलाहरूको प्रतिनिधित्व भयो भने दुख्क हुन्छन्, फुरङ्ग हुन्छन् नभए कराउँछन् । तर त्यो स्थानमा कस्तो वर्गलाई प्रतिनिधित्व गर्ने महिलाले कुर्सी श्रोगेटेको छ, त्यससँग उनको मतलब हुँदैन । महिला भए पुग्छ चाहे त्यो स्थानमा इमेल्डा माकौस्, पम्फादेवी ठकुरी, सुशीला थापा, जस्ता महिलाहरू किन नहुन् ?
त्यस्तै केही पुरुष, महिलाहरू यस्ता पनि छन् जसले महिलाको शोषण खुद महिलाले नै गर्छन् भन्ने दावी गर्छन् । तिनीहरूको प्रचलित उदाहरण सासु र बुहारीका बीचमा हुने द्वन्द्व लिन्छन् । सासूले वुहारी- लाई शोषण गर्छन्, यसरी शोषणको चक्रव्यूह स्वतः महिलाहरूले नै उठाइरहेका हुन्छन् । झट्ट हेर्दा यो साँचो हो जस्तो पनि लाग्दछ तर यसलाई केलाएर हेर्यो भने सासू-बुहारी, नन्द-भाउजूको झगडा प्रायशः सम्पत्तिको स्वामित्वको सिलसिलामा नै हुन्छन् जसरी दाजु- भाइको बीचमा हुन्छन् । खालि भिन्नता यसमा यो छ कि सासू-बुहारी, नन्द- भाउजूहरू पुरुषप्रधान संस्कारवा बढी ग्रसित हुन्छन्, त्यसकारण उनी- हरूको झगडा बढी जटिल र धेरै मात्रामा हुन्छन् ।
अन्ततः महिलाहरू पनि वर्ग सापेक्षित हुन्छन् भन्ने कुरा त अहिवे भर्खरै सम्पन्न जन-आन्दोलनबाट पनि सावित हुन्छ । यसपालि- को आन्दोलनमा महिलाहरू प्रजातन्त्र प्राप्तिको लागि भोक मेटाउनको लागि मात्र उठेका होइनन्, उनीहरू यस्तो एउटा शक्तिशाली महिला व्यक्तित्वको विरुद्धमा पनि उठेका थिए जसले शोषक वर्ग, तस्करीतन्त्र– नेतृत्व गरेको छ ।
हालै खुल्लामञ्चमा पञ्चायती महिलाहरूमाथि जनताको क्रूर अभिव्यक्तिले पनि यो जनाउँछ, महिलाहरू पनि सापेक्षित हुन्छन्। पञ्चायती व्यवस्थाले महिलाहरूलाई परिचालन नगरेको होइन । प्रत्येक गाउँ पञ्चायतमा एक अथवा दुइ महिलाहरूलाई स्थान दिएका हुन् । तर त्यहीं कुर्सीमा त्यही गाउँमा सामन्ती, फटाहाका, श्रीमती, बुहारी श्रादिलाई राखेका हुन्थे । के ती महिलाहरूले श्राम महिला, जनताको प्रतिनिधित्व गर्थे त ? यस्को जवाफ यसै हप्ता खुलामञ्चमा ती पञ्च महिलाहरूले दिएका भाषणवाट स्पष्ट हुन्छ, जसमा उनीहरूले भनेका छन्-‘सम्विधान भनेको ठूलो कुरा होइन, राजालाई शक्ति दिनुपर्दछ । प्रजातन्त्र तिमीहरूले मात्र ल्याएको होइन, हामीले पनि ल्याएका हौ। तिमीहरूलाई सुन्न छ भने सुन्न नत्र भने गए हुन्छ ।’ यसको प्रतिकार जनताले तिनीहरुमाथि हिलो छ्यापेर, बेइज्जति गराइदिए। ती प महिलाहरूमाथि यस्तो प्रहारले कतै महिला वर्गलाई ने प्रहार गरेक सरह होइन र भन्ने प्रश्न उठ्दछ । तर यस घटनालाई जनताले र सह महिलाहरूले समर्थन गरेको देखिन्छ, किन कि तिनीहरूको दिमागमा गत फागुन १ गते पोखरामा घटेको घटना ताजा नै छ । पोखरामा महिला छात्रावासको जुन प्रकारले वर्दीधारी पुलिस गुण्डाहरू पसेर त्यहाँका निर्दोष महिला छात्राहरूलाई आक्रमण गरेको कसैले विसेको छैन । क्याम्पस जस्तो पवित्न ठाउँमा यस्तो घृणित घटना, त्यो परि वर्दीधारीधारी तथाकथित सुरक्षा दलले यस्तो गरेको ? आखिरमा राम्र भनेको कस्तो क्रूर दमनको साधन हुँदोरहेछ ! यसले आफ्नो वर्ग- स्वार्थको लागि कसैलाई बहिनी, श्रमा भन्दैन उल्टं बलत्कारी गुण्डा, पुलिसलाई संरक्षण दिदो हेछ । सबभन्दा अर्थमूलक प्रश्न त यहाँनिर छ कि त्यो घटना, आमा भएर बाँचेर हेर’ भन्ने लेखने क्वयित्रीको श्रगाडि घट्यो। यसले तथाकथित ‘आमा’ कुन अर्थमा रहेछ भने प्रष्टधाएन त ?
पृष्ठभूमि, २८ भाद्र, २०४७
साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७