Posted on

हिसिला यमि
दश वर्षको बाल्यकालमै आमा विनाकी टुहरी भएँ । आमाले यो संसार छाडेपछि बुबाले अर्की आमा विवाह गर्नुभयो । त्यसैले ठूली दिदी तिमिला यमीले मलाई आफूसँगै भारत लैजानुभयो । दिदी भारत, कानपुरको आइआइटी (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी) कलेजमा इन्जिनियरिङ गर्दै हुनुहुन्थ्यो । दिदीसँगै म पनि कलेजको होस्टेलमा बस्न थालेँ । उक्त होस्टेलमा मेरी दिदीका महिला साथीहरू पनि बस्थे ।
उमेर बढ्दै जाँदा ममा क्रमशः यौनिकताको विकास हुँदैथियो । यस क्रममा मेरो छाती थोरै देखिन थाल्यो । जुन कुरा दिदीका साथीहरूले पनि महसुस गर्नुभयो र दिदीलाई भन्नुभयो, ‘हेर तिमी हिसिलाको त महिनावारी हुने बेला भयो कि क्याहो ? गाला पनि राता राता देखिन्छ । छाती पनि बढ्न थालेछ । यसलाई महिनावारीको बारेमा बेलैमा सबै कुरा बताइदिनुपर्छ । नत्र आत्तेलिनि फेरि ?” “हो, मलाइ पनि त्यस्तै लागिराकोथ्यो’ भनेर दिदीले भन्नुभयो । दिदीले पनि मेरो महिनावारी हुने बेला भयो भन्ने महसुस् गर्नुभएको रहेछ ।
के के दिदी र दिदीका साथीहरू मिलेर मलाई महिनावारी के हो ? मनिावारीमा ? यसको व्यवस्थापन कसरी गर्ने ? प्याडको प्रयोग कसरी गर्ने ? हुन्छ महिनावारी भएपछि केटा मान्छेहरूसँग यौन सम्बन्ध भयो भने के हुन्छ ? भन्ने जस्ता धेरै कुराहरू सिकाउनुभयो ।

बाह्र वर्षको उमेरमा म पहिलो पटक महिनावारी भएँ । बेलैमा महिनावारीको बारेमा जानकारी पाएकोले महिनावारी मलाई कुनै ‘हाउगुजी’ जस्तो लागेन । सामान्य लाग्यो । महिनावारी हुँदा लाज, डर त्यस्तो केही महसुस भएन । त्यतिबेला भारतमा प्याड आइसकेको थियो । महिनावारी हुँदा रगत सोस्न मैले पुराना सुतीका कपडाको प्रयोग गर्नुपरेन । बजारको तैयारी प्याड नै प्रयोग गरेँ । भारतमै बसेकोले महिनावारी घृणा हो, पाप हो भन्ने कुराहरू मलाई थाहा नै भएन । यस्ता खाले सोच भएका मान्छेहरूसँग व्यवहार नै गर्नुपरेन । त्यसैले पनि महिनावारी महिलामा हुने नियमित अतिआवश्यक प्राकृतिक प्रक्रिया हो भन्ने धारणाको विकास भयो । त्यतिबेला म एउटा राम्रो खेलाडी थिएँ । खेलाडीले आफ्नो शरीरको अति नै सम्मान गर्छ । त्यसैले पनि आफ्नो शरीरको विशेष सम्मान गर्थे ।

नेवारी समुदायमा महिनावारी हुनुभन्दा अगावै बालिकालाई विभिन्न प्रकारका विवाहहरू गरिदिने चलन छ । यसै क्रममा बाह्र दिनसम्म वालिकालाई कोठामा थुनेर गुफा राख्ने चलन पनि छ ।
आफूलाई म भाग्यमानी ठान्छु किनकि एक त मेरो बुवा आमा परम्परागत रीतिरीवाजको कट्टर विरोधि हुनुहुन्थ्यो । त्यसैले बुवा आमाका हामी छ वटै छोरीहरूले बेलविवाह पनि गर्नु परेन र गुफा पनि बस्नु परेन । अर्को, आफ्नो बाल्यकाल भारतमै बिताएकोले पनि मैले नेवारी पुरातनवादी परम्पराहरूलाई पछ्याउनु पर्ने दवाव परेन ।
नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरूको विवाह तीन पल्ट हुन्छ । पहिलो ‘इहिं मचा, जस्मा बेलसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा ‘बारा तयेगु’ अर्थात् नेपालीमा गुफा राख्ने जस्लाई सूर्यदर्शन पनि भनिन्छ । यसमा बालिकाको विवाह सूर्यसँग गरिन्छ भने तेस्रो विवाह उमेर पुगेपछि लोग्नेमान्छेसँग गरिन्छ । केही समुदायहरूमा केटीहरूको पहिलो रजस्वलाको समयमा बारा तयेगु (सूर्य दर्शन) खाले विवाह गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरूलाई खराब तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।

पहिलो खालको विवाह सानै उमेरमा वेलसँग गरिदने चलन छ । यद्यपि केटाकेटीको पढ्ने खेल्ने उमेरमा यसरी बेल विवाह गर्ने भनेर उनीभित्र विवाहको धारणा भरिदिएपछि यसको परिणाम कस्तो होला ? त्यसैले यस्तो विवाहको पक्षमा म कदापि छैन । हुन त वेलविवाह गरिदियो भने श्रीमानसँग पारपाचुके भयो भने पनि महिलाले अर्को विवाह गर्न सक्छन् । नेवारी समुदायमा वेलविवाहलाई नै प्राथमिक विवाहको रूपमा स्वीकार गरिन्छ । मुस्लिम समुदायमा तलाक तलाक तलाक भनेर पारपाचुके गरे जस्तै नेवारी समुदायमा कुनै विवाहित महिलाले आफ्नो श्रीमानको सिरानीमा तीनवटा बेल लगेर राखिदियो भने त्यो पारपाचुके सरह मानिन्छ भन्ने पुरातन चलन नेवारी समुदायमा छ ।
गुफा राख्ने परम्परा अनुसार शुरुको अवधिमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरेर बाह्र दिनसम्म राखिन्छ । शुरुको छ दिनसम्म नुन पनि खान नदिई बन्द कोठामा राखिन्छ । यस्तो बेलामा कुनै पनि पुरुषमान्छेलाई भेट गर्न दिइँदैन । गुफा बसेको बालिकाले आफूले केही कुरा खानुभन्दा पहिले ‘बाह्रा ख्या’लाई चढाउनुपर्छ । छ दिन पछि नुन खान दिन्छन् । उक्त दिन नुहाइधुवाइ गरेर सफा कपडा लगाउँछन् । त्यसै दिन आफन्तहरू जस्तै माइजूहरू, फूपूहरू, काकीहरू तथा छरछिमेकीहरू फलफूल, मकैभटमास तथा अन्य खानेकुराहरू लिएर गुफा बसेको बालिकालाई भेट्न आउँछन् ।

बाह्रौं दिनमा गुफा बस्ने बालिकालाई विशेष श्रृङ्गार गरी विहानी घाममा घरका महिलाहरू मिलेर बाहिर निकाल्छन् । विशेष पुजाआजा गराउँछन् । बालिकाको बाह्रौं दिनमा बनाएको जुरोलाई तिन दिन पछि मात्र फुकाउने चलन पनि छ ।
वास्तवमा गुफा बसेको अवस्थामा बालिकालाई विवाह गरेका महिलाले महिनावारी र यसको व्यवस्थापन बारे सिकाउँछन् । जसले गर्दा महिनावारी बखत बालिका डर, लाजबाट मुक्त हुन्छिन् । महिनावारीको सहज हुँदाको रूपमा व्यवस्थापन गर्न सक्षम हुन्छिन् भनेर पनि भनिन्छ । हिजोआज गुफा राख्ने परम्परालाई गुफाबाट निकालेको दिन देखासिखिमा इष्टमित्र बोलाएर ठूलो भोज भतेर गरेर तडक भडक गर्ने परिपाटि पनि बढ्दै गएको छ । जुन एकदमै गलत परिपाटि हो । कलिला बालिकालाई गुफा राखेर महिनावारीको बारेमा रहस्यमय बनाउनुभन्दा विद्यालयहरूमा केटा तथा केटी दुबैलाई राखेर यस विषयको तथ्य उजागर गरी व्यापक जनचेतना फैलाउनुपर्दछ । उनीहरूको कलिलो दिमागमा महिनावारी महिलाको जीवन चक्रको अति आवश्यक सामान्य प्रक्रिया हो । त्यसर्थ गुफा बसेर तामझाम गर्नु जरुरी छैन भन्ने कुरा बुझाउन सक्नुपर्दछ ।

नेवारी समुदायमा पनि बुद्धिष्ट नेवारभन्दा हिन्दू नेवारहरू कट्टर हुन्छन् । बुद्धिष्ट नेवारहरू हिन्दू नेवारभन्दा धेरै अगाडि छन् । हिन्दू नेवार हरूमा ब्राम्हण क्षेत्रीहरूको प्रभाव परेको छ । त्यसकारण उनीहरू अलि बढि कट्टर देखिन्छन् । यद्यपि नेवारी समुदायमा महिनावारी हुँदा बार्ने चलन छैन ।
बाबुरामजीसँग विवाह भइसकेपछि पटक पटक गाउँ जाँदा महिनावारी भएको भन्दिनथेँ । एकदिन त सासुआमाले तिमी महिनावारी हुँदैनौ कि क्याहो ? भनेर सोध्नुभयो । धन्न मैले नन्दसँग ‘महिनावारी भएँ भने बा आमालाई भन्दिन है भनेर भनिसकेकी थिएँ । उहाँले नै आमासँग कुराकानी मिलाउनुभयो । नत्र सासुआमाले थाहापाएको भए के पो गर्नुहुन्थ्यो ? नन्दलाई थाहा दिए पनि बाआमालाई चाहिँ कहिल्यै थाहा दिइन । गोर्खाको घरमा महिनावारी भयो भने पिढिमा सुत्ने चलन थियो । महिनावारी भएँ भनेपछि त पिढिमा सुत्नु परिहाल्थ्यो । गाउँमा महिनावारी हुँदा छुने नछुने पनि हुँदोरहेछ, जुन साह्रै पीडादायी लाग्यो । त्यसैले पनि भनिन ।
मेरो नन्द पाटन क्याम्पस पढ्नुहुन्थ्यो । उहाँ विद्यार्थी संगठनमा आबद्ध हुनुहुन्थयो । महिनावारी भएको बखत एकपटक क्याम्पसमा विद्यार्थी संगठनको बैठकमा लामो समयसम्म बस्दा उहाँको धोतीको पछाडि रातो रगतको टाटा नै बसेछ । त्यतिबेला उहाँलाई लाजले मरेतुल्य भएछ । केटासाथीहरूले पनि देखेर जिस्काए भन्नुभयो । मैले उहाँलाई भने, गालि गर्नुपर्दैनथ्यो ती । जिस्काउने केटा साथीहरूलाई यस्तो महिनावारी नभएको भए तिमीहरूको जन्म नै हुँदैनथ्यो भनेर ?” “हो नि त’ भन्दै उहाँ मेरो कुरा सुनेर खुब हाँस्नुभयो
जनयुद्ध अघि म इन्जिनियरिङ कलेजमा पढाउँथे । महिनावारी भएकी थिएँ । कलेजमा पढाउँदा पढाउँदै रगतको डल्लो फ्वात्त झन्यो । ओहो परेन वित्यास । कक्षामा धेरैजसो विद्यार्थी केटाहरू नै थिए । हतार हतार खुट्टाले ढपक्क ढाकेर छोपें । धन्न कसैले देखेन । पछि कसैले नदेख्ने गरी पुछपाछ पारेँ । महिनावारीले बेलाबखत हाम्रो पेशागत जीवनमा साह्रै अप्ठेरो पार्छ ।
विवाह पछि, जनयुद्ध अघि मैले कोटेश्वरमा नयाँ घर बनाएकी थिएँ । महिनावारी भएकी थिएँ । घरको कौशीमा महिनावारी हुँदा लगाएको कपडा धोएर सुकाएँ । उक्त सेतो कपडामा रगतको टाटा जत्ति धोए पनि गएन । घामले उड्छ भनेर त्यत्तिकै सुकाएँ । त्यति नै बेला इन्जिनियरिङ कलेजमा पढाउने मेरो केटा साथी घर हेर्छु भनेर आए । कोठाचोटा हेर्दै जाँदा कौशीमा पुगेपछि त ठ्याक्कै त्यही कपडामा उनको आँखा पुग्यो । म लाजले भुतुक्क भएँ । उनले पनि अलि कस्तो कस्तो अनुहार विगारे ।
जनयुद्ध अगाडि म काममा धेरै व्यस्त थिएँ । कहिलेकाहीँ महिनावारी भएका कपडाहरू धुन भ्याउँदिनथेँ । नभ्याएपछि कोपरामा महिनावारी हुँदा प्रयोग गरेका कपडा भिजाएर जान्थेँ । साथीभाइहरू घर आएपछि देख्थे । लाज पनि लाग्दैन हइ तँलाई यसरी कपडा खुल्ला छोडेर हिँड्न ? भनेर गाली गर्थे । ‘नभ्याएपछि के गर्नु ? भन्दिन्थेँ । कहिलेकाहीँ नभ्याएको बेलामा छोरीलाई धोइदेउ है भनेर अफिस हिँड्थेँ । “हेर ! छोरीलाई महिनावारी हुँदा लगाएको कपडा धुन लगाउनु हुन्छ ? भनेर छरछिमेकी हकार्थे । ‘के भयो त ? हामीले छोराछोरीको गु-मुत स्याहार्न हुने, छोरीले त्यति पनि गर्न नहुने ? उसले यसरी नै त सिक्दैछे भनेर जवाफ दिन्थेँ ।
जनयुद्धको समयमा महिनावारी हुँदा रगत सोस्न सुतीको कपडा पट्‌याएर लगाउनु पर्थ्यो । धुनलाई महाभारत हुन्थ्यो । आफ्नै साथीहरूले पो देख्ने हन कि ? नदेख्नेगरी धुन कहाँ जाने ? धुन जाँदा दुश्मन पो आइपुग्ने न् कि ? भनेर डरै डरमा बस्नुपर्थ्यो । प्रयोग गरेको कपडा जति मिचे पनि रगतको टाटा सफासँग जाँदै जाँदैनथ्यो । साह्रै सकस हुन्थ्यो । हामी आफैँले कमाण्ड गर्नुपर्ने हुनाले महिनावारी हुँदा कपडाको अभाव चाहिँ हुँदैनथ्यो लडाकु महिलालाई भने बेला बेलामा लडाइँमा टाढा टाढासम्म पुग्नुपर्थ्यो । त्यतिबेला उनीहरूलाई कपडाको अभाव हुन्थ्यो ।


नयाँ शक्तिमा भएको बखत केही समय पहिले सुदूरपश्चिम गएको थिएँ । त्यहाँ पढेलेखेकै परिवारले मेरी श्रीमती महिनावारी हुँदा बार्ने गर्छिन् । खाना पकाउँदिनन् । त्यही भएर म पनि सहयोग हुन्छ भनेर उनी महिनावारी हुँदा आफै खाना बनाएर खुवाउँछु भनेर भने । यसमा मैले धेरै प्रतिक्रिया त दिइन । यसले के देखाउँछ भने जतिसुकै शिक्षित परिवार किन नहोस्, महिनावारीमा गरिने छोइछिटो अझैसम्म पनि हटेको छैन । बार्न छाडेका छैनन् ।

मेनोपज अर्थात महिलाको महिनावारी सुक्ने समय रजनोवृत्ति पनि महिलाको महिनावारी चक्रभित्रै पर्दछ । मेनोपजसँगै महिलाको प्रजनन कार्य समाप्त हुन्छ । यसर्थ यतिबेलाको समयमा महिलाले आफूलाई अझ बढि उत्पादनमूलक कार्यमा लगाउनुपर्दछ । हुन त नेपाली समाजमा महिनावारीको अन्तिम चक्रको बारेमा खासै चर्चा परिचर्चा गरेको पाइँदैन । यतिबेला महिलालाई अझ बढि चेतना तथा परामर्शको खाँचो रहेको हुन्छ । यसर्थ महिलाको महिनावारी अन्त्य हुने अवस्था अर्थात मेनोपजको बारेमा व्यापक रूपमा सचेतना अभिबृद्धि गर्नुपर्दछ ।
यतिबेला हर्मोन परिवर्तनका कारण महिलामा विभिन्न समस्याहरू देखापर्नसक्छ । त्यसैले बेलैमा मेनोपजको बारेमा महिलालाई सचेत गराउन सकेको खण्डमा उनीहरू यसप्रति सकारात्मक देखिनुका साथै जस्तोसुकै समस्या आइपरेपनि ती समस्याहरूको सामना गर्न तैयार रहन्छन् ।
मैले छोरी महिनावारी हुनुभन्दा अगाडि नै महिनावारीको बारेमा उसलाई धेरै राम्रोसँग बुझाएँ । सचेत गराएँ । व्यवस्थापन गर्ने तरिका सिकाएँ । वास्तवमा महिनावारी हुनुलाई अंग्रेजीमा विपिङ्ग अफ ओम’ पनि भनिन्छ ।

अर्थात महिनावारी भनेको गर्भ रहन नसकेको डिम्बको आँशु हो भनेर भनिन्छ । त्यही आँशु नै रगत बग्ने प्रक्रिया हो । म आर्टिटेक्चर भएकोले चित्र पनि कोर्थे । चित्र कोरेर नै पाठेघरमा हुने डिम्ब महिनावारी साइकलको बारेमा चाखपूर्ण तरिकाले छोरीलाई विस्तारमा बुझाएँ । मलाई महिलाको बस्छ ? भन्ने कुरा राम्ररी थाहा छ । पाठेघरमा कुनबेला डिम्बको उत्पादन हुन्छ ? कुन बेला यो उर्बर हुन्छ र गर्भ
बाबुरामजी भारतमा पीएचडी गर्दै थिए । म काठमाडौँमा कलेजमा पढाउँथें । विवाह गर्दा नै हामीले पाँच वर्षसम्म बच्चा नजन्माउने सहमति गरेका थियौं । जव मलाई बच्चा जन्माउने चाहना भयो तब म महिनावारीको हिसाब किताब गरेर गर्भ बस्ने समयतिर दिल्ली गएँ । त्यतिबेला मेरो गर्भ रह्यो । गर्भमा बच्चा रहेकै अवस्थामा मलाई जण्डिस भयो । त्यसैले मेरो पहिलो बच्चा छोरा चौबीस घण्टा बाँचेर मन्यो । दास्रो पटक पनि दिन गन्ती गरेर बाबुरामजीलाई भेट्न गएँ । त्यसपछि मेरो दोस्रो बच्चा छोरी मानुषी जन्मी ।


महिनावारी हुँदा महिला स्वयंले नै महिनावारी आफ्नो जीवनको अति नै महत्त्वपूर्ण चक्र हो भन्ने बुझ्नुपर्दछ । महिलाको जीवनमा एक चौथाइ समय त महिनावारीमै वित्छ । यो अति आवश्यक एक चौथाइ जीवनको तपाईंले वास्ता गर्नुभएन, सम्मान गर्नुभएन, घृणा गर्नुभयो भने तपाईंलाई कसरी श्रीमानले सम्मान गर्छन् ? कसरी बुबा, दाजुभाइ, बा, काकाले सम्मान गर्छन् ? यसर्थ पहिलो कार्य भनेको महिलाले आफ्नो शरीरको सम्मान गर्न सिक्नुपर्दछ । दोस्रो कुरा, महिनावारी भनेको विशिष्ट महिलामा मात्र हुने प्रक्रिया हो । महिलाको यही विशिष्टताको कारण मातृसत्तामा महिनावारीको अवस्थालाई महत्त्वपूर्ण शक्ति मानिन्थ्यो । पितृसत्तामा आएर भने महिलाको महिनावारीको अवस्थालाई अशुद्ध, पाप, घृणाको उपनाम दिइयो । यसर्थ यहाँ महिनावारी के हो ? कसो हो ? को समस्या होइन कि दृष्टिकोणको समस्या हो । एक जमाना त्यसैलाई शक्तिको रूपमा स्वीकार गरेर पुजाआजा गर्ने । अर्को जमानामा त्यसैलाई व्याक्टेरियाहरू हुन्छन् । लामो समयसम्म कपडा नफेरेर ढकनी गुम्सिएपछि एकदमै गनाउने हुन्छ । यसर्थ प्याड जति छिटो फेर्न सक्यो त्यत्ति सफा पनि दिनुपर्दछ । तथा नगनाउने हुन्छ । यस्तो यौन शिक्षा महिलालाई मात्र होइन पुरुषलाई दोस्रो कुरा, हामीले महिनावारी हुँदा लगाउने प्याड सस्तो र सुलभ रूपमा गरिव एवं सिमान्तीकृत वर्गसम्म पुऱ्याउनुपर्दछ । हामीले प्याडलाई जति लुकाउने वस्तुको रूपमा लिन्छौं, महिनावारीलाई जति धर्मसँग जोड्छौ, महिनावारी त्यति पाप वा घृणाको विषय बन्दछ । प्याड रुमाल जस्तै जहाँतहीं सहज रूपमा किन्न पाइने हुनुपर्दछ ।


विदेशतिर यस्तो प्याडहरू परिवार नियोजनको साधन जस्तै सौचालयहरूमा पनि राखिएको हुन्छ । तर, दुखको कुरा हाम्रो देशमा संसद भवनभित्र पनि यस्ता निःशुल्क प्याडहरू राखिएको हुँदैन । अन्तको त के कुरा भो र ? हिजोआज महिलाले महिनावारी भएको बखत रगत सोस्न ट्याम्पोनको पनि प्रयोग गर्छन् । महिनावारी भएको बखत यस्तो ट्याम्पोन अझ सहज रूपमा प्रयोग गर्न सकिन्छ ।
हरेक महिना चार दिन हामीले झण्झट नमानिकन हाम्रो शरीरको बढि हेरचाह, व्यवस्थापन र सरसफाइ गर्नुपर्दछ । पुरुषहरूलाई पनि त हरेक दिन दारी फाल्न झण्झट लाग्नुपर्ने हो तर उनीहरू झण्झट नमानिकन दारी काट्ने गर्छन् । आफूलाई ताजा अनुभव गर्छन् । हामीले पनि महिनावारी भएको अवस्थामा सफा सुग्गर बसेर स्वच्छ, ताजा अनुभव किन नगर्ने ?

ती चारदिनः महिनावारी अनुभुति कथाहरू, एकीकृत सामुदायिक विकास मञ्र २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *