Posted on

हिसिला यमि

जन-आन्दोलनलाई फकेर हेर्दा हिसिला यनि कुनै पनि परिवर्तनको लागि भौतिक आधारहरू चाहिने सत्य- लाई हामीले गहकिलो रूपमा हेर्दा, हालै ‘सम्पत्त्र’ जन-आन्दोलनको पछाडि पनि एकातिर विश्वव्यापी रूपमा निरंकुश शासकहरूको विरुद्धको लहर र प्रजातन्त्रको लागि ऐक्यवद्धता, नेपालमा एकतन्त्रीय निरंकुश शासनको बर्वरता, भुखमरी र महँगीको समस्या र त्यसमाथि नेपाल- भारत सम्बन्धबाट जनतामा आइपरेको थप बोझ श्रादिले नै हो। अब नेपाल निरंकुश एकतन्त्रीय शासनाट विस्तारै संसदीय व्यवस्थातिर टेक्दैछ । यस परिप्रेक्ष्यमा महिलाहरूको बस आन्दोलनमा के कस्तो भूमिका रह्यो र के महिना मुक्तिको लागि यहाँ भौतिक आधारहरू तबार भइसकेका छन् त? यो सोचनीय विषयहरू हुन्, किन कि आखिर- मा “महिला-मुक्ति भनेको श्रम मुक्तिको मापदण्ड” हो।

यो जन-आन्दोलन प्रजातन्त्रको लागि मात्र नभईकन भोक महंगीको विरुद्ध सङ्घर्ष पनि हो। भोक, महँगीको शिकार पनि बढी त महिला बर्ग नै हुने भएकोले र साथै सामाजिक निरंकुशताको शिकार पनि स्वयं महिला वर्ग नै भएको हुनाले उनीहरू सङ्घर्षमा उत्खने भौतिक प्राधार बनिसकेका थिए । पोखरामा फाल्गुण १ गते महिला छात्रावास- मा भएको घटना विरुद्ध विभिन्न ग्रामसभा र पद्मकन्या क्याम्पस पा भएको थाल ठटाउने कार्यक्रम यसैको अभिव्यक्ति थियो। विराटनगरमा प्रजातन्त्रको लागि महिलाहरूको जुलुश निस्केको, नेपालभरि दर्जनों महिलाहरू चूठ-लाठी, नजरबन्दीको शिकार हुनु र अन्ततः जनकपुर, काठमाडौंमा महिलाहरू शहीद हुनु सबै ते महिलाहरूको भूमिकालाई स्पष्ट पारेको छ। यिनीहरूकै संलग्नताले यसपालिको आन्दोलनमा नयाँ कलिला पलुम्वाहरूलाई निम्त्याए र ती स-साना बालकहरूको नारा We want democracy (हामीलाई प्रजातन्त्र चाहिन्छ) ले विश्व भरिकै मुटुलाई नैतिक रूपमा आन्दोलित पारे ।

कुनै पनि देशमा प्रजातन्त्रको आन्दोलन सम्पन्न भएपछि त्यहाँ सामाजिक आन्दोलनको थालनी हुन्छ । प्रायः ती श्रान्दोलनमा महिला मुक्तिको आन्दोलन बढी सक्रिय र सजग रूपमा आउँछ, किन कि उनी- हरूले आधा प्राकाश, श्राधा धर्ती भोगटेर बसेका हुन्छन् र तिनीहरू दोहोरो शोषणको शिकार हुन्छन् । नेपालको सन्दर्भमा महिला-मुक्तिको भौतिक श्राधारहरू पहिले नै बनिसकेको थियो, जुन वेला विश्वभरि महिलाहरूको जागरण शुरु भयो (१६७० दशक । । यो देश बहु- जातीय देश हो र यहाँ धेरैजसो जन-जातिमा महिलाहरूको स्थान समानतामा आधारित छ । तर पञ्चायती व्यवस्थाको बर्बर तानाशाही प्रवृत्ति र यसले लादेको हिन्दू धर्मले गर्दा यहाँको महिला–मुक्ति आन्दो- लनले शिर उठाउन सकेको थिएन । अव हाल ‘सम्पन्न’ जन-आन्दोलन पश्चात् अब महिला-मुक्तिका सम्भावनाहरू खुला रूपमा आएका छन् र यसको चुनौती पस देशका सचेत महिलाहरूले स्वीकार्ने छन् ।

पृष्ठभूमि २०४७ जेष्ठ १७ गते ।

साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *