– हिसिला यमि
हाल नेपालको नयाँ सम्विधानमा धर्म सापेक्षित रहने या निर- पेक्ष रहने सम्बन्धमा निकै चर्चा हुनथालेको छ । महिला वर्गको लागि यस विषयमा चासो हुनु म्वाभाविक हो किन कि एकातिर महिलाहरू बढी ब्रामिक हुन्छन् भने अर्कोतिर उनीहरू धर्मबाट बढी शोषित छन् ।
भनिन्छ धर्म भनेको मान्छेको काल्पनिक आदर्शको अभिव्यक्ति हो । किन कि यो समाजमा धेरै विसङ्गति, त्रुटिहरू छन्, मानिसले यी विसङ्गतिहरूबाट मुक्त हुनको लागि एउटा आदर्श समाज, दुनियाँ खोज्नथाल्छन् जसको अभिव्यक्ति धर्ममा पाइन्छ। तर समाजको भौतिक आधारमा नभिजेर काल्पनिक आदर्शमा सीमित हुनुले गर्दा धर्म पृथ्वी- मा नभईकन स्वर्गको धरातलमा उभिन जान्छ । यसरी धर्मले सधैं मानिसलाई भ्रममा रुमल्याइ राखेको हुन्छ । महिला वर्गको धर्मप्रति बढी विश्वास हुनुको मूलकारण नै यो हो कि यो पुरुष-प्रधान समाजमा महिला-वर्गको संसार बढी जटिल, षड्यन्त्रपूर्ण र भेदभावपूर्ण हुनेभएकोले गर्दा महिलाहरू शान्तिपूर्वक बाँच्नकोलागि बढी धार्मिक हुनपुगेका छन् । तर धर्मका श्रवैज्ञानिक नियमहरूवाट नारी नै बढी शिकार भइरहेका हुन्छन् । सम्विधानकै कुरातिर जाउँ, जुन देश धर्म सापेक्षित छ त्यहाँ महिलाहरूको स्थिति नाजुक हुन्छ । किन कि धर्म वस्तु सापेक्षित छैन, जुन धर्ममा पनि महिलाहरूलाई अवलाको रूपमा लिएको देखिन्छ, कट्टर ईस्लामी धर्मदेखि लिएर उदार बुद्ध धर्मसम्म । अविकसित देश, जस्तो दक्षिण आयरलैण्ड जहाँ सम्विधान धर्म सापेक्षित छ (catholic christian relegion) त्यहाँ सम्बन्ध विच्छेद गर्न पाइदैन गर्न पाइँदैन । अझ इस्लामिक देशहरूमा त महिलाहरूको स्थिति झन् , गर्भपात पशुभन्दा पनि तल छ । ती देशना कमसेकम जनावरहरू बुद्ध नोडी. कम स्वतन्त्ररूपमा हिडन त पाउँछन् भल पेट भोक भए पनि । नेपालक उदाहरण निउँ। यो देश धर्म सापेक्षित भएको नाताले महिला वर्गको सावि जति कानूनी अवधारणाहरू छन् ती हिन्दू धर्मप्रति प्रेरित छन् । हिन्दू धर्मले महिला वर्गलाई कहिल्यै पनि स्वाभिमानी रूपमा हेर्न सकेको छैन । त्यसकारण पनि धर्मले महिला वर्गयो पाइलो-पाइलोमा अनेकौ बन्देजहरू राखेका हुन्छन् । यसको अभिव्यक्ति हामीले कानूनी रूपमा महिला वर्गलाई पैतृक सम्पत्तिबाट वञ्चित राखेकोमा पाइन्छ । पुरुष वर्गले पैतृक सम्पत्तिमाथि जन्मसिद्ध अधिकार पाउँछन् भने महिला वर्गले सम्पत्ति आर्जन गर्नको लागि पुरुषभन्दा अर्को एक पिढी (gene ratiln) पखिनु पर्दछ । एक पिढीपछि श्रार्जन गरेको सम्पत्तिमा पनि उनको पूर्ण हक छैन । हिन्दू धर्मले एकातिर महिला वर्गको पतिव्रत्य लाई अति महत्व दिन्छ भने अर्कोतिर पुरुषवर्गको रस-लिलालाई मौनरूपमा स्वीकार गर्दछ । यसको कानूनी अभिव्यक्ति हामीले गर्भपातको विषय मा देख्यौं । नेपालमा गर्भपातलाइ कानूनी रूपले मान्यता दिएको छैन, त्यसकारण गर्भपातमा महिलाले बीस वर्षसम्मको पनि सजाय पाउँछ भने गर्भ गराउने पुरुषलाई एक-दुइ डण्डा दिएर कानूनी रूपले त्यसं छाडा छोडेको हुन्छ । त्यस्तै पुरुषको वैवाहिक सम्बन्धलाई कानूनी रूपमा मान्यता दिएको छ भने महिलाको वैवाहिक सम्बन्धलाई कानूनी रूपमा मान्यता दिएको छैन । यसको ज्वलन्त उदाहरण हामी यसकिसिमले देख्छौं, जब नेपाली पुरुषले विदेशी महिला बिवाह गरेमा तो महिलाले नेपालको नागरिकता प्रमाण-पत्र पाउँदिन । तर यदि नेपाली महिलाले विदेशी पुरुषसंग विवाह गरेमा विदेशी पुरुषले यहाँको नाग- रिकता पाउँदैन ! असमानताको योभन्दा राम्री उदाहरण अरू के होला ? त्यसकारण महिला वर्गको निम्ति सम्बिधान धर्म निरपेक्ष हुनु पर्दछ किन कि जुन देशमा सरकारले धर्मको धाड लिन्छ त्यस देशका महिलाहरू स्वतः श्रवला हुन्छन् । तर नेपालमा जुन प्रकारले धर्म सापेक्ष र निरपेक्षका कुराहरू निस्किरहेका छन् त्यसबाट हामी सतर्क हुनुपर्दछ । एकातिर नेपालमा हिन्दू धर्म हुनुपर्दछ भन्नेहरूले यस धर्मको आडमा सामन्ती संस्कारलाई बचाउन खोजिरहेका छन् भने यसकै नाम बाट राजसंस्थानाई अर्थात् ‘जीवित पशुपति’ लाई बढी शक्तिशाली बनाउन खोजिराखेका छन् । अर्कोतिर धर्म निरपेक्षताको नाउँमा अरू धर्मावलम्बीहरू बढी सक्रिय हुन खोजिरहेका र धर्म धर्मबीच प्रतिस्पर्धा को वातावरण सृजना गर्न खोजेका छन्, धर्म निरपेक्षताको नारा बोक्ने “धर्मावलम्बीहरू धर्मको नाउँमा शोषण भइरहेको कुरामा मौन छन् । यसरी नेपालको सन्दर्भमा हामी धर्म निरपेक्षतालाई सिद्धान्ततः माने पनि यसको जटिलतालाई त्यति नै गम्भीरतापूर्वक लिनु आवश्यक छ । किन कि धर्म सापेक्ष अर्थात् धर्म निरपेक्षको नाउँमा हामी बढी धार्मिक बनेर सम्विधानका मूल विषयमा मौन रहन चाहन्नों; किन कि यसका बढौ लात हामी महिला वर्गल नै खान्छौं ।
साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७