Posted on

२१० साल माघ २१ गते। -हिसिला यमि
अङ्क १६६ पूर्णाङ्क ९३

कसले भन्छ हामी पढदैनौ रु
कसले भन्छ हाम्रो घण्टा बज्जैन रु
कसले भन्छ हाम्रो जाँच हुँदैन रु
कसले भन्छ हामी पास। फेल हुँदैनौ रु
बज्छ बिहानको ५ बजेको घण्टी कुखुरी कॉ
कोर्नथाल्छु गोबरले घरको पानापानामा
जीबनको मसि भर्न जान्छु पानी पंनेरीमा
अनि बसाल्न थाल्छु घरको होमवर्क चुलोमा ।
प्रत्येक दिन हुन्छ हाम्रो जॉच ६ बजेमा
हुन्छ ढमासढुमुस भुरा भुरीलाई स्कूल पठाउनुमा
वन पातमा बजाउछ ४ बजेक्तो घण्टी झ्याउकीरोले
घरमा बजाउछ ४ बजेको घण्टी भुरा भुरीको पेटले
दिन भरीको जाँचपछि सास फेरे जस्तो हुन्छ ।
निर्धक्कसाथ सुत्न पाए पास भए जस्तो हुन्छ ।
तर किन हो किन आज भोलि
अभावको मारले प्रत्येक दिन फेल भए
जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *