- हिसिला यमि
भूमिका
यतिखेर महिलामुक्तिको रणनैतिक र कार्यनैतिक प्रश्न नयाँ शिराबाट उठाउन जरुरी छ । पटक पटकको
जनआन्दोलन,10 बर्षको महान् जनयुद्ब र मधेश आन्दोलनले नेपालमा धर्म निरपेक्ष गणतन्त्र र समानुपातिक
समावेशी सहितको संघियता स्थापना भएको छ । अवको आवश्कयता भनेको वर्तमान केन्द्रीकृत र एकत्मक
ढाँचाको राज्यसत्ताको अन्त्य गरी पहिचान सहितको संघियतामा आधारित वर्गिय, जातिय, भाषिक, लैङ्गिक,
साँस्कृतिक, धार्मिक र क्षेत्रिय भेदभावको अन्त्य गर्दै महिला, दलित, आदिबासी, मधेशी, उत्पीडित, उपेक्षित र
अल्पसंख्यक समुदाय र पिछडिएको क्षेत्र लगायतका समस्यालाई सम्बोधन गर्ने गरी राज्यको समावेशी
लोकतान्त्रिक र अग्रगामी पुर्नसंरचना गर्न हो ।
अन्तरिम संविधानले स्वास्थ्य, शिक्षा र रोजगारलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । पैतृक
सम्पतिमा छोरा र छोरीको समान हक प्रदान गरेको छ । त्यस्तै सामाजिन न्यायका क्षेत्रमा पनि धेरै हक
अधिकार प्रदान गरेको छ । यी सबै उपलब्धीहरु जनक्रान्तिपका आंशिक उपलब्धीहरु हुन् । यिनलाई संस्थागत
गर्न नपाउदै संविधानसभा विघटन भएको छ । यस्तो परिप्रेक्ष्यमा हाम्रो पार्टी एकिकृति ने.क.पा.(माओवादी)
पहिचान सहितको संघियता, संघियता सहितको संविधान र संविधानबाटै संविधान भन्ने कार्यनैतिक नाराका
साथ अर्को निर्वाचन जुटेो छ । यतिखेर जनवादी क्रान्तिका आंशिक उपलब्धीहरुलाई रक्षा, प्रयोग र विकास गर्दै
पूर्ण जनवादतिर लम्बकनु सबैको दायित्व हो । यो आजको आवश्यकता हो ।
आंशिक जनवादलाई पूर्णतिर लैजाने छिटो माध्यम के हो ? हिजो सायद यसक जवाफ वर्गसंघर्ष र वर्गियमुक्ति
भन्ने हुन्थ्यो होला तर आज वर्गिय प्रश्न संगसंगै लैङ्गिक, जातिय र क्षेत्रिय मुद्दा पनि उठाउन जरुरी छ । अत:
नेपाल जस्तो देश जहाँ पुँजीवादको पूर्ण विकास हुन बाँकी छ र जहा सामन्तवादका अवशेषहरु बाँकी छन् ।
त्यहाँ वर्गिय, जातिय, क्षेत्रिय, लैङ्गिक उत्पीडनको कुरा गर्दा लैङ्गिक उत्पीडनको प्रश्न विशिष्ट रुपमा आउँछ ।
हालै एकिकृत ने.क.पा.(माओवादी( को सातौ राष्ट्रिय महाधिवेशनले गरेको नेपाल क्रान्तिको नयाँ संश्लेषणमा
पनि लैङ्गिक प्रश्न जोडदार रुपमा उठेको छ ।किनकी यो क्रान्तिको रणनैतिक साथसाथै तत्कालिन प्रश्न पनि हो ।
महिला मुक्तिको रणनैतिक प्रश्न
सैद्धान्तिक रुपमा भन्नु पर्दा वर्ग समाजको प्रस्थान विन्दु नै महिला उत्पीडनबाट शुरु भएको देखिन्छ । त्यस्तै
वर्गविहिन समाजको प्रस्थान विन्दु महिला उत्पीडनको पूर्ण अन्त्यबाट शुरु हुने भएकोले पनि यो भन्दा अनुपयुक्त
न होला कि साम्यावादको ढोका खोल्ने साँचो महिला मुक्ति हो । तसर्थ पनि लिनुपर्दछ । नभए कमसेकम महिला
उत्पीडनलाई वर्गिय उत्पीडनको विशेष अंगको रुपमा लिनुपर्दछ ।स्वभावत: लैङ्गिक उत्पीडनलाई जातिय,
क्षेत्रिय तथा दलित उत्पीडन भन्दा माथि राख्नै पर्दछ । त्यसैल ए.ने.क.पा.(माओवादी) ले ज.व.स. मोर्चा र
सरकारमा महिलाहरुलाई विशेष अधिकार दिनुपर्छ भन्दै आएको छ । यसरी मात्र उत्पीडनको लामो इतिहास
बोक्दै आएका महिलाहरुले क्षतिपूर्ति सहित पुरुषको हाराहारीमा अधिकार पाउँदैछन् । यस्तो विशेषधिकारको
मध्यमबाट मात्र उत्पीडित महिलाले निरन्तर क्रान्ति गरिरहने साहस गर्न सक्छन् । अर्थात प्रतिक्रान्ति गरिरहने
सासह गर्न सक्छन् । यसले अन्तत: विशेष अधिकार त के सम्पूर्ण अधिकारको विलोपिकरण अवस्था
जन्माईदिन्छ र राजनीतिक पार्टीकोऔचित्य समाप्त पारिदिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने समाज
विकासको चरणमा अन्य प्रश्न हल हुँदै गएको अवस्थामा अन्त्यमा वर्गीय र लिङ्गीय प्रश्न रहिरहने भएकोले
राज्यसत्ताको विलोपीकरणमा महिला सर्वहारावर्गको निर्णयाक भूमिका रहन्छ । यसले पनि पुष्टि गर्दछ कि
कम्युनिष्ट महिलालई सर्वाहारावर्गकको अग्रदस्ता भित्र पनि एकिकृत ने.क.पा.(माओवादी) नेपाली सर्वहारा
वर्गको अग्रदस्ता पार्टी हो । यो जगजाहहेर छ कि सर्वहारा वर्गको कुनै जात, जाती, धर्म, क्षेत्र, बर्ग हुदैन तर
नेपालको समाज मुलत: सामन्ती समाज हो त्यसैले यी सबै अवशेषहरु रहन्छन् । तसर्थ यी सबै उत्पीडनको
विरुद्ब लड्दा ध्यान दिनुपर्ने के मा छ भने जातिय शोषणको अन्त्य भएपछि पनि लैङ्गिक शोषण गरिरहन्छ ।
त्यस्तै क्षेत्रिय शोषणको अन्त्य भएपछि पनि लैङ्गिक शोषण रहिरहन्छ । अझ वर्गिय शोषणको अन्त्य भएपछि
पनि लैङ्गिक अन्तरबोध रहिरहन्छ । त्यो भनेको महिला र पुरुष विचको प्राकृतिक अन्तरविरोध हो । त्यसैले
पनि लैङ्गिक अन्तरविरोध प्रति संवेदनशिल हुन जरुरी छ ।
यसले के देखाउँछ भने महिला मुक्तिको प्रश्न अन्य उत्पीडनको मुक्ति भन्दा गहिरो्, फराकिलो, लामो समयसम्म
निरन्तर रुपमा उठाईरहुन पर्ने विषय हो । यो समारिक र रणनैनिक रुपमा उठाईरहने विषय हो । किनभने
आधा आकाश आधा धर्ति ओगटेको महिला सबै उत्पीडित, दलित, जाति, क्षेत्र र वर्ग भित्र पर्दछ ।यहाँसम्म कि
शोषक वर्ग, जाती, क्षेत्र भित्रका महिलाले समेत लैङ्गिक शोषण भोगिरहेका हुन्छ । अत: अन्य शोषित समुदाय
भन्दा लैङ्गिक शोषित समुदाय संयुक्त मोर्चा अझ फराकिलो बनाउनु पर्दछ । ठोस परिस्थितिको ठोस विश्लेषण
गरी शोषक वर्ग, जाति, क्षेत्र भित्रका महिलाहरुलाई पनि संघर्षमा उतार्नु पर्दछ ।
यो पनि बुझ्नुपर्दछ कि महिलाहरु विभिन्न वर्ग, क्षेत्र, जातिमा विभाजित छन् । तिनीहरुको भूगोल छैन । त्यति
मात्र नभएर घर भित्र लैङ्गिक प्रश्नमा विभाजित छन् । चुलो चौकामा सिमित छन् । त्यसकारण पनि
तिनीहरुको चेतना पछाडी परेको हुन्छ । त्यसैले तिनीहरुलाई संगठित गर्नु जरुर छ । अग्रगामी क्रान्तिकारी
पार्टीले निरन्तर प्रशिक्षित गरिराख्नु पर्दछ /खारीराख्नु पर्दछ र नेतृत्वदायी ठाउँमा पुर्याईराख्नु पर्दछ । नत्रभने
तिनीहरु पुरातन विचारको बाहक भै धर्ममा लिप्त भैरहन्छन् । यहाँ थप बुझ्नुपर्ने के छ भने पुरुषहरुले आफ्नै
शोषक प्रवृत्तिको विरुद्ध निर्मम किसिमले लडेन भने वर्ग समन्वयवादमा फस्न पुग्दछ किनभने महिला उत्पीडनले
उत्पीडक वर्गलाई फाईदा पुर्याउछ ।
महिला मुक्तिको तत्कालिन प्रश्न
यद्यपि देश गणतन्त्र समावेशी समानुपातिक सहितको संघियतामा गएको देखिन्छ तर जाती क्षेत्र र लैङ्गिक
उत्पीडन रहीरहेको स्थितिले आंशिक सामन्तवादी कार्यदिशा भनेको जनवादी आन्दोलन पुरा गरी
समाजवादतिर जाने हो ।यसको लागि राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा हस्तक्षेप गर्नु हो र अग्रगामी
मुद्दा ठोस परिस्थितिको ठोस विश्लेषण गरी कार्यान्वयन गर्नु हो ।
राजनैतिक क्षेत्र
वैचारिक प्रश्न भन्दा राजनैनिक प्रश्न तत्कालिन प्रश्नसंग जोडिएका हुन्छ । राजनिति भनेको राज्यको नितिको मुल
निति हो । यो माथि मात्र नभएर माथिदेखि तलसम्म प्रभावित पार्ने निति हो । संघियतामा गएको छ तर
संघियताको अवधारणा दिदा पहिचानसहितको संघियता हुनुपर्दछ । सिद्बान्तत:जातिय क्षेत्रिय उत्पीडनको
आधारमा बनेको प्रान्तले आत्मनिर्णयको अधिकार पाउँछ तर नेपालको अवस्था जहाँ सामन्दवाद पूर्णत गएको
छैन, अल्पविकसित छ त्यहाँ स्वायत्तताको अवधारण ल्याएको छ । सरकारका हरेक अंगमा समावेश र
समानुपातिकको आधारमा उत्पीडित वर्ग, लिङ्ग, जाति र क्षेत्रका जनताले भाग लिन पाउनुपर्दछ ।
तिनीहरुलाई पूर्ण जनवाद अभ्यास गर्न दिएर मात्र तिनीहरुको तन, मन, धन जित्न सकिन्छ तर यो तव मात्र
सम्भव हुन्छ जव पार्टी भित्र पनि यही अवधारणा लागु हुन्छ । तसर्थ अहिेलेको तत्कालिन प्रश्न भनेको पार्टीका
हेरक अंगमा सेलदेखि विभाग, आयोग आदिमा सर्वहारावर्गको चेतना लैस भएका उत्पीडित समुदायहरुलाई
पठाउन आवश्यक छ । यसरी पठाउँदा सर्वाहारा वर्गको चेतनाले लैस भएका महिलाहरुलाई पठाउने हो।
पार्टीको संरचना समावेशी र समानुपातिक बनाउको लागि विभिन्न समुदायहरु भित्रको अग्रदस्ता विचको
प्रतिस्पर्धा गराउनुपर्दछ । तिनीहरुको मुल्याङ्कन अनुगमनको आधारमा ती समुदायलाई पार्टीको विभिन्न
तप्कामा सहभागी गराउने र नेतृतव विकास गर्ने प्रणाली ल्याउनुर्छ । सरकार पार्टीको संयुक्त मोर्चा भएकोले
त्यहाँ विभिन्न राजनैतिक नियुक्ति देखि लिएर व्यवस्थापिका कार्यपालिका र न्यायपालिकामा समेत महिला
विशेषधिकार स्थापित गर्नु जरुरी छ । महिाको हकमा यो विशेषधिकारले अन्य समुदाय भन्दा अतिरिक्त मात्र
नभएर लामो समयसम्म यो नित लिइरहनु जरुरी छ । यो विशिष्ट अतिरिक्ति अधिकार उपलब्ध गराएर मात्र
महिला र पुरुष विचको गहिरो, व्यापक र लामो समय रहेको खाडल पुरिनेछ ।यहाँ बुझ्नुपर्ने के छ भने
महिलालाई राजनितिक क्षेत्रमा प्रोत्साहन गर्नका लागि बच्चा हेर्ने र अन्य घरेलु कामलाई सामाजिक मुलप्रवाहमा
ल्याउने महिलामैत्रि निति अवलम्बन गर्नुपर्दछ ।
ज.व.स., मोर्चा र सरकारमा महिलाहरुको सहभागिता समानुपातिक र समावेशी हुनुपर्दछ । यसको अर्थ त्यहाँ
न्यूनतम 33 प्रतिशतऔसतमा 50 प्रतिशत र अधिकतम विशेष अधिकार सहितको संख्या सुनिश्चित गर्नु हो ।
त्यस्तै पार्टीको हकमा सबै तहमा न्यूनतम 33 प्रतिशत सुनिशश्चित गर्नेमा जोड गर्दै औसतमा 50 प्रतिशत
पुर्याउने लक्ष्य लिनुपर्दछ ।
आर्थिक क्षेत्र
अहिलेको तत्कालिक कार्यदिशा भनेको जनवादी क्रान्ती हो जसको आर्थिक आधार हो स्वाधिन अर्थतन्त्र ।
समाजवाद फस्टाउनको लागि जनवादी क्रान्तिको माध्यम प्रशस्त उत्पादन शक्ति बढाउनुपर्ने वातावरण तयार
पार्नु हो । यसको लागि सर्वप्रथम उत्पीडित जाती, क्षेत्र, वर्ग र त्यसभित्र पनि उत्पीडति महिलाको उत्पादन
श्कति बढाउनुपर्दछ ।?? साथै ?? घरेलु घेराबाट उत्पादनको मुल प्रवाहमा ल्याउनुपर्दछ । आर्थिक क्षेत्रमा
उनीहरुको उत्पादन शक्ति तव बढ्छ जव उत्पादन प्रणाली उनीहरुको अपनत्व बढ्छ । साथै वज तिनीहरु भित्र
दविएको आत्मनिर्णयको अधिकार प्राप्त गर्दछन् । विडम्बना के छ भने तिनीहरु उत्पदान शक्तिको साथ साथै
प्रजनन शक्ति पनि हुन् । तिनीहरु श्रमको उत्पादक स्रोत पनि हो । प्रजनन शक्ति लेखाजोखा, अवमुल्यन हुनुले
गर्दा तिनीहरुको प्रजनन शक्तिमा मात्र नभएर उत्पादन शक्तिमा समेत ह्रास आएको देखिन्छ । तसर्थ उत्पादन
शक्ति र प्रजनन शक्तिलाई एकअर्काका विपरित नभएर एक अर्का परिपुरक र समग्र रुपमा लिनुपर्दछ ।
यसरी तिनीहरुको आफ्नो कर्मक्षेत्रको वातावरण महिलामैत्री बनाएर आफ्नो उत्पादनशक्ति
बढाउनुपर्दछ ।यसको लागि तिनीहरुले निशर छोरासरह पैतृक सम्पत्तिमा समान अधकिार पाउनुपर्छ । साथसाथै
पारिवारिक सम्पतिमा (चल अचल) उनीहरुलई सम्मान स्वामित्वको व्यवस्था र सम्पति क्रय-विक्रियमा पुर्ण
अधिकारको व्यवस्था दिनुपर्दछ ।त्यस्तै समान कामकोलागि समान पारश्रमिक तथा समाजिक सुरक्षामा
समानता हुनुपर्दछ । त्यति मात्र नभएर सकारी, अर्धसकारी र गैरसरकारी संरचनाहरुमा लैङ्गिक बजेटको
अवधारणा ल्याउनुपर्दछ र क्रियान्वयन गर्नुपर्दछ । आर्थिक क्षेत्रमा पनि महिलाहरुको पहुँच नियन्त्रण र
परिणाममा विशेषधिकारको निति लिनु पर्दछ । त्यस्तै महिलालाई स्रोत, साधन, पहुँचमा सानुपातिक मात्र
नभएर अतिरिक्त सहभागिताको निति लिनुपर्दछ । यो समावेशी सिद्बान्तमा समेत आधारित हुनुपर्दछ । यस्तो
निति सर्वप्रथम पार्टीमा ल्याउनुपर्दछ ।
आखिरमा सहि विचारको स्रोत वर्गसंघर्ष, वैज्ञानिक प्रयोग मात्र नभएर उत्पादनका निम्ति संघर्ष पनि
हो । हालसम्म प्राप्त गरेको समावेशी समानुपातिक सहितको संघियता, धर्मनिरपेक्ष गणतन्त्रलाई दिगो पार्न र
संस्थागत गर्नका लागि पनि राज्यको आर्थिक अवस्था बलियो हुनुपर्दछ । एकातिर पार्टी भित्र आर्थिक
व्यवस्थापन वैज्ञानिक नभएर पार्टी भित्रै वर्ग तयार हुदैछ । विगतमा पार्टीले उत्पादन तथा निर्माणका कामलाई
दक्षिपन्थी अवसरको प्रतिक मान्दै आएको स्थितिमा यो विषय ओझेलमा परिराखेको थियो । अव यसलाई
सच्याएको छ । तसर्थ पार्टीको केन्द्रमा एउटा आर्थिक तथा उत्पादन व्यरो बनाउने अवधारण ल्याएको
प्रतिनिधित्व हुनुपर्दछ । अनि बल्ल त्यहाँ लैङ्गिक बजेट उचित मात्रामा सम्बोधन हुन्छ ।प्रत्येक जिल्ला,
निर्वाचन क्षेत्र, गाउँमा समावेशी समानुपातिक आधारमा उत्पादन ब्रिगेड बनाउनुपर्दछ । यसरी एक गाउँ एक
सहकारी, एक सहकारी एक उत्पादनको योजना बनाउनुपर्दछ । यसमा विशेष गरी सहकारी आन्दोलनलाई
एउटा साँस्कृतिक आन्दोलनको रुपमा दिएर संघर्षको योजना, नितिगत, संगठनात्मक ढाँचा दिनुपर्दछ ।
सामाजिक साँस्कृतिक क्षेत्र
नेपालमा सामन्ती व्यवस्थाको नाइके राज र राजतन्त्र त गयो तर सामन्तवादको अवशेषहरु बाँकी रहयो । तसर्थ
यसको विरुद्ब लड्न संघर्षको थलो घरबाट शुरु गर्दै पार्टीका विभिन्न निकाय हुँदै सरकारसम्ममा हस्तक्षेप
गर्नुपर्दछ ।यो थालनी सर्वप्रथम संगठित वा समर्थक कम्युनिष्टबाट शुरु हुनुपर्दछ । र त्यो काम घरबाटै शुरु
हुनुपर्छ अर्थात त्यो काम छोरा वा छोरी पहिचात गर्ने यन्त्रको बहिस्कारबाट गर्नुपर्दछ । यसलाई अझ ठोस
गर्नका लागि यस्तो प्रयोग गरी गर्भ तुहाएका थाहा पायो भने दण्डनिय बनाउनुपर्छ । त्यसपछि महिलाको
आत्मसम्मान, आत्मनिर्णयको हकलाई सम्मान मात्र नभएर सुरक्षित गर्नुपर्दछ । परिवारको हरेक निति निर्माण र
निर्णय गर्ने थलोमा उनको भूमिका सुनिश्चित र अनिवार्य गर्नुपर्छ । यहाँ सबभन्द पीडादायक कुरा के छ भने
महिला आफ्नो शरीर माथि नै हक छैन । तसर्थ प्रत्येक महिलालाई आफ्नो ईच्छा अनुरुप विवाह गर्ने, नगर्ने,
सन्तान जन्माउने वा नजन्माउने , सम्बन्ध विच्छेद गर्ने हक प्रदान गर्नुपर्दछ ।
हालसम्म राज्यसत्ताले महिला समान्ती पैतृक सत्ताको साँस्कृतिविवाहको रुपमा प्रयोग गर्दै आएको स्थितिमा
महिलालाई विभेद गर्ने ?? निति लिुपर्दछ । अत: सामाजिक कुरिति, कुप्रथा, घुम्टो प्रथा, बोक्सी , देउकी,
छाउपडी, छुवाछुत, बालविवाह, अनमेल विवाह, जवर्जस्ती विवाह विरुद्ब पार्टीभित्र कारबाही गर्ने विषय
बनाउनु पर्छ । यसलेमात्र सरकारद्बारा कानुनी र प्रभावकारी कार्यान्वयन गर्न दबाब दिने हिम्मत पाउँछ ।
हाल पहिचान सहितको संघियताको वकालत गर्दै आएको अवस्थामा महिलाहरुले आमाको नाममा नागरिकता
लिन अभियानकै रुपमा लाग्नुपर्छ । यो विषय महिलाको पहिचानको विषयमात्र नभएर महिलमैत्री राष्ट्रियताको
विषय पनि हो। साथै तिनीहरुको उत्पादन शक्ति बढाउने विषय पनि हो ।
एउटा समुदायको ठाउँ, भाषा, संस्कृति, रहनसहन, धर्म, कर्म, वर्ग, देशको महिलाले अर्को समुदायको भाषा
संस्कृति, रहनसहन, धर्म, कर्म, वर्ग, ठाउँ र देशको पुरुषसंग विवाह गर्यो भने सबैको पहिचान छोडेर अर्को
समुदायमा विलिन हुनुपर्ने बाध्यता छ । त्यसैले पनि महिलाहरुले विशेष अधिकार, सामाजिक क्षेत्रमा पनि
पाउनुपर्छ जहाँ उसको पहिचान सुरक्षित हुन्छ ।
महिलालाई संस्थागत रुपमा तल पार्ने काम सबै धर्मले गर्दै आएकोले महिलाहरुलाई विशेष गरी वैज्ञानिक
स्कुलको व्यवस्था निरन्तर दिइराख्नुपर्छ । साथै धर्मको नाममा महिला माथि हुने शोषण, जातिय विभेद,
हिंसाको अनुशासन विषय बनाउनुपर्छ ।
सरकारको मोर्चामा महिला शोषण, हिंस विरुद्ध लड्नको लागि द्रुतगति तको अवधारणा ल्याउनुपर्दछ ।
अपराधीलाई सजायको साथसाथै प्रभावित पक्षलाई क्षतिपूर्ति सहित दण्डित हुनुपर्दछ । यस्तो अवधारणा पार्टी
भित्र पनि ल्याउनुपर्दछ । पार्टी भित्र यौनशोषण गर्ने, कमारा कमारी राख्ने, बाँधा श्रमिक राख्नेलाई कारबाही
गर्नुपर्दछ । अनि मात्र सरकार भित्र पनि कारबाहीको विषय बन्न जान्छ ।
निष्कर्ष
महिलामुक्तिको रणनैतिक र तत्कालिन प्रश्न क्रान्तिकारी पार्टीले निरन्नर उठाईराख्नुपर्छ । हिजो 240 बर्ष लामो
राजतन्त्र फाल्नको लागि महिलाको योगदान र बलिदान प्रयोग गर्न सक्ने पार्टीले आज नयाँ अग्रगामी संघिय
गणतन्त्र नेपाल बनाउनको लागि महिलाको त्यही योगदान र बलिदान प्रयोग गर्न हिम्मत गर्नैपर्छ । यस बाहेक
महिलाको सहभागिताले पार्टीलाई शुद्धिकरण गरिराखेको हुन्छ, पुनसंरचित गरिराखेको हुन्छ र निरन्तर क्रान्ति
पार्टीलाई आधारभुत वर्गसंग जोड्दै जननीतिलाई व्यवहारमा उतारी राखेको हुन्छ । र पार्टीलाई सर्वसत्ताबाद
तथा एकमनवाद हुनबाट बचाईराखेको हुन्छ । साथै पार्टीलाई जडसुत्रबाट र एकांकी हुनबाट बचाउछ । यसले
पार्टीलाई हराभरा, गतिशिल, जीवन्त र समग्र बनाईराख्छ । विचारको क्षेत्रमा मात्र एकता संघर्ष र रुपान्तर
होइन लैङ्गिक क्षेत्रमा समेत एकता संघर्ष र रुपान्तरण ल्याईराख्नुपर्छ । कम्युनिष्ट आन्दोनल भित्र लैङ्गिक
प्रश्नको प्रवेशले नयाँ आयाम थपिनु स्वाभिकता हो । अनुमान गरौ सन् 1848 मा माक्स र एगेंल्सले लेखेका
कम्यनिष्ट घोषणापत्रलाई अहिले 2013 मा लैङ्गिक दृष्टिकोण समेत राखेर लेख्दा कति समग्र हराभरा र
गतिशिल र जीवन्त हुन्छ होला ? यसले अन्तत: मानव जातीको विकासलाई गतिशिल बनाउछ र जनवादी
क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादसम्म शिघ्र पुर्याउछ । अत: लैङ्गिक प्रश्न जव वर्गिय प्रश्न संग
एकाकार गरेर त्यतिकै महत्वकासाथ उठाईन्छ तव कम्युनिष्ट आन्दोलन समग्र मात्र नभएर सजीव र सृजनशिल
पनि हुन जान्छ । र कम्युनिष्ट आन्दोलन अमुक सिद्धान्त र भविष्यको आदर्श नभएर तात्कालिक व्यवहारको
विषय बन्न जान्छ ।
(लेखक यमि ए.ने.कपा.(माओवादी) केन्द्रिय सदस्य तथा महिला फ्याक्सन ईन्जार्च हुनुहुन्छ)